bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Ezekiel 23
Ezekiel 23
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 24 →
1
परमप्रभु मसित बोल्नुभयो।
2
उहाँले भन्नुभयो, “ए मरणशील मानिस, कुनै समय दुई दिदी-बहिनी थिए।
3
तरुणी छँदा तिनीहरू मिश्रमा बास गर्थे र त्यहाँ तिनीहरूले आ-आफ्ना कुमारीत्व गुमाए र वेश्या काम गर्न लागे।
4
दिदीको नाम ओहोला थियो। ओहोलाले सामरिया बुझाउँछ। बहिनीको नाम ओहोलिबा थियो। ओहोलिबाले यरूशलेम बुझाउँछ। ती दुवैलाई मैले बिहे गरें र तिनीहरूबाट मेरा छोरा-छोरी जन्मे।
5
मेरी स्वास्नी भए तापनि ओहोलाले वेश्या काम गरिरही र आफ्ना अश्शूरवासी प्रेमीहरूसित सहवास गर्न छोडिन।
6
तिनीहरू बैजनी वस्त्र लाउने योद्धा, ठूल्ठूला मानिस र उच्च पदाधिकारीहरू थिए। तिनीहरू सबै घोडचढी सेनाका सुन्दर अधिकृतहरू थिए।
7
ओहोला ती सबै अश्शूरी अधिकृतहरूकी वेश्या थिई र त्यसका कुइच्छाले त्यसलाई अश्शूरी देवी-देवताको पूजा गरी आफैंलाई अपवित्र बनायो।
8
आफ्नो कुमारीत्व गुमाएर मिश्रमा सुरु गरेकी वेश्या काम त्यसले अझै गरिरही। त्यो तरुणी छँदादेखि नै पुरुषहरू त्योसित सुत्थे र वेश्यासितको व्यवहार गर्थे।
9
त्यो त्यसका अश्शूरी प्रेमीहरूसँग अति नै मोहित थिई। यसकारण मैले त्यसलाई तिनीहरूका हातमा सुम्पिदिएँ।
10
तिनीहरूले त्यसलाई नाङ्गो पारे, त्यसका छोरा-छोरीहरूलाई कैद गरे र त्यसलाई तरवारले मारे। त्यो सबै ठाउँका स्त्रीहरूको माझमा गिल्लाको पात्र भई।
11
“दिदीको सबै हालत देख्दादेख्दै पनि ओहोलिबा अझै उत्ताउली भई र ओहोलाभन्दा अझै नराम्री वेश्या भई।
12
त्यो पनि ठूल्ठूला अश्शूरी मानिसहरू, अफिसरहरू ठाँटबाँटसित जङ्गी पोशाक लाएका योद्धाहरू, घोडचढी सेनाका अधिकृतहरू अथवा ती सुन्दर जवान पुरुषहरूसित सुत्दथिई।
13
मैले देखें कि त्यो पूर्णरूपले वेश्या भई र दिदी-बहिनी दुवैले एउटै बाटो लिए।
14
[14-15] “ओहोलिबा आफ्नो व्यभिचारमा झन् धेरै भासिंदैगई। कम्मरमा पटुका र शिरमा लट्कने फेटा बाँधेका, गाढा रातो रङ्ग पोतेर भित्ता खोपी बनाएका बेबिलोनियाका उच्च पदाधिकारीहरूका मूर्तिहरूले त्यसलाई मोहित पारेथ्यो।
16
तिनीहरूलाई देख्नासाथ त्यसले तिनीहरूसित सुत्ने तीव्र इच्छा गरी र तिनीहरूलाई बोलाउन बेबिलोनियामा खबर दिनेहरू पठाई।
17
बेबिलोनीहरू आएर त्योसित सुते। त्योसित सहवास गरी बेबिलोनीहरूले त्यसलाई यति अपवित्र पारे कि अन्तमा तिनीहरूसित त्यो दिक्क मान्न लागी।
18
त्यसले खुल्लम-खुल्ला वेश्या काम गरी र म वेश्या हुँ भनी सबैलाई जनाई। त्यसकी दिदीसित झैँ म त्योसित पनि वाक्क भएँ।
19
त्यो अझ अचाक्ली वेश्या भई र तरुणी छँदा मिश्रमा गरेझैँ त्यसले वेश्या काम गरिरही।
20
गधाका जस्ता लिङ्ग भएका र घोडाका जस्ता वीर्य भएका अति कामातुर पुरुषसित सम्भोग गर्ने इच्छाले त्यो व्याकुल थिई।”
21
(हे ओहोलिबा, मिश्रमा गरेझैँ आफ्नो व्यभिचार तँ फेरि दोहोर्याउन चाहन्थिस्। त्यहाँ मानिसहरूले तेरा स्तनहरूमा हात लाउँथे र तैँले तेरो कुमारीत्व गुमाएकी थिइस्।)
22
“ए ओहोलिबा, म सार्वभौम परमप्रभु अब तँलाई यसो भन्दछु। तँ तेरा ती प्रेमीहरूसित वाक्क भइस् तर म तिनीहरूलाई तँमाथि रिस गर्न लाउनेछु र चारैतिरबाट तँलाई घेर्न लाउनेछु।
23
म सबै बेबिलोनीहरू र कल्दीहरू, पकोद, शोअ र कोअका पुरुषहरू अनि सबै अश्शूरीहरूलाई ल्याउनेछु। म ती सबै सुन्दर, भलादमी अफिसरहरू, मुख्य-मुख्य अधिकारीहरू र घोडचढी सेनाका उच्च-उच्च पदका अफिसरहरूलाई भेला गर्नेछु।
24
उत्तरबाट रथ र गाडाहरूसहित ठूलो सेना लिई तिनीहरूले तँमाथि हमला गर्नेछन्। हातमा ढाल र शिरमा फलामका टोपीसहित तिनीहरू आएर तँलाई घेर्नेछन्। म तँलाई तिनीहरूका हातमा सुम्पिदिनेछु र तिनीहरूले आफ्नै नियम-कानुनअनुसार तेरो न्याय गर्नेछन्।
25
म तँसित रिसाएको हुनाले तिनीहरूलाई तँसित रिसकै व्यवहार गर्न लाउनेछु। तिनीहरूले तेरा नाक र कान काट्नेछन् अनि तेरा छोरा-छोरीहरूलाई तरवारले मार्नेछन्। तेरा छोरा-छोरीहरू कैद गरेर लगिनेछन् र जिउँदै जलाइनेछन्।
26
तिनीहरूले तेरा लुगा खोलिदिनेछन् र गर-गहनाहरू खोस्नेछन्।
27
तैँले मिश्रमा छँदादेखि गरेको भ्रष्टता र वेश्यावृत्ति म बन्द गर्नेछु। तैँले अब अरू मूर्तिहरूलाई हेर्नेछैनस् र मिश्रबारे अरू सोच्नेछैनस्।”
28
सार्वभौम परमप्रभु यसो भन्नुहुन्छ, “म तँलाई ती मानिसहरूका हातमा सुम्पिदिनेछु, जसलाई तँ घृणा गर्छेस् र जोदेखि दिक्क मानिस्।
29
तिनीहरूले पनि तँलाई घृणा गर्छन्। यसकारण तेरा मिहेनतका सबै फल तिनीहरूले खोस्नेछन् र तँलाई वेश्याझैँ नाङ्गै छोडिराख्नेछन्। तेरा भ्रष्टता र वेश्यावृत्तिले
30
तँलाई यो दशामा पुर्याएको हो, कारण तँ जाति-जातिका निम्ति वेश्या भइस् र तिनीहरूका मूर्तिपूजा गरेर तैँले आफैंलाई अपवित्र तुल्याइस्।
31
तँ तेरी दिदीका चालमा हिंडिस् र म तँलाई पनि त्यसैको दण्डको कचौरा पिउन लाउनेछु।”
32
सार्वभौम परमप्रभु भन्नुहुन्छ, “तैँले तेरी दिदीको कचौराबाट पिउनेछस्, कचौरा गहिरो र ठूलो छ, सबैले तँलाई गिल्ला र तिरस्कार गेर्नेछन्, कचौरा पूरा भरिएको छ।
33
नशा र शोकले तँ पूर्ण हुनेछस्, त्यो कचौरा तेरी दिदी सामरियाकै डर र विनाशले पूर्ण छ।
34
रित्तो नभएसम्म तैँले पिउनेछस् र तैँले यो कचौरा टुक्रा-टुक्रा गरी फोर्नेछस् र आफ्नो छाती चिर्थोनेछस्। म, सार्वभौम परमप्रभु बोलेको छु।”
35
सार्वभौम परमप्रभु अब यसो भन्नुहुन्छ, “तैँले मलाई भुलेकी हुनाले र मतिर पिठयुँ फर्काएकीले तैँले आफ्ना भ्रष्टता र वेश्यावृत्तिको दण्ड भोग्नेछस्।”
36
परमप्रभुले मलाई भन्नुभयो, “ए मरणशील मानिस, के तँ ओहोला र ओहोलिबाको न्याय गर्न तयार छस्? तिनीहरूका घिनलाग्दा कामको निम्ति तिनीहरूलाई दोषी ठहराइदे।
37
तिनीहरूले व्यभिचार र हत्या गरे, मूर्तिहरूसित व्यभिचार र मबाट जन्मेका छोराहरूका हत्या गरेका छन्। मेरा छोरा-छोरीहरू तिनीहरूले ती मूर्तिहरूलाई बलिदान चढाए।
38
अनि त्यति मात्र होइन, तिनीहरूले मेरो मन्दिर बिटुलो पारे र मैले स्थापना गरेको पवित्र विश्रामदिन तोडे।
39
मेरा छोरा-छोरीहरूलाई भोग चढाएर हत्या गरेकै दिन तिनीहरू मेरो मन्दिरमा आए र त्यसलाई बिटुलो पारे।
40
“टाढा-टाढाका मानिसहरूलाई तिनीहरूले घरीघरी बोलाउन खबर दिनेहरू पठाए र ती मानिसहरू आए। ती दुई दिदी-बहिनीहरू नुहाइ-धुहाइ गर्थे र आँखामा गाजल लाउँथे र गर-गहना लाएर सिंगारिन्थे।
41
तिनीहरू आराम गर्ने सुन्दर पलङ्गमा बस्थे र असल-असल कुराहरू, मैले दिएको धूप र जैतुनको तेलसमेतले भरिएको टेबिल सामुन्ने राख्थे।
42
मरुभूमिबाट ल्याएका एक हुल लापरवाही मानिसहरूको सोर सुनिन्थ्यो। तिनीहरूले ती स्त्रीहरूका पाखुरामा चुरा र शिरमा शिर-बन्दी लाइदिन्थे।
43
अनि म मनमा सोच्दथें कि तिनीहरूले व्यभिचारमा थकित भएकी स्त्रीलाई आफ्नी वेश्या बनाउँदै छन्।
44
ती वेश्याहरूकहाँ तिनीहरू घरीघरी जान्थे। तिनीहरू ती दुई बिग्रेकी ओहोला र ओहोलिबाकहाँ घरीघरी फर्किजान्थे।
45
धर्मी मानिसहरूले तिनीहरूलाई व्यभिचार र हत्याको दोष लगाई दण्ड दिनेछन् कारण तिनीहरूले व्यभिचार गर्छन् र तिनीहरूका हातमा हत्याको रगत लागेको छ।”
46
सार्वभौम परमप्रभु यसो भन्नुहुन्छ, “एउटा हुलदङ्गा गर्ने भीड ल्याएर तिनीहरूलाई तर्साऊ र लुटपिट गर।
47
त्यस भीडले तिनीहरूमाथि ढुङ्गाको वर्षा गरोस्, तरवारले हमला गरोस्, तिनीहरूका छोरा-छोरीहरूलाई मारोस् र घरमा आगो लाइदेओस्।
48
ती दुई दिदी-बहिनीहरूले झैँ व्यभिचार नगर्नू भनी हरेक स्त्रीको निम्ति एउटा चेतावनी दिनलाई म सारा देशमा व्यभिचार बन्द गर्नेछु।
49
अनि तिमी दुई दिदी-बहिनीलाई चाहिँ म तिमीहरूका व्यभिचार र मूर्तिपूजाको पापको निम्ति दण्ड दिनेछु। तब तिमीहरूले सार्वभौम परमप्रभु म नै हुँ भनी जान्नेछौ।”
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 24 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48