bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Chronicles 19
1 Chronicles 19
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 20 →
1
केही समयपछि अम्मोनका राजा नाहाश मरे र उनका छोरा हानून राजा भए।
2
दाऊद राजाले भने, “उनको बुबा नाहाशले मसित गरेजस्तै मैले हानूनलाई साँचो मित्रता देखाउनुपर्छ।” यसर्थ आफ्नो दु:ख प्रकट गर्दै उनले दूतहरू पठाए। ती दूतहरूले अम्मोन पुगेर राजासित भेट गरे।
3
अम्मोनी अगुवाहरूले आफ्ना राजालाई भने, “के दाऊदले आफ्नो दु:ख प्रकट गर्न तपाईंको बुबाको सम्मान्मा यी मानिसहरूलाई पठाएका हुन् भनी सोच्नुहुन्छ? त्यो हुँदै होइन! तिनले त हामीलाई अधीन गर्न तिनीहरूलाई पठाएका हुन्! जासूस बनाई जाँचबुझ गर्न पठाएका हुन्!”
4
हानूनले दाऊदका दूतहरूलाई पक्रे, उनका दाह्री खौरिदिए, उनीहरूको कम्मरमा वस्त्र काटिदिएर फर्काउन लाए।
5
तिनीहरू घर फर्कन साह्रै लजाए। के भएको थियो, त्यो जब दाऊदले सुने, उनले तिनीहरूलाई फेरि दाह्री नबढेसम्म यरीहोमा नै बस्दै गर्न खबर पठाए।
6
अब हामी दाऊदका आँखाका कसिङ्गर बनियौं भनी हानून राजा र अम्मोनीहरूले बुझे। यसकारण तिनीहरूले माथिल्लो अराम-नाहारैम र अराम-माका र सोबा भन्ने अरामी देशहरूबाट रथ र सारथीहरू भाडामा ल्याउन चौँतीस हजार किलोग्राम चाँदी ज्याला पठाए।
7
तिनीहरूले बत्तीस हजार रथ भाडामा लिए। माकाका राजाका सेना आएर मेदबाका छेउमा छाउनी हालेर बसे। अम्मोनीहरू पनि सबै सहरबाट निस्किआए र लडाइँ गर्न तयार भए।
8
अम्मोनीहरूले के गर्दै छन् भन्ने सुनेर दाऊदले योआबलाई आफ्ना सारा सेनाका साथ पठाए।
9
अम्मोनीहरू आएर राजधानी रब्बा सहर पस्ने ढोकाहरूमा लड्न तयार भएर बसे। मद्दत दिन आउने राजाहरू मैदानमा तयार भएर बसे।
10
शत्रुका दलले अगाडि र पछाडिबाट हमला गर्नेरहेछन् भनी योआबले देखे र इस्राएलका सबैभन्दा असल लडाकु सैनिकहरूलाई छानेर अरामीहरूको सामुन्ने मोर्चा बाँधे।
11
बाँकी सेना दललाई उनले आफ्ना भाइ अबीशैका अधीनमा दिए। अबीशैले तिनीहरूलाई लिई अम्मोनीहरूको सामुन्ने अर्को मोर्चा बाँधे।
12
योआबले अबीशैलाई भने, “अरामीले मलाई जित्दैगरेका देख्यौ भने तिमी आएर मलाई मद्दत गर्नू र अम्मोनीहरूले तिमीलाई जित्दैगरेका देखें भने म आएर तिमीलाई मद्दत गर्नेछु।
13
साहसी र वीर बन। हाम्रा देशवासी र हाम्रा परमेश्वरका सहरहरूका निम्ति साहससित युद्ध गरौं र परमप्रभुको इच्छा पूरा होस्।”
14
योआब र तिनका योद्धाहरू हमला गर्न अघि बढे र अरामीहरू भागे।
15
अरामीहरू भागेका देखेर अम्मोनीहरू अबीशैका सामुन्नेबाट भागे र सहरभित्र पसे। त्यसपछि योआब यरूशलेममा फर्किए।
16
इस्राएलीहरूसँग आफूले हारेको अरामीले थाहा पाए। तिनीहरूले यूफ्रेटिस नदीको पूर्व किनारमा भएका अरामी देशहरूबाट सेना ल्याए र तिनीहरूलाई सोबाका राजा हददेजेरका सेनापति शोपकका अधीनमा दिए।
17
त्यो कुरा सुनेर दाऊदले इस्राएली सेनालाई भेला गरे, यर्दन नदी पार गरे र तिनीहरूलाई अरामीहरूको सामुन्ने खडा गरे। लडाइँ सुरु भयो।
18
इस्राएलीहरूले अरामी सेनालाई धपाए। दाऊद र उनका योद्धाहरूले सात हजार अरामी सारथि र चालीस हजार पैदल सेनालाई मारे। तिनीहरूले अरामी सेनापति शोपकलाई पनि मारे।
19
हददेजेरका अधीनका राजाहरूले हामीलाई इस्राएलले जितेछन् भनी थाहा पाएर दाऊदसित सन्धि गरे र तिनका प्रजा भए। त्यसपछि अरामीहरू कहिल्यै पनि अम्मोनीहरूलाई सहायता गर्न राजी भएनन्।
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 20 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29