bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Ezekiel 44
Ezekiel 44
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 43
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 45 →
1
ती मानिसले मलाई मन्दिरको पूर्वपट्टिको बाहिरी मूल-ढोकामा लगे। मूल-ढोका बन्द थियो।
2
परमप्रभुले मलाई भन्नुभयो, “यो मूल-ढोका बन्द रहनेछ, त्यो कहिल्यै खोलिनेछैन। कुनै मानिसले त्यो चलाउन पाउनेछैन किनभने म परमप्रभु इस्राएलका परमेश्वर त्यताबाट प्रवेश गरेको छु। त्यो बन्द रहनेछ।
3
शासन गर्ने राजाचाहिँ मूल-ढोकाको दलानमा मेरो सामुन्ने पवित्र-भोज खानलाई जान सक्छ। मन्दिरपट्टि फर्केको ठूलो कोठाबाट राजा त्यस मूल-ढोकाको दलानमा पस्नेछन् र त्यतैबाट निस्कनेछन्।”
4
त्यसपछि ती मानिसले मलाई उत्तरको मूल-ढोकाबाट मन्दिरको भित्री चोकमा लगे। यसो हेर्दा परमप्रभुको मन्दिर उहाँको महिमाले भरिएको मैले देखें। म भूइँमा घोप्टो परें।
5
परमप्रभुले मलाई भन्नुभयो, “ए मरणशील मानिस, तैँले जे-जे देख्छस् र सुन्छस्, ती कुरामा ध्यान दे। म तँलाई मन्दिरका नियमकानुनहरू बताउनेछु। क-कसले मन्दिर भित्र-बाहिर गर्न पाउनेछ र क-कसले गर्न पाउनेछैन, त्यो राम्ररी ख्याल गर्।
6
“इस्राएलका सबै बागी मानिसहरूलाई भन् कि म सार्वभौम परमप्रभुले अब उसो तिनीहरूले गर्दैआएका घिनलाग्दा काममा सहनेछैनँ।
7
पशुहरूको बोसो र रगत बलि चढाउँदैगरेको बेलामा इस्राएलका मानिसहरूले मेरा आज्ञापालन नगर्ने बेखतने विदेशीहरूलाई मन्दिरभित्र पस्न दिएर तिनीहरूले मेरो मन्दिर बिटुलो पारेका छन्। यसरी सबै प्रकारका घिनलाग्दा कामहरू गरेर मेरा प्रजाले मेरो करार तोडेका छन्।
8
मेरो मन्दिरको पवित्र रीति-विधिहरूको जिम्मा तिनीहरू आफैंले नलिई विदेशीहरूलाई दिएका छन्।
9
“म सार्वभौम परमप्रभु भन्दछु कि मेरो आज्ञापालन नगर्ने बेखतने विदेशीहरू मेरा मन्दिरमा पस्न पाउनेछैनन्, इस्राएलीहरूकै बीचमा बास गर्ने विदेशीहरू पनि पस्न पाउनेछैनन्।”
10
परमप्रभुले मलाई भन्नुभयो, “इस्राएलका मानिसहरू अरूसित लागेर मलाई त्यागी मूर्तिपूजा गर्ने लेवीहरूलाई म दण्ड दिनेछु।
11
पाले भएर वा मन्दिरको अरू साधारण सेवाकार्य गरेर तिनीहरूले मन्दिरमा मेरो सेवा गर्न सक्नेछन्। मानिसहरूले होमबलि र अन्य बलि चढाउन ल्याएका पशुहरू तिनीहरूले मार्न सक्छन् र प्रजाको सेवा गर्न सबै समय तिनीहरू तयार रहनुपर्नेछ।
12
तर इस्राएलका मानिसहरूका निम्ति तिनीहरूले मूर्तिपूजा गर्ने काम गरेर तिनीहरूलाई पाप गर्न लाएका हुनाले म सार्वभौम परमप्रभु यो गम्भीर शपथ खान्छु कि तिनीहरूले दण्ड पाउनैपर्छ।
13
तिनीहरूले पूजाहारीका रूपमा मेरो सेवा गर्न पाउनेछैनन्, मेरो निम्ति ठहरिएको कुनै पनि पवित्र थोकको नजिक जान पाउनेछैनन् र महा-पवित्रस्थानको नजिक पनि पस्न पाउनेछैनन्। तिनीहरूले गरेका घिनलाग्दा कुराहरूका निम्ति यही नै तिनीहरूको सजाय हुनेछ।
14
मन्दिरमा गरिने चाकरको काम म तिनीहरूलाई दिनेछु।”
15
सार्वभौम परमप्रभुले भन्नुभयो, “इस्राएलका सबै मानिसहरू मबाट टाढा भएर गएका बेलामा पनि लेवी कुलका सादोक वंशका पूजाहारीहरूले विश्वासयोग्य भएर मन्दिरमा मेरो सेवा गरिरहे। त्यसकारण अब, तिनीहरूले नै मेरो सेवा गर्नेछन् र बलि चढाएका पशुहरूका बोसो र रगत मलाई चढाउन तिनीहरू नै मेरो उपस्थितिमा आउनेछन्।
16
तिनीहरू मात्र मेरो मन्दिरभित्र पस्नेछन्, मेरो वेदीमा सेवा गर्नेछन् र मन्दिरको सेवाकार्य चलाउनेछन्।
17
तिनीहरू मन्दिरको भित्री चोकका मूल-ढोकाबाट जाँदा तिनीहरूले मिहिन सुतीका पोशाक पहिरनेछन्। मन्दिरका अथवा त्यसको भित्री चोकमा सेवाको कार्य गरेका बेलामा तिनीहरूले ऊनले बनेका कुनै वस्त्र लाउनेछैनन्।
18
तिनीहरूलाई पसिना नआओस् भनेर तिनीहरूले मिहिन सुतीका फेटा र सुरुवाल लाउनेछन् र पटुका लाउनेछैनन्।
19
मानिसहरू भेला हुने बाहिरी चोकमा जाँदा तिनीहरूले मन्दिरमा सेवा गरेका बेलामा लाएका पोशाक फुकाली पवित्र कोठाहरूमा राख्नेछन्। ती पोशाक पवित्र भएकोले मानिसहरूलाई हानि नगरून् भनी तिनीहरूले अरू वस्त्र लाउनुपर्नेछ।
20
“पूजाहारीहरूले कपाल खौरन पाउनेछैनन् न त केश लामो पाल्न पाउनेछन्। तिनीहरूले आफ्ना केश ठिक्कको लामो राख्नेछन्।
21
भित्री चोकमा पस्नुअघि पूजाहारीहरूले कुनै मद्य पिउनुहुन्न।
22
पूजाहारीले केवल एउटी इस्राएली कन्ये वा पूजाहारीकी विधवासित मात्र बिहे गर्नेछ। त्यसले अरू विधवा वा श्रीमान्बाट छुट्टिएकी स्त्रीलाई बिहे गर्न पाउनेछैन।
23
“पूजाहारीहरूले मेरो प्रजालाई पवित्र र साधारण अनि विधिअनुसार शुद्ध वा अशुद्ध कुरा छुट्ट्याउन सिकाउनेछन्।
24
कुनै मुद्दा चल्यो भने पूजाहारीहरूले मेरा कानुनअनुसार फैसला गर्नेछन्। मेरा नियम-कानुनअनुसार तिनीहरूले धार्मिक चाड-बाड मनाउनेछन् र तिनीहरूले विश्राम दिनलाई पवित्र राख्नेछन्।
25
“मुर्दा छोएर पूजाहारीहरूले आफैंलाई विधिअनुसार अशुद्ध बनाउनेछैनन्। तर आफ्ना आमा-बुबा, छोराछोरी, दाजुभाइ अथवा बिहे नभएकी दिदी-बहिनीको लाश भने तिनीहरूले छुन सक्छन्।
26
आफू शुद्ध भएपछि त्यसले सात दिनसम्म पर्खनुपर्नेछ
27
र त्यसपछि मन्दिरको भित्री चोकमा गई आफ्नो शुद्धीकरणको निम्ति एउटा पापबलि चढाउनुपर्नेछ। त्यसपछि मात्र त्यसले फेरि मन्दिरमा सेवाको कार्य गर्न सक्नेछ। म सार्वभौम परमप्रभु बोलेको छु।
28
“तिनीहरूका कुनै पैतृक सम्पत्ति हुनेछैन। तिनीहरूका निम्ति पैतृक सम्पत्ति म नै हुँ। तिनीहरूलाई कुनै सम्पत्तिको अधिकार नदिनुको कारण म नै तिनीहरूले पाउने अधिकार हुँ।
29
अन्न-बलि, पाप-बलि र दोष-बलिहरू पूजाहारीहरूले खाने छन् र इस्राएलमा मेरो निम्ति अलग गरिएको हरेक थोक तिनीहरूले पाउनेछन्।
30
खेतबारीका उब्जनीका अगौटे बाली, फलफूल र मलाई भेटी चढाएका अरू सबै थोकको उत्तम-उत्तम चीजहरू पूजाहारीहरूले पाउनेछन्। पिंधेको पिठोबाट बनाएको पहिलो रोटी मानिसहरूले पूजाहारीहरूलाई भेटीको रूपमा दिनेछन् र तिनीहरूका घरहरूमा मेरो आशिष् रहनेछ।
31
आफैं मरेका अथवा अर्को पशुले मारेका पशु वा पक्षीको मासु पूजाहारीहरूले खानेछैनन्।”
← Chapter 43
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 45 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48