bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Ezekiel 18
Ezekiel 18
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 19 →
1
[1-2] परमप्रभु मसित बोल्नुभयो र भन्नुभयो, “इस्राएलमा मानिसहरूलाई घरीघरी दोहोर्याएर भन्ने गरेको यो उखान के हो? ‘अमिलो अङ्गुर बुबाहरूले खाने, छोरा-छोरीको दाँत कुँडिने।’
3
“म सार्वभौम परमप्रभु जीवित परमेश्वर छु भन्ने स्वयम् साक्षी राखी भन्दछु, यो उखान इस्राएलमा फेरि कहिल्यै दोहोर्याइनेछैन।
4
आमा-बुबा, छोरा-छोरी सबैको प्राण मेरै हातमा छ। जुन प्राणीले पाप गर्छ, त्यही मर्नेछ।
5
“मानिलिऊँ एक जना धर्मी, इमानदार र असल मानिस छ।
6
त्यसले इस्राएलीहरूका देवताहरू पुज्दैन र मनाही गरेका पूजा-स्थलमा चढाएको प्रसाद खाँदैन, अर्काकी स्वास्नी भ्रष्ट पार्दैन वा मासिक धर्म भएकी स्त्रीकहाँ जाँदैन।
7
त्यसले कसैको अत्याचार गर्दैन र लुट्दैन। त्योसित बन्धकी राखेर सापटी लिएको कुरा त्यसले फर्काइदिनेछ, भोकालाई खुवाउँछ र नाङ्गालाई लुगा दिन्छ।
8
त्यसले ब्याजमा ऋण दिंदैन। त्यसले खराबी गर्न इन्कार गर्छ र मुद्दामा उचित फैसला दिन्छ।
9
त्यस्तो मानिसले मेरो आज्ञा मान्दछ र मेरा नियमहरू होशियारसाथ पालन गर्दछ। त्यो धर्मी हो र त्यो निश्चय बाँच्नेछ।” सार्वभौम परमप्रभु यसो भन्नुहुन्छ।
10
[10-11] “मानिलिऊँ त्यस मानिसको एउटा छोरो छ र त्यसले चोरी र हत्या गर्छ र बुबाचाहिँ ले कहिल्यै नगरेका नराम्रा कामहरू गर्छ। मनाही गरेका पूजास्थलमा चढाएको प्रसाद खान्छ र अर्काकी स्वास्नीलाई भ्रष्ट पार्छ।
12
त्यसले गरीबलाई अत्याचार गर्छ, लुट्छ, त्योसित सापटी लिनेले बन्धकी राखेको कुरो फर्काउँदैन। त्यो मूर्तिपूजा गर्ने पूजास्थलमा जान्छ, घिनलाग्दा मूर्तिहरू पुज्छ,
13
ब्याजमा ऋण दिन्छ। के त्यो बाँच्छ? अँहँ, त्यो बाँच्नेछैन। त्यसले ती सबै घिनलाग्दा कामहरू गरेको हुनाले त्यो मर्नेछ। त्यसको मृत्युको लागि त्यो आफैं दोषी छ।
14
“अब मानिलिऊँ छोरोचाहिँ को पनि एउटा छोरो जन्म्यो। त्यसले बुबाले गरेका सबै पाप देख्छ र पनि बुबाको चालमा चल्दैन।
15
त्यसले इस्राएलीहरूका मूर्तिहरू पुज्दैन र मनाही गरेका पूजास्थलमा चढाएका प्रसाद खाँदैन र अर्काकी स्वास्नी भ्रष्ट पार्दैन।
16
त्यसले कसैमाथि अत्याचार गर्दैन, कसैको लुट्दैन र आफूबाट सापटी लिनेले बन्धकी राखेको कुरो फर्काइदिन्छ, भोकालाई खुवाउँछ र नाङ्गालाई लुगा दिन्छ।
17
त्यसले खराबी गर्न इन्कार गर्छ, ब्याजमा ऋण दिंदैन। मेरो आज्ञापालन गर्छ र मेरा नियमहरू मान्दछ। त्यसका बुबाको पापको कारणले गर्दा त्यो मर्नेछैन तर त्यो निश्चय बाँच्नेछ।
18
तर त्यसको बुबाले भने सधैँ ठग्यो र चोरी गर्यो अनि सबैलाई खराबी गर्यो। त्यसकारण त्यसको बुबाचाहिँ आफ्नो पापले गर्दा मर्नेछ।
19
“तर तँ प्रश्न गर्दछस्, ‘बुबाचाहिँ को पापले गर्दा छोरोले किन कष्ट नभोग्ने?’ त्यसको उत्तर यो हो: छोरोले ठीक र असल मात्र गर्यो। त्यसले मेरा सबै नियमहरू मान्यो र होशियारसित पालन गर्यो भने त्यो निश्चय बाँच्नेछ।
20
जसले पाप गर्छ, त्यही मर्छ। बुबाका पापले गर्दा छोरोले कष्ट भोग्नेछैन न त छोरोको पापले बुबालाई पिराउँछ, भलो मानिसलाई उसको भलाइले नै असल इनाम दिन्छ र दुष्ट मानिसलाई त्यसको खराबीले नै पिराउँछ।
21
“कुनै दुष्ट मानिसले पाप गर्न छोडेर मेरो नियम मान्न थाल्यो र जे असल र उचित छ, त्यो गर्न थाल्यो भने त्यो मर्नेछैन। त्यो निश्चय बाँच्नेछ।
22
त्यसका सबै पाप क्षमा हुनेछ र त्यो बाँच्नेछ किनभने त्यसले जे उचित छ, त्यही गरेको छ।
23
एउटा दुष्ट मानिस मर्दा म रमाउँछु र?” यसरी सार्वभौम परमप्रभु सोध्नुहुन्छ, “होइन, म त त्यसले पश्चात्ताप गरी बाँचेको हेर्न चाहन्छु।
24
“तर यदि एउटा धर्मी मानिसले भलाइ गर्न छोड्यो, सबै खराबी गर्न थाल्यो र दुष्ट मानिसले गर्ने घिनलाग्दा कामहरू गर्न थाल्यो भने के त्यसले बाँचिरहन पाउला र? अँहँ, त्यसो हुन्न, त्यसले गरेका कुनै पनि असल कामको सम्झना गरिनेछैन। त्यसको अविश्वास र पापको कारणले त्यो मर्नेछ।
25
“तर तँ भन्लास्, ‘प्रभुले जे गर्नुहुन्छ, त्यो उचित छैन।’ ए इस्राएलीहरू हो, मेरो कुरा सुन, के मेरो काम ठीक छैन भन्ठान्छौ? तिमीहरूको काम पो ठीक छैन।
26
जब एउटा धर्मी मानिसले भलाइ गर्न छोडेर पाप गर्न थाल्छ, त्यो मर्नेछ, त्यो आफूले गरेको पापले गर्दा मर्नेछ।
27
जब एउटा दुष्ट मानिसले पापबाट फर्केर ठीक र उचित काम गर्दछ, त्यसले आफ्नो प्राण बचाउँनेछ।
28
आफूले पाप गरेको चाल पाएर पापबाट फर्कन्छ, त्यो निश्चय मर्नेछैन तर बाँचिरहनेछ।
29
तर तिमी इस्राएलीहरूचाहिँ भन्दछौ, ‘प्रभुले जे गर्नुहुन्छ, त्यो उचित छैन।’ मेरो काम ठीक छैन भन्ठान्छौ, होइन? तर तिमीहरूको काम पो ठीक छैन।
30
“अब म सार्वभौम परमप्रभु तिमी इस्राएलीहरूलाई भन्दै छु कि म तिमीहरू हरेकलाई तिम्रा कामअनुसार न्याय गर्नेछु। तिमीहरूले गरिरहेका दुष्ट कामहरूबाट फर्केर आओ नत्र तिमीहरू आफ्ना पापमा नाश हुनेछौ।
31
ए इस्राएलीहरू हो, किन तिमीहरू नाश हुन चाहन्छौ? आफूले गरिरहेका खराबीहरू छोड अनि नयाँ मन र नयाँ हृदय लेओ।
32
कोही नाश भएको म चाहन्नँ,” सार्वभौम परमप्रभु भन्नुहुन्छ, “आफ्ना पापबाट फर्क र बाँच।”
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 19 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48