bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Ezekiel 30
Ezekiel 30
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 29
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 31 →
1
परमप्रभु फेरि बोल्नुभयो।
2
“ए मरणशील मानिस, अगमवाणी बोल् र म सार्वभौम परमप्रभुले के भन्दै छु, त्यो घोषणा गर्। तैँले यी वचन चर्को सोरले सुना: “त्रासको दिन आइरहेको छ!
3
परमप्रभुले काम गर्ने दिन, बादल छाएको दिन र जाति-जातिको निम्ति र पीडाले भरिएको त्यो दिन अब नजिकै छ।
4
मिश्रदेशमा लडाइँ हुनेछ, कूशमा ठूलो विपत्ति आउनेछ, मिश्रदेशमा धेरै मारिनेछन्; देशको सम्पत्ति लुटिनेछ, त्यसका जगहरू ढालिनेछन्।
5
“त्यस लडाइँमा कूश, लिडिया, लिबिया, अरब र कूश देशहरूबाट ज्यालामा ल्याएका सेनाहरू पनि मारिनेछन्। मेरै प्रजाको बीचबाट आएको सेना पनि नाश पारिनेछ।”
6
परमप्रभु भन्नुहुन्छ, “उत्तरमा मिग्दोलदेखि लिएर दक्षिणमा आश्वानसम्म मिश्रको बचाउ गर्न आएका सबै सेनाहरू लडाइँमा मर्नेछन्। मिश्रका अहङ्कारी सेना नाश पारिनेछ। म सार्वभौम परमप्रभु बोलेको छु।
7
त्यो देश र सारा संसारमा सबैभन्दा उराठलाग्दो हुनेछ र त्यसका सहरहरू पूर्णरूपले ध्वस्त पारेर छोडिनेछन्।
8
जब म मिश्रमा डढेलो लाउँछु र त्यसका बचाउमा आएका सबै सेनाहरू मारिनेछन्, तब तिनीहरूले परमप्रभु म नै हुँ भनी जान्नेछन्।
9
“जब त्यो दिन आउँछ र मिश्र नाश हुनेछ, तब निर्धक्क भइबसेका कूशीहरूलाई झकझक्याउन म दूतहरूलाई पानीजहाजमा पठाउनेछु र तिनीहरू डरले थुर्थुर् हुनेछन्। त्यो दिन आइरहेको छ!”
10
सार्वभौम परमप्रभु भन्नुहुन्छ, “मिश्रको धन-सम्पत्ति शेष पार्न म बेबिलोनको राजा नबूकदनेसरलाई प्रयोग गर्नेछु।
11
आफ्नो निष्ठुर सेनासहित त्यो मिश्रदेशलाई उजाड पार्न आउनेछ। हातमा तरवार लिई तिनीहरूले मिश्रदेशमाथि आक्रमण गर्नेछन् र त्यो देश लाशै-लाशले भरिनेछ।
12
म नील नदीलाई सुकाइदिनेछु र मिश्रदेशलाई दुष्ट मानिसहरूका वशमा दिनेछु। विदेशीहरूले पूरा देश ध्वंस पारिदिनेछन्। म परमप्रभु बोलेको छु।”
13
सार्वभौम परमप्रभु भन्नुहुन्छ, “नोपमा म मूर्तिहरू र झूटा देवताहरूलाई नष्ट पार्नेछु। मिश्रमा कोही राजा हुनेछैन र सबै मानिसहरूलाई म डरले भयभीत पार्नेछु।
14
दक्षिण मिश्रदेशलाई म उराठलाग्दो बनाउनेछु र उत्तरमा सोअन सहरमा आगो लाइदिनेछु। राजधानी थेबेसलाई म दण्ड दिनेछु।
15
मिश्रदेशको विशाल किल्ला भएको सहर पेलुसियमलाई मेरो क्रोध थाहा गराउनेछु। थेबेसको धन-सम्पत्तिलाई म नाश पार्नेछु।
16
मिश्रदेशमा म डढेलो लाउनेछु र पेलुसियमलाई ठूलो वेदना पर्नेछ। थेबेसका पर्खालहरू भत्काइनेछन् र सहरभित्र पानीको भल पस्नेछ।
17
हेलीओपोलिस र बुबस्तीस सहरका युवाहरू लडाइँमा मारिनेछन् र अरू मानिसहरू कैदमा लगिनेछन्।
18
मैले मिश्रदेशको शक्ति ध्वस्त पार्दा र त्यसले कुनै दिन घमण्ड गरेको त्यसको बलको अन्त गराउँदा तहपनेस दिउँसै अँध्यारो हुनेछ। मिश्रदेशलाई बादलले ढाक्नेछ र त्यसका सबै सहरहरूका बासिन्दाहरू कैद गरी लगिनेछन्।
19
मैले मिश्रदेशलाई त्यसरी दण्ड दिंदा तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्।”
20
हामी कैदमा लगिएको एघारौं वर्षको पहिलो महिनाको सातौँ दिनमा परमप्रभु मसित बोल्नुभयो। उहाँले यसरी भन्नुभयो,
21
“ए मरणशील मानिस, मैले मिश्रदेशको राजाको एउटा पाखुरा भाँचिदिएको छु। त्यो भाँचिएको पाखुरा निको पारेर फेरि तरवार समाउन सक्ने तुल्याउन कसैले मलम-पट्टी वा काम्रो बाँधिदिएन।
22
अब म सार्वभौम परमप्रभु यसो भन्दछु, म मिश्रदेशको राजाको विरुद्धमा छु। भाँचिएको पाखुरा र अर्को नभाँचिएको पाखुरा दुवै भाँचिदिनेछु र त्यसको हातबाट तरवार खस्नेछ।
23
मिश्रीहरूलाई म सारा संसारभरि तितरबितर पार्नेछु।
24
त्यसपछि बेबिलोनको राजाको हात बलियो बनाउनेछु र त्यसको हातमा मेरो तरवार दिनेछु। तर मिश्रदेशको राजाको पाखुराचाहिँ भाँचिदिनेछु र त्यो त्यसका शत्रुको अघि घाइते भएर पीडाले कराउनेछ र मर्नेछ।
25
हो, म मिश्रदेशको राजालाई दुर्बल पार्नेछु र बेबिलोनको राजालाई बलियो बनाउनेछु। जब म आफ्नो तरवार त्यसलाई दिनेछु र त्यसले तरवार उठाएर मिश्रदेशलाई ताक्नेछ, तब सबैले परमप्रभु म नै हुँ भनी जान्नेछन्।
26
सारा संसारभरि मिश्रीहरूलाई म तितरबितर पार्नेछु। तब परमप्रभु म नै हुँ भनेर तिनीहरूले बुझ्नेछन्।”
← Chapter 29
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 31 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48