bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Ezekiel 16
Ezekiel 16
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 17 →
1
परमप्रभु मसित फेरि बोल्नुभयो।
2
उहाँले भन्नुभयो, “ए मरणशील मानिस, यरूशलेमले कस्ता घिनलाग्दा कामहरू गरेको छ, त्यो त्यसलाई देखाइदे।
3
यरूशलेमलाई सार्वभौम परमप्रभुले के भन्दै हुनुहुन्छ, त्यो त्यसलाई सुनाइदे: “तँ कनान देशमा जन्मेको थिइस्। तेरो बुबा एमोरी थियो र तेरी आमा हित्तीनी थिई।
4
तँ जन्मँदा कसैले तेरो नाभि काटेन, तेरो जिउमा नुन मलेन र तँलाई नुहाइदिएन, लुगामा लपेटेन।
5
यी सबै गर्न कसैले पनि टिठ्याएनन्। तँ जन्मँदा सबैले तँलाई हेला गरे अनि तँलाई खुल्ला मैदानमा फ्याँकिदिए।
6
“तब, म तेरै छेउबाट जाँदा तँलाई तेरै रगतमा लडीबडी गरेको देखें। तँ रगतमा निथ्रुक्क थिइस् तर मैले तँलाई मर्न दिइनँ।
7
मैले तँलाई एउटा सप्रेको बोटझैँ बढाएँ। तँ बढेर अग्ली, बलियो र मस्त तरुणी भइस्। तेरा स्तन बनिए, तेरो केश लामो भयो तर तँ नाङ्गै थिइस्।
8
“म फेरि तेरो छेउबाट भएर जाँदा तेरो प्रेम गर्ने उमेर पुगेको देखें। मैले तेरो नाङ्गो शरीर मेरो लबेदाले ढाकिदिएँ र तँलाई प्रेम गर्न प्रतिज्ञा गरें। साँच्चै, मैले तँसित बिहेको वाचा बाँधें र तँ मेरी भइस्।” सार्वभौम परमप्रभु यसो भन्नुहुन्छ।
9
“त्यसपछि मैले पानी लिएँ र तेरो रगत धोइदिएँ। तेरो शरीरमा तेल लगाइदिएँ।
10
मैले तँलाई बुट्टादार अलखा पहिर्याइदिएँ, सर्वोत्तम छालाको जुत्ता, टाउकोमा बाँध्ने मिहिन सुतीको कपडा र रेशमी लबेदा लगाइदिएँ।
11
मैले तँलाई रत्न जडेका चुरा र हारहरू पहिराएँ।
12
मैले तँलाई नाकमा बुलाकी, कानमा कुण्डल र शिरमा सुन्दर मुकुट लगाइदिएँ।
13
यसरी तँ सुन र चाँदीका गर-गहना, सधैँ मिहिन बुट्टादार सुती र रेशमका वस्त्र पहिरन्थिस्। तैँले सबैभन्दा असल पिठोको रोटी खान्थिस्, मह र जैतुनको तेल खान पाउँथिस्। तँ अत्यन्तै सुन्दरी थिइस् र रानी भइस्।
14
तेरो परम सुन्दरताको ख्याति जाति-जातिमा फैलियो किनभने तँलाई त्यस्तो सुन्दरी मैले नै बनाएको थिएँ,” सार्वभौम परमप्रभु त्यसो भन्नुहुन्छ।
15
“तर तैँले आफ्नो सुन्दरता र ख्यातिमा भरोसा राखिस् र तँकहाँ आउने हरेक मानिससित सुत्ने गरिस्।
16
आफ्ना केही कपडाले तैँले तेरा पूजा-स्थलहरू सिंगारिस् र वेश्याले झैँ तँ हरेक पुरुषको साथ सुत्थिस्।
17
मैले दिएका सुन र चाँदीका गहना लिएर पुरुषका मूर्तिहरू बनाइस् र तीसित व्यभिचार गरिस्।
18
मैले दिएका बुट्टादार वस्त्र लिएर तैँले मूर्तिहरूलाई पहिराइदिइस् र मैले दिएका जैतुनको तेल र धूप तिनीहरूलाई चढाइस्।
19
मैले तँलाई भोजन दिएँ, सबैभन्दा असल पिठो, जैतुनको तेल र मह दिएँ। तर तैँले निगाह पाउन ती मूर्तिहरूलाई चढाइस्,” सार्वभौम परमप्रभु यसो भन्नुहुन्छ,
20
“त्यसपछि मद्वारा तैँले जन्माएका छोरा-छोरीहरू मूर्तिहरूलाई बलि चढाइस्। तैँले मसित गरेको अविश्वास पर्याप्त थियो।
21
अझ तैँले मेरा छोरा-छोरीहरू मूर्तिहरूलाई बलि चढाउनुपर्थ्यो र?
22
तैँले वेश्याको घिनलाग्दो जीवन बिताएको समयभरि तँ नाङ्गै हुँदा आफ्नै रगतमा लडीबडी गरेको तेरो बाल्यकालको दिन एकपल्ट पनि सम्झिनस्।”
23
सार्वभौम परमप्रभुले भन्नुभयो, “तँ नाश भएर जानेछस्। साँच्चै नाश हुनेछस्। तैँले ती सबै दुष्कर्महरू गरिस् र त्यसपछि
24
हरेक चोकमा पूजा गर्ने र वेश्या काम गर्ने स्थानहरू बनाइस्।
25
तैँले आफ्नो सुन्दरता हिलोमा फालिस्, बाटोमा हिंड्ने प्रत्येक पुरुषलाई तेरो शरीर सुम्पिस् र आफ्नो वेश्यावृत्ति बढाउँदै लगिस्।
26
तेरा कामातुर छिमेकी मिश्रीहरूलाई तैँले आफ्नो बिछ्यौनामा लिइस् र वेश्यावृत्तिले मेरो क्रोध जगाइस्।
27
“अब तँलाई दण्ड दिन र मैले दिएको हक खोस्न मैले आफ्नो हात उठाएको छु। तँलाई मैले पलिश्तीहरूका हातमा सुम्पिदिएको छु। ती पलिश्ती आइमाईहरू तेरो व्यभिचारी बेहोरा देखेर दङ्ग भएका छन्।
28
“तँ अश्शूरीहरूका पछि पनि लागिस् किनभने अरूहरूसित तँ तृप्त भइनस्। अश्शूरीहरूसित पनि तैँले वेश्यावृत्ति गरिस् तर तिनीहरूसित पनि तँ तृप्त भइनस्।
29
व्यापारीहरूको देश बेबिलोनियासित पनि तैँले वेश्यावृत्ति गरिस् तर तिनीहरूले पनि तँलाई तृप्त पार्न सकेनन्।”
30
सार्वभौम परमप्रभु यसो भन्नुहुन्छ, “एउटी लाज नभएकी वेश्या भएर तैँले यी सबै काम गरिस्।
31
हरेक चोकमा तैँले पूजा गर्ने र वेश्या काम गर्ने स्थानहरू बनाइस्। तर साधारण वेश्याझैँ पैसाको लागि वेश्या काम गरिनस्।
32
तँ आफ्नो लोग्नेलाई नरुचाई अरू नचिनेका मानिसहरूसँग व्यभिचार गर्न रुचाउँछेस्।
33
एउटी वेश्याले ज्याला लिन्छे, तैँले त तेरा प्रेमीहरूलाई कोसेली दिन्थिस् र जहाँतहींबाट तिनीहरू तँसित सुत्न आऊन् भनेर घुस पनि दिन्थिस्।
34
तँ भिन्नै प्रकारकी वेश्या थिइस्। तँलाई कसैले वेश्यावृत्ति गर्न कर लगाएन तर तैँले त ज्याला लिंदै लिइनस्, उल्टै तैँले पो पैसा दिन्थिस्। हो, तँ भिन्दै थिइस्।”
35
अब ए वेश्या यरूशलेम! परमप्रभुले के भन्दै हुनुहुन्छ, सुन्।
36
सार्वभौम परमप्रभु भन्दै हुनुहुन्छ, “तँ आफ्नो लुगा फुकालेर नाङ्गै भइस् र वेश्याले झैँ तेरा सबै प्रेमीहरू र घिनलाग्दा मूर्तिहरूलाई आफ्नो शरीर सुम्पिस् र आफ्ना छोरा-छोरीहरू मूर्तिहरूलाई बलि चढाएर मारिस्।
37
यसकारण म तेरा पहिलेका सबै प्रेमीहरूलाई एकसाथ जम्मा गर्नेछु, तैँले रुचाएका, नरुचाएका सबैलाई भेला गर्नेछु। तिनीहरूलाई ल्याई तेरा चारैतिर घेरा हाल्न खडा गर्नेछु र तेरा वस्त्र फुकाली नाङ्गै पारेर तिनीहरूलाई देखाउनेछु।
38
म तँलाई व्यभिचार र हत्याको अपराधी ठहराउनेछु र मेरो रिस र क्रोधमा तँलाई मृत्यु-दण्ड दिनेछु।
39
तँलाई तिनीहरूका हातमा दिनेछु, तिनीहरूले तेरा वेश्यावृत्ति र मूर्तिपूजा गर्ने स्थानहरू भत्काइदिनेछन्। तिनीहरूले तेरा वस्त्र र गरगहना लैजानेछन् र तँलाई नाङ्गै छोडिराख्नेछन्।
40
“तिनीहरूले मानिसहरूलाई सुर्याएर तँलाई ढुङ्गाले हान्ने एउटा घुइँचो उठाउनेछन् र तरवारले तँलाई टुक्रा-टुक्रा पार्नेछन्।
41
तिनीहरूले तेरा घरहरू जलाइदिनेछन् र आइमाईहरूका घुइँचोलाई तैँले दण्ड भोगेको हेर्न लाउनेछन्। म तँलाई वेश्यावृत्ति गर्न र प्रेमीहरूलाई कोसेली दिन रोक्न लाउनेछु।
42
तब मेरो रिस मर्नेछ र म शान्त हुनेछु। म फेरि रिस अथवा ईर्ष्या गर्नेछैनँ।
43
तँ जवान छँदा मैले तँसित गरेको व्यवहार भुलिस् र तेरा सबै कामहरूले मलाई रिस उठाइस्। त्यसैकारण मैले तँलाई ती सबैको दाम चुकाउन लाएको हुँ। तैँले गरेका ती सबै घिनलाग्दा कामहरूमाथि अझ किन तैँले वेश्यावृत्ति गर्नुपर्यो?” सार्वभौम परमप्रभु बोल्नुभएको छ।
44
परमप्रभुले भन्नुभयो, “ए यरूशलेम, तेरो बारेमा मानिसहरूले यो उखान भन्नेछन्, ‘जस्ती आमा, त्यस्ती छोरी।’
45
साँच्चै, तँ तेरै आमाकी छोरी होस्। त्यसले आफ्ना लोग्ने र छोरा-छोरीहरूलाई मन पराउँदैनथी। तँ तेरा दिदी-बहिनीहरूजस्ती छेस्, तिनीहरूले आफ्ना लोग्ने र छोरा-छोरीलाई घृणा गर्थे। तिमीहरूकी आमा एउटी हित्ती स्त्री थिई र बुबा एमोरी थियो।
46
“उत्तर दिशाको गाउँ-बस्तीहरूसमेत सामरिया देश तेरी दिदी हो। दक्षिण दिशाको गाउँ-बस्तीहरूसमेत सदोम तेरी बहिनी हो।
47
तिनीहरूका पाइलामा हिंड्दा र घिनलाग्दा कामहरूको नकल गर्दा तँलाई सन्तोक भयो त? होइन, केही बेरमै तँ ता तिनीहरूभन्दा झन् खराब भइस्।”
48
म सार्वभौम परमप्रभु जीवित परमेश्वर हुँ भन्ने स्वयम् साक्षी राखी भन्दछु, “तैँले र तेरा गाउँ-बस्तीले गरेजस्तो दुष्ट कामहरू तेरी बहिनी सदोम र त्यसका गाउँ-बस्तीहरूले पनि कहिल्यै गरेनन्।
49
त्यो र त्यसका छोरीहरू प्रशस्त खानेकुरो भएकोले घमण्डी थिए र तिनीहरू शान्तिसित चुपचाप जीवन बिताउँथे तर तिनीहरूले गरीब, दु:खी र आफ्ना हक हराएकाहरूको वास्ता गर्दैनथे।
50
तिनीहरू अहङ्कारी र हठी थिए। मैले घृणा गरेका कामहरू गर्थे। यसैकारण मैले तिनीहरूलाई नाश गरें। यो कुरो तैँले बुझेकी छेस्।
51
“तैँले जति पाप गरिस्, त्यसको आधा पनि सामरियाले गरिन। तैँले त्यसले गरेको भन्दा धेरै घिनलाग्दो काम गरिस्। तेरा भ्रष्ट चालचलनसित तुलना गर्दा तेरा दिदी-बहिनीहरू निर्दोष देखिन्छन्।
52
अब तैँले आफूमाथि परेको अपमान सहनुपर्छ। तेरा पाप तेरा दिदी-बहिनीहरूका भन्दा यति खराब र धेरै छन् कि तेरो छेउमा तिनीहरू निर्दोष देखा पर्छन्। अब लाज मान् किनभने तैँले यस्तो पाप गरिस् कि तेरा दिदी-बहिनीका पाप पनि निर्दोष देखिन्छ।”
53
परमप्रभुले यरूशलेमलाई भन्नुभयो, “सदोम र सामरिया अनि तिनीहरूका गाउँ-बस्तीहरूको म फेरि फलिफाप गराउनेछु। म तेरो पनि फलिफाप गराउनेछु।
54
तँ आफैंसित लजाउँनेछस् र तेरो बदनामको कारणले तेरा दिदी-बहिनीहरूको अवस्था कति असल छ भनी देखाउनेछ।
55
तिनीहरूको फेरि फलिफाप हुनेछ साथै तँ र तेरा गाउँ-बस्तीहरू पनि पहिलेको अवस्थामा फर्किनेछ।
56
तेरा घमण्डका दिनमा के तैँले सदोमको गिल्ला गरेको थिइनस्?
57
तैँले गरेका खराबीहरू प्रकट नभएसम्म तैँले त्यसो गरिस्। अब तेरो दशा त्यस्तै भएको छ। एदोमी, पलिश्ती र तँलाई घृणा गर्ने अरू छिमेकीहरूले तेरो गिल्ला गर्छन्।
58
तैँले गरेको लाज र घिनलाग्दा कामहरूको निम्ति कष्ट भोग्नैपर्छ।” परमप्रभु बोल्नुभएको छ।
59
सार्वभौम परमप्रभु भन्नुहुन्छ, “जसरी तैँले प्रतिज्ञाहरू भुलिस् र करार तोडिस्, त्यसरी नै म पनि त्यस्तै व्यवहार गर्नेछु।
60
तर तँ तरुणी छँदा मैले तँसित बाँधेको करार भने म तोड्नेछैनँ र तँसित म सदाकालको निम्ति एउटा नयाँ करार बाँध्नेछु।
61
तैँले आफ्ना कामहरू सम्झनेछे र तिनका कारणले तेरा दिदी-बहिनीहरू तँकहाँ फर्किआउँदा तँ लजाउनेछे। तेरा दिदी-बहिनीलाई म तेरा छोरीहरूजस्ता बन्न दिनेछु, हुन त मैले तँसित बाँधेको करार यस्तो कुरा त थिएन।
62
म नयाँ गरी तँसित फेरि करार बाँध्नेछु र म परमप्रभु हुँ भनी तैँले जान्नेछे।
63
तैँले गरेका सबै अधर्महरू म क्षमा गर्नेछु तर तैँले ती सम्झनेछस् र लाजले आफ्नो मुख खोल्न सक्नेछैनस्।” सार्वभौम परमप्रभु बोल्नुभएको छ।
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 17 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48