bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Ezekiel 45
Ezekiel 45
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 44
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 46 →
1
जब जमिन बन्डा लाएर कुल-कुललाई एक-एक भाग गरिन्छ, तब एक भागचाहिँ परमप्रभुको निम्ति अर्पण गरी अलग्गै राख्नू। त्यो साढे बाह्र किलो मिटर लामो र दश किलो मिटर चौडा होओस् र त्यो सबै पवित्र भूमि हुनेछ।
2
त्यहाँ मन्दिरको निम्ति एउटा वर्गाकर क्षेत्र २५० मिटर लमाइ र त्यति नै चौडाइ भएको र चारैपट्टि पच्चीस मिटर चौडा खुल्ला ठाउँ भएको होस्।
3
त्यसको आधा भाग अथवा साढे बाह्र किलोमिटर लमाइ र पाँच किलोमिटर चौडाइ भएको हिस्सा नापेर अलग्गै छुट्ट्याउनू। त्यस हिस्सामा मन्दिर बनिनेछ अनि त्यो सबैभन्दा पवित्र-स्थान हुनेछ।
4
त्यो देशको एउटा पवित्र भाग हुनेछ अनि मन्दिरमा परमप्रभुको सेवाकार्य गर्ने पूजाहारीहरूको निम्ति त्यो अलग गरिनेछ। त्यहाँ पूजाहारीहरूका घरहरू हुनेछन् र मन्दिर बनाउने ठाउँ हुनेछ।
5
त्यस ठाउँको अर्को आधा भागचाहिँ मन्दिरमा सेवाको काम गर्ने लेवीहरूका निम्ति अलग राखिनेछ। त्यहाँ लेवीहरू बसोबास गर्ने सहरहरू बनिनेछन्।
6
पवित्रस्थानको छेउमा साढे बाह्र किलोमिटर लामो र अढाइ किलोमिटर चौडा भएको अर्को एक टुक्रा जमिन अलग्गै छुट्ट्याउनू। त्यहाँ इस्राएलका मानिसहरू बसोबास गर्ने सहरहरू बसालिनेछ।
7
शासकको निम्ति पनि एउटा जग्गा छुट्ट्याउनुपर्नेछ। त्यो पवित्रस्थानको पश्चिम-सिमानादेखि पश्चिमतिर नै भूमध्य सागरसम्म जानेछ र पूर्वपट्टि चाहिँ पवित्रस्थानको पूर्व-सिमानादेखि पूर्वतिरै त्यस देशको साँध-सिमानासम्म पुग्नेछ। यसरी नै त्यसको लमाइ पनि इस्राएलका कुनै पनि कुललाई दिइएको जग्गाको लमाइ बराबर हुनेछ।
8
यही क्षेत्रचाहिँ शासकले इस्राएल देशमा पाउने भाग हो। यसैकारण शासकले प्रजामाथि फेरि अत्याचार गर्नेछैन र बाँकी जमिन इस्राएलका कुलहरूलाई छोडिदिनेछ।
9
सार्वभौम परमप्रभुले भन्नुभयो, “ए इस्राएलका शासकहरू हो, तिमीहरूले धेरै समयसम्म पाप गर्यौ! तिमीहरूले आफ्ना हिंसा र अत्याचार बन्द गर। जे कुरा उचित र न्यायपूर्ण छन्, ती गर। फेरि तिमीहरूले कहिल्यै मेरा प्रजालाई तिनीहरूको भूमिबाट बाहिर नधपाउनू। म सार्वभौम परमप्रभुले तिमीहरूलाई यो कुरा भन्दै छु।
10
“हरेक मानिसले ठीक ढक-तराजु, माना-पाथी र माप-दण्ड चलाउनुपर्नेछ:
11
“हरेक कुरोको तौल समान होस्, सुखा चीज तौलने ‘एपा’ र तरल चीज तौलने ‘बाथ’ एकै नापका होऊन् र ती दुईको नाप ‘होमेर’ अनुसार यसरी गर्नुपर्नेछ अर्थात्: होमेर = दश एपा = दश बाथ।
12
“ओजनको तौल यस्तो होओस्— बीस गेरा = एक शेकेल। साठी शेकेल = एक मीना।
13
[13-15] “तिमीहरूले आफ्ना भेटी यस हिसाबले चढाउने गर्नू— गहुँ: उब्जनीको १/६० भाग जौ: उब्जनीको १/६० भाग जैतुनको तेल: उब्जनीको १/१०० भाग। भेडा: दुई सय भेडाबाट एक (बाथका हिसाबले तौलँदा यस्तो हुन्छ— दश बाथ = एक होमेर = एक कोर।) “तिमीहरूले अन्नबलि, होमबलि र मेलबलिका निम्ति पशुहरू, अन्न र तेल ल्याउनेछौ र तिमीहरूका पाप क्षमा गरिनेछ। म सार्वभौम परमप्रभु यो आज्ञा दिंदछु।
16
“देशका सबै बासिन्दाहरूले यी भेटीहरू इस्राएलमा शासन गरिरहेका शासककहाँ पुर्याउनेछन्।
17
औंसीका चाडको दिन, विश्राम दिन र अरू चाड-बाडका दिन शासकले इस्राएलका सबै जातिको निम्ति होमबलिका पशु, अन्नबलि र मद्यबलिका सामग्रीहरू जुटाउने काम गर्नेछ। इस्राएलका मानिसहरूका पाप कटनीको निम्ति पापबलि, अन्नबलि, होमबलि र मेलबलिका सामग्रीहरू शासकले जुटाउनेछ।”
18
सार्वभौम परमप्रभुले भन्नुभयो, “पहिलो महिनाको पहिलो दिन तिमीहरूले एउटा निष्खोट साँढे बलि चढाएर मन्दिरलाई पवित्र गर्नू।
19
पूजाहारीले यस पापबलिको केही रगत लिई मन्दिरका ढोकाका चौकोस, वेदीका चार कुना र भित्री चोकका मूल-ढोकाका खामाहरूमा लाउनेछ।
20
त्यस महिनाको सातौँ दिन आफूले इच्छा नगरी वा अन्जानमा पाप गर्ने मानिसको तर्फबाट तिमीहरूले फेरि त्यसै गर्नू। त्यसरी तिमीहरूले मन्दिर पवित्र राख्नू।
21
“पहिलो महिनाको चौधौँ दिन तिमीहरू निस्तार-चाड मान्न सुरु गर्नेछौ। सात दिनसम्म सबैले बिनाखमिरको रोटी खानेछन्।
22
चाडको पहिलो दिन राजगद्दीमा बसेका शासकले आफ्ना र प्रजाका पाप कटनी गर्न एउटा साँढे बलि चढाउनुपर्नेछ।
23
चाडका ती सात दिनसम्म दिनहुँ शासकले सात वटा निष्खोट साँढे र सात वटा साँढ-भेडा परमप्रभुलाई होमबलि चढाउनेछ। त्यसले दिनहुँ एउटा बोको पनि पापबलि चढाउनेछ।
24
त्यसरी बलि चढाइएका प्रत्येक साँढे र प्रत्येक साँढ-भेडासित साढे सत्र किलो अन्न र तीन लिटर जैतुनको तेलको हिसाबले भेटी चढाउनुपर्नेछ।
25
“छाप्रो-बासको चाड सातौँ महिनाको पन्ध्रौँ दिनमा सुरु हुनेछ। त्यस चाडका निम्ति शासकले सात दिनसम्म दिनहुँ पापबलि, होमबलि अनि अन्न बलि र जैतुनको तेलका भेटीहरू त्यही हिसाबले चढाउनुपर्नेछ।”
← Chapter 44
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 46 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48