bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Ezekiel 40
Ezekiel 40
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 39
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 41 →
1
हामी देशबाट कैदमा लगिएको पच्चीसौं वर्ष अथवा यरूशलेम कब्जामा परेको चौधौं वर्षमा नयाँ वर्ष सुरु भएको दशौँ दिनमा परमप्रभुको हात ममाथि भएको थाहा गरें र उहाँले मलाई उठाएर लैजानुभयो।
2
दर्शनमा परमेश्वरले मलाई इस्राएल देशमा लैजानुभयो र एउटा अग्लो डाँडामाथि राख्नुभयो। दक्षिणतिर मैले एउटा सहरजस्तो देखिने धेरै घरहरूको थुप्रो देखें।
3
उहाँले मलाई त्यो सहरको छेउमा पुर्याउनुभयो र मैले त्यहाँ एउटा काँसाझैँ टल्किरहेको मानिस देखें। तिनले हातमा एउटा मिहिन सुतीको नाप्ने फित्ता र एउटा टाँगो लिएका थिए र तिनीचाहिँ एउटा मूल-ढोकाको छेउमा उभिरहेका थिए।
4
तिनले मलाई भने, “ए मरणशील मानिस, राम्ररी हेर्। मैले जे-जे कुरा तँलाई देखाउँछु, ती ध्यान दिएर हेर् र जे-जे भन्दछु, ती पनि कान थापेर सुन्। तँ यहाँ यी कुरा देख्न र सुन्नलाई नै ल्याइएको होस्। तैँले आफूले देखेका सबै कुरा इस्राएलका मानिसहरूलाई बताउनुपर्नेछ।”
5
मैले देखें कि त्यहाँ एउटा मन्दिर रहेछ र त्यसका चारैतिर पर्खाल रहेछ। ती मानिसले तीन मिटर लामो भएको टाँगो उठाए र पर्खालको नाप लिए। त्यो पर्खाल तीन मिटर अग्लो र तीन मिटर मोटो थियो।
6
तब तिनी पूर्वपट्टि फर्केको मूल-ढोकातिर गए र खुड्किला उक्लेर टुप्पोसम्म पुगे। त्यहाँ भित्र पस्ने ढोकाको बाहिरी छेउदेखि भित्री छेउसम्मको दूरी तीन मिटर थियो।
7
त्यो पार भएपछि एउटा दलान थियो, त्यसका दुवै पट्टि तीन-तीन वटा पहरा-चौकीहरू थिए। प्रत्येक पहरा-चौकीका लमाइ-चौडाइ तीन-तीन मिटरको थियो। चौकीका बीच-बीचको भित्ताको मोटाइ साढे दुई मिटर थियो। ती चौकी पार गरेपछि अर्को बाटो थियो। त्यो बाटो तीन मिटर लामो थियो र त्यसले मन्दिरतर्फ फर्केको एउटा ठूलो कोठामा पुर्याउँथ्यो।
8
[8-9] तिनले त्यस कोठाको नाप लिए र त्यो चार मिटर चौडा थियो। त्यो कोठा मन्दिरको सबैभन्दा नजिकको ढोकाको छेउसम्म पुगेको थियो र मन्दिरनिरको भित्ताको मोटाइचाहिँ एक मिटर थियो।
10
(दलानका दुवैपट्टि भएका ती पहरा-चौकीहरू एकै नापका थिए र बीच-बीचका भित्ताहरू एउटै मोटाइका थिए।)
11
त्यसपछि ती मानिसले पहरा-चौकीहरू माझ भएको दलानको चौडाइ नापे, त्यो जम्मा साढे छ मिटर थियो। ढोकाका दुईटै खापाहरू खुल्ला हुँदा बीचको दूरी पाँच मिटरको थियो।
12
हरेक पहरा-चौकीको सामुन्ने एक-एक वटा होचा पर्खाल थिए, त्यो आधा मिटर अग्लो र आधा मिटर बाक्लो थियो। ती पहरा-चौकीहरूका कोठाहरू प्रत्येक तीन मिटर लामो र तीन मिटर चौडा थिए।
13
त्यसपछि तिनले एउटा कोठाको पछिल्लो भित्तादेखि दलानपारिका कोठाको पछिल्लो भित्तासम्मको दूरी नापे, त्यो साढे बाह्र मिटर लामो थियो।
14
मन्दिरको बाहिरी चोक निस्कने छेउको कोठाको चौडाइ नाप्दा दश मिटर थियो।
15
मूल-ढोकाको बाहिरी भित्तादेखि सबैभन्दा पल्लो छेउको कोठाको बाहिरी भित्तासम्मको लमाइ पच्चीस मिटर थियो।
16
सबै कोठाका बाहिरी भित्ताहरूमा र कोठाका बीच-बीचका भित्ताहरूमा स-साना झ्यालहरू थिए। बाटोपट्टिको भित्ताको भित्री पाटामा खजूरका बोटका चित्रहरू खोपेर बनाएका थिए।
17
ती मानिसले मलाई प्रवेश गर्ने मूल-ढोकाबाट चोकमा पुर्याए। चोकको बाहिरी भित्तासित टाँसेर बनाइएका तीस वटा कोठाहरू थिए। ती कोठा अगाडिको भूइँ र चोकको चारैतिर ढुङ्गाले छापेको थियो।
18
त्यसरी ढुङ्गाले छापेको चोकसम्मै गएको थियो। यो बाहिरी चोक भित्री चोकभन्दा केही होचो थियो।
19
अलिक अग्लो सतहमा भित्री चोकसम्म जाने बाहिरी चोकको मूल-ढोका थियो। ती मूल-ढोकाहरूको बीचको दूरी ती मानिसले नापे, त्यो पचास मिटर लामो थियो।
20
त्यसपछि ती मानिसले उत्तरपट्टिको बाहिरी चोकतिर जाने मूल-ढोकाको नाप लिए।
21
यहाँका तीन-तीन वटा पहरा-चौकीहरूका बीचका भित्ताहरू साथै पल्लो छेउको ठूलो कोठाको नाप र पूर्वपट्टिको मूल-ढोकाको सबै नाप बराबर थिए। बाटोको लमाइ पच्चीस मिटर र चौडाइ साढे बाह्र मिटर थियो।
22
त्यो प्रवेश कोठा, त्यसका झ्यालहरू र भित्तामा खोपेको खजूरका बोटका चित्रहरू सबै पूर्वपट्टिका मूल-ढोकाका जस्तै थिए। सात वटा खुड्किलाले मूल-ढोकामा पुर्याउँथ्यो, मूल-ढोकाको पछिल्लोपट्टिका ठूलो प्रवेश कोठा बाहिरी चोकपट्टि फर्केको थियो।
23
पूर्वपट्टि भएको मूल-ढोकाजस्तै यो उत्तरपट्टिको मूल-ढोकाबाट चोक पार गरेर भित्र चोकमा पुर्याउने अर्को एउटा मूल-ढोका थियो। ती मानिसले दुवै मूल-ढोकाका बीचको दूरी नापे, त्यो पचास मिटर लामो थियो।
24
त्यसपछि ती मानिसले मलाई दक्षिणपट्टि लगे र त्यहाँ मैले अर्को एउटा मूल-ढोका देखें। तिनले त्यसका भित्री पाटाहरू र त्यसको प्रवेश कोठा नापे र ती पनि अरूहरूजस्तै एकै नापका थिए।
25
अरू मूल-ढोकामा भएजस्तै यो मूल-ढोकाका कोठाहरूमा पनि झ्यालहरू थिए। बाटोको जम्मा लमाइ पच्चीस मिटर र चौडाइ साढे बाह्र मिटर थियो।
26
सात वटा खुड्किलाले मूल-ढोकासम्म पुर्याउँथ्यो र पल्लो छेउमा बाहिरी चोकपट्टि फर्केको ठूलो कोठा थियो। बाटोपट्टिका भित्ताका भित्री पाटामा खजूरका रूखका चित्रहरू खोपिएका थिए।
27
यतापट्टि पनि भित्री चोकमा पुर्याउने अर्को मूल-ढोका थियो। त्यस मूल-ढोका र बाहिरी मूल-ढोकाको बीचको दूरी ती मानिसले नापे, त्यो पचास मिटर लामो थियो।
28
ती मानिसले मलाई दक्षिणको मूल-ढोकाबाट भित्री चोकमा पुर्याए। तिनले त्यो मूल-ढोकाको नाप लिए र त्यो पनि अरू मूल-ढोकाको नाप बराबर थियो।
29
[29-30] त्यसका पहरा-चौकीहरू, ठूलो कोठा र भित्री भित्ताहरू पनि अरू मूल-ढोकाका नाप बराबर थिए। यस मूल-ढोकापट्टिका कोठाहरूमा पनि झ्यालहरू थिए। लमाइ पच्चीस मिटर र चौडाइ साढे बाह्र मिटर थियो।
31
यसको पनि बाहिरी चोकपट्टि फर्केको ठूलो कोठा थियो। दलानपट्टिका भित्ताका भित्री पाटामा खजूरका बोटका चित्रहरू खोपेर बनाएका थिए। मूल-ढोकासम्म पुग्न जम्मा आठ खुड्किला थिए।
32
ती मानिसले पूर्वपट्टिको मूल-ढोकाबाट मलाई भित्री चोकमा पुर्याए। तिनले मूल-ढोकाको नाप लिए र त्यो पनि अरू मूल-ढोकाको नाप बराबर थियो।
33
त्यसका पहरा-चौकीहरू, प्रवेश कोठा र भित्री भित्ताहरूका नाप पनि अरू मूल-ढोकाका जस्तै थिए। चारैतिर झ्याल थिए। प्रवेश कोठामा पनि झ्याल थियो। यी सबैको जम्मा लमाइ पच्चीस मिटर र चौडाइ साढे बाह्र मिटर थियो।
34
त्यसको पनि बाहिरी चोकपट्टि फर्केको प्रवेश कोठा थियो। दलानपट्टिका भित्ताका भित्री पाटामा खजूरका बोटका चित्रहरू खोपेर बनाएका थिए। मूल-ढोकासम्म पुग्न जम्मा आठ खुड्किला थिए।
35
त्यसपछि ती मानिसले मलाई उत्तरपट्टिको मूल-ढोकामा पुर्याए। तिनले त्यसको नाप लिए र त्यो पनि अरू मूल-ढोका बराबर थियो।
36
अरू मूल-ढोकाहरूपट्टि जस्तै यता उत्तर ढोकापट्टि पनि पहरा-चौकीहरू थिए। त्यसको भित्री भित्ता खजुरको बोटको चित्रले सिंगारिएको थियो अनि एउटा प्रवेश कोठा र चारैपट्टि झ्यालहरू थिए। त्यसको लमाइ पच्चीस मिटर र चौडाइ साढे बाह्र मिटर थियो।
37
यसको पनि बाहिरी चोकपट्टि फर्केको प्रवेश कोठा थियो। दलानपट्टिका भित्तामा खजूरका बोटका चित्रहरू खोपिएका थिए। मूल-ढोकासम्म पुग्न जम्मा आठ खुड्किला थिए।
38
बाहिरको चोकमा एउटा थप कोठा बनाइएको थियो। त्यो कोठा उत्तरपट्टिको भित्री मूल-ढोकासित जोडिएको थियो र त्यहाँ तिनीहरूले होमबलिका पशुहरू धुन्थे।
39
प्रवेश कोठामा चाहिँ एकापट्टि दुई वटा र अर्कापट्टि दुई वटा गरी जम्मा चार वटा टेबिलहरू थिए। तिनै टेबिलमा तिनीहरूले बलि चढाइने पशुहरू काट्थे। ती पशुहरू होमबलि, पापबलि वा दोषबलिको निम्ति चढाइन्थे।
40
कोठाबाहिर पनि त्यस्तै चार वटा टेबिलहरू थिए। ती टेबिलहरू उत्तरपट्टिका मूल-ढोकाको एकापट्टि दुई वटा र अर्कापट्टि दुई वटा गरी राखिएका थिए।
41
त्यहाँ जम्मा आठ वटा टेबिलहरू थिए, जसमाथि बलि चढाइने पशुहरू काटिन्थे। चार वटा टेबिल कोठाभित्र र चार वटा बाहिर चोकमा थिए।
42
थप कोठाका अरू चार टेबिलहरू ढुङ्गा काटेर बनाएका थिए र त्यहाँ होमबलि तयार गरिन्थे। ती टेबिल आधा मिटर अग्ला, पौने एक मिटर लामा र पौने एक मिटर नै चौडा थिए। ती टेबिलहरूमा पशुहरू काट्दा चलाउने हात-हतियार र अरू सरजामहरू राखिन्थे।
43
टेबिलका चारैतिर साढे सात सेन्टिमिटर चौडा बिट लागेको थियो। बलिमा चढाइने मासु ती टेबिलमा राखिन्थे।
44
त्यसपछि तिनले मलाई भित्री चोकमा लगे। त्यहाँ भित्री चोकपट्टि खोलिने ढोका भएका दुई वटा कोठाहरू थिए। उत्तरपट्टिको मूल-ढोकाछेउमा भएको कोठाचाहिँ दक्षिणपट्टि फर्केको थियो र दक्षिणपट्टिको मूल-ढोका छेउमा भएको कोठाचाहिँ उत्तरपट्टि फर्केको थियो।
45
ती मानिसले मलाई भने कि दक्षिणतर्फ फर्केको कोठा मन्दिरमा सेवाकार्य गर्ने पूजाहारीहरूको निम्ति
46
र उत्तरतर्फ फर्केको कोठा वेदीमा सेवाकार्य गर्ने पूजाहारीहरूको निम्ति हो। सबै पूजाहारीहरू सादोकका सन्तानहरू हुन्; तिनीहरू लेवी कुलका मानिसहरू मात्र हुन्, जसले परमप्रभुको समीपमा सेवाकार्य गर्न अनुमति पाएका हुन्।
47
ती मानिसले भित्री-चोकको नाप लिए, त्यो पचास मिटर लामो र पचास मिटर चौडा थियो। मन्दिरचाहिँ पश्चिमपट्टि थियो र मन्दिरको अघि एउटा वेदी थियो।
48
तिनले मलाई मन्दिरको प्रवेश कोठामा लगे। तिनले नै प्रवेश कोठाको नाप लिए। यो कोठाचाहिँ अढाइ मिटर गहिरो र सात मिटर चौडा थियो। त्यो प्रवेश कोठाको दुवैपट्टिका पर्खालहरूको मोटाइ डेढ मिटर थियो।
49
प्रवेश-कोठासम्म जान खुड्किला थिए, त्यो कोठा दश मिटर लामो र छ मिटर चौडा थियो। प्रवेश-ढोकाका दुईपट्टि एक-एक वटा स्तम्भहरू थिए।
← Chapter 39
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 41 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48