bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Ezekiel 25
Ezekiel 25
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 24
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 26 →
1
परमप्रभु मसित बोल्नुभयो
2
र भन्नुभयो, “ए मरणशील मानिस, अम्मोन देशको विरुद्धमा बोल्।
3
तिनीहरूलाई भन् कि म सार्वभौम परमप्रभुले के भन्दै छु, त्यो तिनीहरूले सुनून्। मेरो मन्दिर अपवित्र भएको, इस्राएल देश ध्वस्त भएको र यहूदाका मानिसहरू कैदमा लगिएका देखेर तिमीहरूले आनन्द मनाएका थियौ।
4
त्यसरी तिमीहरू रमाएका हुनाले म पूर्वको मरुभूमिका जातिहरूका हातमा तिमीहरूलाई सुम्पिदिनेछु। तिमीहरूका देशमा तिनीहरूले आफ्ना छाउनीहरू बसाल्नेछन् र बास गर्नेछन्। तिमीहरूको फल र दूध तिनीहरूले खानेछन्।
5
रब्बा सहरलाई म ऊँट राख्ने ठाउँ र सारा अम्मोन देशलाई भेडाको चरन बनाउनेछु। तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ।
6
“सार्वभौम परमप्रभु यसो भन्नुहुन्छ, ‘इस्राएली देशप्रति द्वेषले भरिएको हृदयले ताली बजाउँदै र उफ्रँदै तिमीहरूले आनन्द मनायौ।
7
त्यसो हुनाले तिमीहरूलाई म अरू जातिहरूका हातमा सुम्पिदिनेछु र तिनीहरूले तिमीहरूलाई लुट्नेछन्। म तिमीहरूको नाश गरेर नाम-निशानै मेटिदिनेछु र त्यसपछि तिमीहरूको आफ्नो देश रहनेछैन। तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ।”
8
सार्वभौम परमप्रभुले भन्नुभयो, “यहूदा पनि अरू जातिहरूजस्तै छ भनी मोआबले भनेको हुनाले
9
म मोआबको रक्षाको लागि पहरे भई बसेका सहरहरूमाथि हमला गराउनेछु। त्यस हमलामा बेथ-यशीमोत, बाल-मोन र किर्यातैमजस्ता सबैभन्दा राम्रा सहरहरू पनि पर्नेछन्।
10
म पूर्वीय मरुभूमिका कुलहरूलाई मोआब र अम्मोनमाथि विजय दिनेछु र त्यसपछि फेरि अम्मोन एउटा जाति भएर रहनेछैन।
11
म मोआबलाई दण्ड दिनेछु र तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्।”
12
सार्वभौम परमप्रभुले भन्नुभयो, “एदोमका मानिसहरूले यहूदामाथि निष्ठुरी भएर साटो फेरे। त्यसकारण एदोम अझ बढी दोषी ठहरिएको छ।
13
अब म घोषणा गर्दछु कि म एदोमलाई दण्ड दिनेछु र त्यहाँ भएका सबै मानिसहरू र जन्तुहरूलाई मार्नेछु। म त्यस देशलाई तेमानदेखि ददानसम्म ध्वस्त गर्नेछु। मानिसहरू लडाइँमा मर्नेछन्।
14
मेरो प्रजा इस्राएलले मेरो निम्ति एदोमसित साटो फेर्नेछ र मेरो प्रचण्ड क्रोध त्यसलाई थाहा गराउनेछ। मेरो साटो फेराइ कस्तो हुँदोरहेछ भनी एदोमले जान्नेछ।” सार्वभौम परमप्रभु बोल्नुभएको छ।
15
सार्वभौम परमप्रभुले भन्नुभयो, “पलिश्तीहरूले आफ्ना प्राचीन कालदेखिका शत्रुहरूमाथि निष्ठुरी भएर बदला लिए र तिनीहरूलाई द्वेषले भरिएको हृदयले संहार गरे।
16
यसकारण म यो घोषणा गर्दछु कि मैले पलिश्तीहरूमाथि आक्रमण गर्नेछु र ती करेतीहरूको नाम-निशान मेटिदिनेछु। बाँकी रहेका हरेक व्यक्तिलाई पलिश्तीका मैदानमा म नाश गर्नेछु।
17
म तिनीहरूलाई कठोर दण्ड दिनेछु र पूरा साटो फेर्नेछु। तिनीहरूले मेरो क्रोध थाहा पाउनेछन्। तब तिनीहरूले जान्नेछन् कि परमप्रभु म नै हुँ।”
← Chapter 24
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 26 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48