bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Chronicles 17
1 Chronicles 17
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 18 →
1
दाऊद राजा आफ्नै महलमा बस्दै थिए। एक दिन तिनले नातान अगमवक्तालाई बोलाएर भने, “म यहाँ देवदारु काठले बनेको महलमा बसेको छु तर परमप्रभुको करारको सन्दुकचाहिँ एउटा पालमा छ।”
2
नातानले उत्तर दिए, “तपाईंको मनमा जे छ, सो गर्नुहोस् किनभने परमेश्वर तपाईंसित हुनुहुन्छ।”
3
तर त्यस रात परमेश्वरले नातानलाई भन्नुभयो,
4
“गएर मेरो सेवक दाऊदलाई मेरा यी वचन भन्, ‘म बास गर्नलाई मन्दिर बनाउने मानिस तँ होइनस्।
5
मैले मिश्रबाट मेरा इस्राएली प्रजालाई उद्धार गरी लिइआएका दिनदेखि म कहिल्यै मन्दिरमा बसेको छैनँ। म सधैँ पालमा बसेको छु र एक ठाउँबाट अर्को ठाउँ सर्दै बसेको छु।
6
इस्राएलका प्रजासित मैले यात्रा गरेको सम्पूर्ण समयभरि मैले खटाएको कुनै अगुवालाई सम्झ, किन मेरो लागि एउटा देवदारु काठको मन्दिर बनाएको छैन भनी मैले सोधेको पनि छैनँ।’
7
“यसकारण मेरो सेवक दाऊदलाई भन् कि म सर्वशक्तिमान् परमप्रभु त्यसलाई यो भन्दछु, ‘मैले तँलाई चरनमा भेडा चराउने कामबाट निकालेर इस्राएलका मेरा प्रजामाथि राजा बनाएँ।
8
तँ जहाँ-जहाँ गइस्, त्यहाँ म तँसित थिएँ र तँअघि बढेर जाँदा तेरा सबै शत्रुहरूलाई मैले हटाएँ। म तँलाई संसारका ठूलाभन्दा ठूला अगुवाजस्तै प्रसिद्ध बनाउनेछु।
9
[9-10] मैले आफ्नो इस्राएल प्रजाको निम्ति एउटा ठाउँ छानेर तिनीहरूलाई त्यहाँ राखेको छु। त्यहाँ कसैको सतावट नखपी तिनीहरू बास गर्नेछन्। तिनीहरू यस देशमा प्रवेश गरेदेखि यस्ता दुष्ट मानिसहरूले तिनीहरूलाई हमला गरेका छन्; तर अब उसो फेरि त्यस्तो हुनेछैन। तेरा सबै शत्रुहरूको हार गराउने र तेरो सन्तान खडा गर्ने प्रतिज्ञा म गर्दछु।
11
तँ मरेर तेरा पुर्खाहरूसित गाडिएपछि पनि म तेरो एउटा छोरोलाई राजा बनाउनेछु र त्यसको राज्यलाई बलियो बनाउनेछु।
12
मेरो लागि मन्दिर बनाउने त्यही नै हुनेछ र म यो पक्का गर्नेछु कि त्यसको राजवंश सदाकाल स्थिर रहनेछ।
13
म त्यसका बुबा हुनेछु र त्यो मेरो छोरो हुनेछ। जसरी मैले शाऊलबाट आफ्नो प्रेम फिर्ता लिएर त्यसलाई हटाएँ र तँ त्यसको सट्टामा राजा हुन सकिस्, त्यसरी नै तेरो छोरोबाट म आफ्नो प्रेम फिर्ता लिनेछैनँ।
14
सदासर्वदाको लागि त्यसलाई म मेरा प्रजा र राज्यको शासक बनाउनेछु’।”
15
परमेश्वरले तिनलाई भन्नुभएको सबै कुरा नातानले दाऊदलाई सुनाए।
16
त्यसपछि दाऊद राजा परमप्रभु बास गर्ने पवित्र पालमा गए, त्यहाँ बसे र प्रार्थना गरे, “परमप्रभु परमेश्वर, तपाईंले मेरो निम्ति जे-जति गर्नुभएको छ, म त्यसको योग्यको छैनँ, मेरो परिवार पनि त्यसको योग्यको छैन।
17
तापनि अहिले त्योभन्दा अझ बढी तपाईंले गर्दै हुनुहुन्छ, आउँदा दिनको निम्ति सन्तानको बारेमा तपाईंले प्रतिज्ञा गर्नुभयो र परमप्रभु परमेश्वर, तपाईंले एउटा ठूलो मानिससँग झैँ मसँग व्यवहार गर्दै हुनुहुन्छ।
18
म तपाईंलाई अरू के बिन्ती गरूँ! तपाईंले मलाई राम्ररी जान्नुहुन्छ र पनि आफ्नो दासको कदर गर्नुहुन्छ।
19
यो मेरो लागि गर्न र मेरो भविष्यको महान्ता मलाई देखाउन तपाईंका इच्छा र उद्देश्य थिए।
20
परमप्रभु, तपाईंजस्तो अरू कोही छैनन्। हामीलाई सधैँ थाहा छ कि तपाईं मात्र परमेश्वर हुनुहुन्छ।
21
पृथ्वीमा अरू कुनै जाति इस्राएलजस्तो छैन, जसलाई तपाईंले आफ्ना निज प्रजा बनाउन कमारा-कमारीको अवस्थाबाट उद्धार गर्नुभयो। तिनीहरूको निम्ति तपाईंले गर्नुभएका महान् र उदेकका कामहरूले तपाईंको नाम संसारभरि फैलाउँदछन्। तपाईंले आफ्ना प्रजालाई मिश्रदेशबाट उद्धार गर्नुभयो र तिनीहरू अघि बढेर जाँदा अरू जातिहरूलाई धपाउनुभयो।
22
सदाकालको निम्ति तपाईंले इस्राएललाई आफ्नो निज प्रजा बनाउनुभएको छ र परमप्रभु, तपाईं तिनीहरूका परमेश्वर हुनुभएको छ।
23
“र अब हे परमप्रभु परमेश्वर, म र मेरा सन्तानबारे तपाईंले गर्नुभएको प्रतिज्ञा सदासर्वदाको निम्ति पूरा गर्नुहोस्। तपाईंले जे गर्छु भन्नुभएको थियो, सो गर्नुहोस्।
24
तपाईंको ठूलो ख्याति हुनेछ र मानिसहरूले सधैँ यसो भन्नेछन्, ‘सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर हुनुहुन्छ!’ अनि तपाईंले मेरो राजवंशको सदा जगेरा गर्नुहुनेछ।
25
मेरा परमेश्वर, मलाई तपाईंसित यो प्रार्थना गर्ने हिम्मत हुँदछ किनभने तपाईंले यी सबै कुरा म तपाईंको दासलाई देखाउनुभयो र सारा सन्तानलाई राजा बनाउँछु भनी मलाई भन्नुभयो।
26
परमप्रभु, तपाईं परमेश्वर हुनुहुन्छ र यो उदेकको प्रतिज्ञा मसित गर्नुभएको छ।
27
मेरा सन्तानलाई आशीर्वाद दिनुहोस् र तिनीहरूले तपाईंको सामुन्ने कृपा पाइरहून् भनी म तपाईंलाई बिन्ती गर्दछु। परमप्रभु, तपाईंले तिनीहरूलाई आशिष् दिनुभयो र तिनीहरूमाथि सदासर्वदा तपाईंको आशिष् रहनेछ।”
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 18 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29