bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Chronicles 15
1 Chronicles 15
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 16 →
1
दाऊदले आफ्नै निम्ति दाऊदको सहरमा घरहरू बनाए। परमेश्वरको करारको सन्दुकको निम्ति पनि उनले ठाउँ तयार पारे र त्यसको निम्ति एउटा पाल टाँगे।
2
त्यसपछि उनले भने, “लेवीहरूले मात्र करारको सन्दुक बोक्नुपर्छ किनभने परमप्रभुले तिनीहरूलाई त्यो बोक्न र सदासर्वदा उहाँको सेवा गर्न छान्नुभएको छ।”
3
यसरी दाऊदले इस्राएलका सबै मानिसहरूलाई करारको सन्दुक आफूले तयार गरेको ठाउँमा ल्याउन यरूशलेममा बोलाए।
4
त्यसपछि उनले हारूनका सन्तानहरू र लेवीहरूलाई बोलाउन पठाए।
5
कहात गोत्रका लेवीहरूबाट १२० जना मानिसको जिम्मा लिई उरीएल आए।
6
मरारीका गोत्रबाट २२० जनाको जिम्मा लिएर असायाह,
7
गेर्शोनका गोत्रबाट १३० जनाको जिम्मा लिएर योएल,
8
एलीजापानका गोत्रबाट २०० जनाका जिम्मा लिएर शमायाह,
9
हेब्रोनका गोत्रबाट ८० जनाका जिम्मा लिएर एलीएल
10
र उज्जीएलका गोत्रबाट ११२ जनाका जिम्मा लिएर अम्मीनादाब आए।
11
दाऊदले सादोक र अबियाथार पूजाहारीहरू र छ जना लेवीहरू उरीएल, असायाह, योएल, शमायाह, एलीएल र अम्मीनादाबलाई बोलाए।
12
उनले लेवीहरूलाई भने, “तिमीहरू लेवी गोत्रका अगुवाहरू हौ। तिमीहरूले आफैं र तिम्रा लेवी बन्धुहरूलाई चोख्याओ र परमप्रभु इस्राएलका परमेश्वरको करारको सन्दुक मैले तयार पारेको ठाउँमा ल्याओ।
13
पहिलोपल्ट त्यो बोक्न तिमीहरू थिएनौ र हामीले उचित प्रकारले बोक्न परमप्रभु हाम्रा परमेश्वरलाई नसोधेका हुनाले उहाँले हामीलाई दण्ड दिनुभयो।”
14
त्यसपछि पूजाहारी र लेवीहरूले परमप्रभु इस्राएलका परमेश्वरको करारको सन्दुक ल्याउन आफैंलाई चोख्याए।
15
परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएअनुसार लेवीहरूले त्यो डन्डा लाएर आफ्ना काँधमा बोके।
16
दाऊदले लेवीका अगुवाहरूलाई भिन्ना-भिन्नै लेवीहरूलाई गीत गाउन र वीणा र झ्याम्टामा आनन्दका सङ्गीत बजाउन खटाउनू भनी आज्ञा गरे।
17
[17-21] गायकहरूका गोत्रबाट उनीहरूले पीतलका झ्याम्टा बजाउन योएलको छोरो हेमान, तिनको आफन्त बेरेक्याहको छोरो आसाप र मरारीका गोत्रबाट कूशायाहको छोरो एतानलाई छाने। तिनीहरूलाई सघाउन उनीहरूले यी लेवीहरूलाई चर्को सोर भएका वीणाहरू बजाउन छाने— जकरिया, याजीएल, शमीरामोत, यहीएल, उन्नी, एलीआब, मासेयाह र बनायाह। मधुरो सोरमा वीणा बजाउन तिनीहरूले यी लेवीहरूलाई छाने— मत्तित्याह, एलीपलेहू, मिक्नेयाह, अजज्याह र मन्दिरका पहरादारहरू ओबेद-एदोम र यीएल।
22
सङ्गीतमा सिपालु भएको हुनाले कनन्याहलाई तिनीहरूले गाउने र बजाउने लेवीहरूका मुखिया चुने।
23
[23-24] ओबेदएदोम, येहियाहसँग बेरेक्याह र एल्काना करारको सन्दुकको पहरेदार चुनिए। करारको सन्दुकको अघि-अघि तुरही फुक्दै हिँड्न तिनीहरूले यी पूजाहारीलाई छाने— शबन्याह, योशापात, नतनेल, अमासै, जकरिया, बनायाह र एलीएजर।
25
त्यसरी दाऊद राजा, इस्राएलका अगुवाहरू र फौजी कप्तानहरू करारको सन्दुक ल्याउन ओबेद-एदोमको घरमा गए र तिनीहरूले एउटा ठूलो उत्सव मनाए।
26
करारको सन्दुक बोक्ने लेवीहरूलाई परमेश्वरले पक्का गरी सहायता गरून् भनी तिनीहरूले सात वटा साँढे र सात वटा भेडा बलि चढाए।
27
दाऊदले सबैभन्दा असल र मिहिन सुती कपडाको लबेदा लाएका थिए, त्यस्तै लबेदा गाउने-बजाउनेहरू, उनका मुखिया कनन्याह र सन्दुक बोक्ने लेवीहरूले लाएका थिए। दाऊदले त्यस्तै कपडाको एपोद पनि लाएका थिए।
28
यसरी सबै इस्राएलीहरूले आनन्दले सोर मच्चाउँदै, तुरही, नरसिङ्गा र झ्याम्टा बजाउँदै, वीणाका सङ्गीतसाथ करारको सन्दुक साथमा लिई यरूशलेम गए।
29
सन्दुक सहरभित्र लगेको बेलामा शाऊलकी छोरी मीकलले झ्यालबाट बाहिर हेरिन्, दाऊद राजालाई नाच्दै र आनन्दले उफ्रँदैगरेको देखिन् र तिनले आफ्नो मनमा दाऊदलाई तुच्छ ठानिन्।
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 16 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29