bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Ezekiel 48
Ezekiel 48
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 47
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
1
[1-7] देशको उत्तरी सिमाना भूमध्य सागरबाट पूर्वपट्टि हेतलोन सहर, हमात घाटी, हसर-एनान सहर हुँदै दमस्कस-राज्य र हमात-राज्य बीचका सिमानासम्म पुग्छ। इस्राएलका कुलहरूले देशमा जमिनको आफ्नो हिस्सा पाउनेछन्। ती जमिनका हिस्साहरू देशका पूर्वीय सिमानाबाट फैलिएर पश्चिमतिर भूमध्य सागरसम्म पुग्नेछन् र त्यसको उत्तर खण्डमा दानले र त्यसपछि दक्षिण दिशातिर क्रमैसित आशेर, नप्ताली, मनश्शे, एफ्राइम, रूबेन र यहूदा गर्दै हरेक कुलले आ-आफ्नो हिस्सा पाउनेछ।
8
त्यसपछिको हिस्साचाहिँ विशेष कामको लागि अलग गरिनुपर्नेछ। त्यो भाग उत्तरदेखि दक्षिणसम्म साढे बाह्र किलोमिटर चौडा हुनेछ र पूर्वदेखि पश्चिमसम्मको लमाइचाहिँ कुलहरूलाई दिएको भू-भागको लमाइ बराबर हुनुपर्छ। मन्दिर यही भागमा रहनेछ।
9
यस भागको बीचमा साढे बाह्र किलोमिटर लामो र दश किलोमिटर चौडा एउटा विशेष खण्ड लिएर परमप्रभुलाई अर्पण गर्नुपर्नेछ।
10
यस पवित्र खण्डको एक भाग पूजाहारीहरूले पाउनेछन् र त्यसको लमाइ पूर्वदेखि पश्चिमसम्म साढे बाह्र किलोमिटर र चौडाइ उत्तरदेखि दक्षिणसम्म पाँच किलोमिटर हुनेछ। यस क्षेत्रको बीचमा परमप्रभुको मन्दिर रहनेछ।
11
यो पवित्र क्षेत्र सादोकका वंशमा जन्म भएका पूजाहारीहरूको निम्ति हुनेछ। तिनीहरूले विश्वासयोग्य भई मेरो सेवा गरे र अरू इस्राएलीहरूसित मिलेर त्यस्ता दुष्ट कर्म गरेनन्, जसरी लेवी कुलका अरू पूजाहारीहरूले गरेका थिए।
12
यसकारण तिनीहरूले लेवीहरूले पाएकै खण्डको छेउमा एक विशेष खण्ड पाउनेछन् र त्यो सबैभन्दा पवित्र खण्ड हुनेछ।
13
लेवीहरूले पनि पूजाहारीहरूले पाएको जमिनछेउ त्यसको दक्षिणपट्टि एउटा विशेष भाग पाउनेछन्। त्यो भाग पनि पूर्वदेखि पश्चिम, साढे बाह्र किलोमिटर लामो र उत्तरदेखि दक्षिण पाँच किलोमिटर चौडा हुनेछ।
14
परमप्रभुलाई अर्पण गरिएको क्षेत्र देशको सबैभन्दा असल जमिन हुनेछ र त्यसबाट एक टुक्रा पनि बेचिने, साटिने वा कसैलाई दिइनेछैन। त्यो पवित्र क्षेत्र परमप्रभुको हो।
15
बाँकी रहेको साढे बाह्र किलोमिटर लामो र अढाइ किलोमिटर चौडा जमिनचाहिँ मानिसहरूले साधारण काममा चलाउन हुनेछ। तिनीहरू त्यहाँ बास गर्न सक्छन् र त्यो जमिन काममा लाउन सक्छन्। त्यसको बीचमा सहर हुनेछ।
16
अनि त्यो २,२५० मिटर लामो र त्यति नै चौडा भएको वर्गाकार सहर हुनेछ।
17
सहरको चारैपट्टि हरेक सुरमा एक सय पच्चीस मिटर लामो खुल्ला जग्गा हुनेछ।
18
पवित्र क्षेत्रको दक्षिणपट्टि सहर बनेपछि बाँकी रहेको जमिन सहरका बासिन्दाहरूले खेतबारी बनाई आफ्नो काममा लाउनेछन्। यसरी बाँकी रहेको जमिन पूर्वपट्टि पाँच किलोमिटर लामो र अढाइ किलोमिटर चौडा भएको र पश्चिमपट्टि पनि त्यही नापको हुनेछ।
19
सहरमा बास गर्ने कुनै पनि कुलको मानिसले त्यस जमिनमा बोट-बिरुवा लाउनेछ।
20
यसरी त्यस जमिनको बीचमा अलग गरी छुट्ट्याउनलाई भू-भाग एउटा वर्गाकार क्षेत्र हुनेछ, जसको लमाइ साढे बाह्र किलोमिटर र चौडाइ पनि त्यही नापको हुनेछ र सहर पनि त्यसभित्रै पर्नेछ।
21
[21-22] मन्दिर बनेको जमिन, पूजाहारीहरूले पाएको जमिन, लेवीहरूले पाएको जमिन र सहर बसालिएको जमिनबाहेक यो क्षेत्रको बाँकी रहेको पूर्व र पश्चिमका सबै जमिन राज्य गर्ने शासकको हुनेछ। त्यो शासकको जमिन पूर्व दिशातिर त्यतैपट्टिको सिमानासम्म र पश्चिम दिशातिर भूमध्य सागरसम्म फैलिएर गएको हुनेछ। त्यसको उत्तरमा यहूदा कुलको जमिन र दक्षिणमा बेन्यामीन कुलको जमिन रहनेछ।
23
[23-27] यो विशेष क्षेत्रको दक्षिणपट्टि बाँकी कुलहरूले आ-आफ्ना जमिनको हिस्सा पाउनेछन्। तिनीहरूका जमिनको क्षेत्र पूर्वीय सिमानाबाट सुरु भई पश्चिमतर्फ भूमध्य सागरसम्म जानेछ र त्यसभित्र उत्तरमा बेन्यामीन र त्यसपछि क्रमैसित दक्षिण दिशातर्फ शिमियोन, इस्साखार, जबूलून र गाद गर्दै बाँकी कुलहरूले आ-आफ्नो भाग जमिन पाउनेछन्।
28
गादले पाएका जमिनको दक्षिणपट्टिको सिमाना तामारबाट दक्षिण-पश्चिम हुँदै मेरीबा कादेशको मरुद्यान भएर उत्तर पश्चिम हुँदै मिश्रको सिमानासँगै गएर भूमध्य सागरसम्म पुग्नेछ।
29
सार्वभौम परमप्रभुले भन्नुभयो, “त्यस प्रकारले जमिन अंश-बन्डा गरी इस्राएलका कुलहरूलाई बाँडिनेछ।”
30
[30-34] सहर पस्ने बाह्र वटा मूल-ढोकाहरू छन्। सहर चारैपट्टिका हरेक पर्खाल २,२५० मिटर लामो छ र प्रत्येकमा तीन-तीन वटा मूल-ढोकाहरू छन् अनि एक-एक वटा मूल-ढोकाको नाम इस्राएलको कुल-कुलका नामअनुसार राखिएको छ। उत्तरी पर्खालका मूल-ढोकाहरू रूबेन, यहूदा र लेवी कुलका नाममा, पूर्वीय-पर्खालका मूल-ढोकाहरू योसेफ, बेन्यामीन र दान कुलका नाममा, दक्षिण-पर्खाल शिमियोन, इस्साखार र जबूलूनका नाममा अनि पश्चिम-पर्खाल गाद, आशेर र नप्तालीका नाममा राखिएका छन्।
35
सहरका चारैपट्टिका पर्खालको जम्मा लमाइ ९,००० मिटर हुन्छ। अबदेखि उसो त्यस सहरको नाम “परमप्रभु यहीं हुनुहुन्छ” रहनेछ!
← Chapter 47
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48