bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Ezekiel 7
Ezekiel 7
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 8 →
1
परमप्रभुले मलाई भन्नुभयो,
2
“ए मरणशील मानिस, म सार्वभौम परमप्रभु इस्राएल देशलाई यसो भन्दछु: यो सम्पूर्ण देशको अन्त आइपुगेको छ।
3
“हे इस्राएल, तेरो अन्त आइपुगेको छ! तैँले मेरो क्रोध थाहा पाउनेछस् किनभने तैँले गरेको कामको निम्ति म तेरो न्याय गर्नेछु। तेरो घिनलाग्दो चालचलनको निम्ति बदला लिनेछु।
4
म तँलाई छोड्नेछैनँ, तँलाई केही दया देखाउनेछैनँ। तैँले गरेका घिनलाग्दा कामहरूको निम्ति तँलाई दण्ड दिनेछु र म नै परमप्रभु हुँ भनी तैँले जान्नेछस्।”
5
सार्वभौम परमप्रभु यसो भन्नुहुन्छ, “तँमाथि एउटा विपत्तिपछि अर्को विपत्ति आइपर्नेछ।
6
अब सबै कुरा सिद्धियो, तेरो अन्त आइपुग्यो। तँ नाश हुनेछस्।
7
हे यस देशका बासिन्दाहरू हो, तिमीहरूको अन्त आउँदै छ। त्यो समय नजिकै छ, जब डाँडामाथिका मन्दिरहरूमा केही उत्सव मनाइनेछैन तर त्यहाँ खैलाबैला मच्चिनेछ।
8
“अब चाँडै तैँले मेरो क्रोधको प्रभाव देख्नेछस्। तैँले गरेको कामको निम्ति म तेरो न्याय गर्नेछु र तेरो घिनलाग्दो चालचलनको निम्ति बदला लिनेछु।
9
म तँलाई बाँकी राख्नेछैनँ, केही दया देखाउनेछैनँ। तैँले गरेको घिनलाग्दो कामको निम्ति म तँलाई दण्ड दिनेछु र तँलाई दण्ड दिने परमप्रभु म नै हुँ भनी तैँले थाहा पाउनेछस्।”
10
विपत्तिको दिन आइरहेको छ। हिंसा बढिरहेको छ। अहङ्कार बढेर उच्च शिखरमा पुगेको छ।
11
हिंसाले बढी दुष्ट्ट्याइँ ल्याउँछ। तिनीहरूका हातमा केही रहनेछैन, तिनीहरूका धन-सम्पत्ति, शोभा वा महिमा केही रहनेछैन।
12
त्यो समय आइरहेको छ। त्यो दिन नजिक छ, किनबेच गर्नुको केही अर्थ हुनेछैन किनभने परमेश्वरको दण्ड सबैमाथि बराबर खनिनेछ।
13
कुनै पनि व्यापारीले आफूलाई परेको हानि पूर्ति गर्न सक्नेछैन, त्यसको अघि नै त्यो मर्नेछ किनभने सबैमाथि परमेश्वरको क्रोध खनिएको छ। दुष्टहरू बाँच्नेछैनन्।
14
तुरही बज्नेछ र सबै जना तयार हुनेछन्। तर कोही पनि लडाइँ गर्न जानेछैन किनभने परमेश्वरको क्रोध सबैमाथि एकनासले खनिनेछ।
15
बाहिर गल्ली-गल्लीमा लडाइँ हुन्छ र भित्र घर-घरमा रुढी र अनिकाल हुन्छ। बाहिर मैदानमा हुने मानिसहरू लडाइँमा मर्नेछन् अनि सहरभित्र हुनेहरूचाहिँ रुढी र अनिकालले मर्नेछन्।
16
बेसीबाट तर्सेर भागेका ढुकुरहरूझैँ केही मानिसहरू भागेर पहाडतिर जानेछन्। सबैले आफ्ना पापको निम्ति बिलौना गर्नेछन्।
17
सबैका हात-पाखुरा कमजोर हुनेछन् र घुँडाहरू थरथर काम्नेछन्।
18
तिनीहरूले भाङ्ग्राका लुगा लाउनेछन् र थरथर काम्नेछन्। तिनीहरूको कपाल खौराइनेछ र सबैको बेइज्जत हुनेछ।
19
तिनीहरूले आफ्ना सुन-चाँदी कसिङ्गरझैँ सडकहुँदो फालिदिनेछन् किनभने परमप्रभुले आफ्नो क्रोध खन्याउनुहुँदा सुन-चाँदीले तिनीहरूलाई बचाउनेछैन। आफ्ना इच्छा पूरा गर्न वा पेट भर्न तिनीहरूले सुन-चाँदी चलाउन सक्दैनन् किनभने सुन-चाँदीले तिनीहरूलाई पाप गर्न लायो।
20
कुनै समयमा तिनीहरू आफ्ना सुन्दर गरगहनामा घमण्ड गर्थे तर गरगहनालाई तिनीहरूले घिनलाग्दा मूर्तिहरू बनाउन प्रयोग गरे। यसैकारण परमप्रभुले तिनीहरूको धन-सम्पत्ति तिनीहरूको निम्ति चिन्ताको कारण बनाइदिनुभयो।
21
“परमप्रभु भन्नुहुन्छ, “म विदेशीहरूलाई तिनीहरूमाथि लुटपिट गर्न लाउनेछु र दुष्टहरूले तिनीहरूका धन लुटेर अपवित्र पार्नेछन्।
22
मेरो मूल्यावान् मन्दिर अपवित्र गरिंदा म आफ्नो अनुहार अर्कोपट्टि फर्काउनेछु। डाँकाहरू त्यसभित्र पसेर त्यसलाई बिटुलो पार्नेछन्।
23
“सबै कुरामा गड्बडी भइरहेको छ। देश हत्याले र सहरहरू हिंसाले भरिएका छन्।
24
सबैभन्दा दुष्ट जातिहरूलाई म यस देशमा ल्याउनेछु र तिमीहरूका घरहरूमाथि अधिकार गर्न दिनेछु। तिमीहरूले पूजा गर्ने गरेका स्थानहरू अपवित्र बनाइनेछन्। तिमीहरूका बलिया मानिसहरूले आफैंमाथि भरोसा गर्न छोड्नेछन्।
25
निराशको समय आउँदै छ। तिमीहरू शान्तिको खोजी गर्नेछौ तर कतै कहिल्यै पाउनेछैनौ।
26
विपत्तिमाथि विपत्ति आउनेछ र एउटापछि अर्को नराम्रो खबर लगातार आइरहनेछ। अगमवक्ताहरूले दर्शनमा देखेका कुराहरू हामीहरूलाई भनून् भनी तिमीहरूले तिनीहरूलाई बिन्ती गर्नेछौ। मानिसहरूलाई दिने कुनै शिक्षा पूजाहारीहरूसित रहनेछैन अनि बुढापाकाहरूसित कुनै पनि सल्लाह हुनेछैन।
27
राजाले शोक गर्नेछन्, राजकुमार निराश हुनेछन् र मानिसहरू डरले लगलग काम्नेछन्। तिमीहरूले जे कामहरू गरेका छौ, तिनैको लागि म तिमीहरूलाई दण्ड दिनेछु। जस्तो किसिमले तिमीहरूले अरूको न्याय गरेका छौ, त्यस्तै किसिमले म पनि तिमीहरूको न्याय गर्नेछु। म नै परमप्रभु हुँ भनी यी नै कुराले तिमीहरूलाई देखाउनेछु।”
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48