bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Ezekiel 39
Ezekiel 39
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 38
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 40 →
1
सार्वभौम परमप्रभुले भन्नुभयो, “ए मरणशील मानिस, मेशेक र तूबल जातिहरूको मुख्य शासक गोगको विरुद्धमा बोल् र त्यसलाई भन् कि म त्यसको विरुद्धमा छु।
2
म त्यसलाई उत्तरको टाढा ठाउँबाट निकालेर फनक्क फर्काई इस्राएलका पहाडहरूमा ल्याउनेछु।
3
त्यसपछि त्यसको बायाँ हातबाट धनु र दायाँ हातबाट काँडहरू खसालिदिनेछु।
4
गोग र त्यसको सेना र आफ्नो साथमा भएका मानिसहरू इस्राएलका डाँडाहरूमा मर्नेछन् र तिनीहरूका लाशहरू हरेक थरिका पक्षीहरू र जङ्गली पशुहरूका आहार बनाउनेछु।
5
तिनीहरू खुल्ला मैदानमा मर्नेछन्। म सार्वभौम परमप्रभु बोलेको छु।
6
मागोग देश र समुद्र किनारमा ढुक्क भई बसेका मानिसहरूमाथि म आगो लाइदिनेछु र सबैले परमप्रभु म नै हुँ भनी जान्नेछन्।
7
मेरो प्रजा इस्राएललाई मेरो पवित्र नाम जनाउनेछु र म मेरो नामको बेइज्जत फेरि हुन दिनेछैनँ। तब ‘म परमप्रभु नै इस्राएलका पवित्र परमेश्वर हुँ’ भनी जातिहरूले जान्नेछन्।”
8
सार्वभौम परमप्रभुले भन्नुभयो, “मैले भनेको दिन निश्चय नै आउनेछ।
9
इस्राएलका सहरहरूमा बसोबास गर्ने मानिसहरू बाहिर निस्केर फ्याँकिरहेका हात-हतियारहरू दाउराको रूपमा बाल्न बटुल्नेछन्। तिनीहरूले ढाल, धनु-काँड, भाला र मुङ्ग्राहरूको आगो बाल्नेछन् र त्यसरी बटुलेको हात-हतियार सात वर्षसम्म आगो बाल्न पुग्नेछ।
10
तिनीहरूले जङ्गल वा मैदान-बाट दाउरा बटुल्न वा रूख काट्न पर्नेछैन किनभने दाउरा बाल्न तिनीहरूसित प्रशस्तै हतियारहरू हुनेछन्। त्यसरी नै तिनीहरूले आफूलाई लुटपिट गर्नेहरूलाई लुटपिट गर्नेछन्।” सार्वभौम परमप्रभु बोल्नुभएको छ।
11
परमप्रभुले भन्नुभयो, “जब यी सबै कुरा भइसक्नेछन् तब इस्राएलमा मृत सागरको पूर्वपट्टि यात्रीहरूको बेसीमा गोगको मुर्दा गाड्ने एउटा जग्गा दिनेछु। त्यो र त्यसका सारा सेना त्यहीँ गाडिनेछन् र त्यस बेसीको नाम ‘गोगका सेनाको बेसी’ कहलिनेछ।
12
ती लाशहरू गाडिसक्न र देश सफा पार्न इस्राएलीहरूलाई सात महिना लाग्नेछ।
13
देशमा भएका हरेक मानिसले मुर्दाहरू गाड्न सघाउनेछन् र मैले विजय पाएको दिन तिनीहरूलाई आदर गरिनेछ। म सार्वभौम परमप्रभु बोलेको छु।
14
ती सात महिना बितेपछि अझै पनि बाँकी रहेका लाशहरू खोजेर गाड्नलाई मानिसहरू चुनेर देशभरि पठाइनेछन् र तिनीहरूले देश सफा पार्नेछन्।
15
तिनीहरू देशको चारैतिर जानेछन् र कतै मानिसको हाड भेटाए भने त्यसको छेउमा एउटा चिनो लाउनेछन् र चिहान खन्नेहरू आएर त्यो हाड गोगका सेनाको बेसीमा गाड्नेछन्।
16
(त्यहाँ सेनाको नाममा राखिएको एउटा सहर हुनेछ) यसरी त्यो देश फेरि सफा पारिनेछ।”
17
सार्वभौम परमप्रभुले मलाई भन्नुभयो, “ए मरणशील मानिस, मैले तयार पारेको बलिदान खान चारैतिरबाट सबै प्रकारका पशु-पक्षीहरूलाई बोला। इस्राएलका डाँडाहरूमाथि एउटा ठूलो भोज लाग्नेछ। त्यहाँ तिनीहरूले मासु खानेछन् र रगत पिउनेछन्।
18
तिनीहरूले सेनाहरूका लाश खानेछन् र पृथ्वीका शासकहरूका रगत पिउनेछन्। ती सेना र शासकहरू सबै भेडा वा थुमा अथवा बोका वा मोटा साँढेझैँ मारिनेछन्।
19
यी मानिसहरूलाई मैले बलिदान गर्दा मारेजस्तै पशु-पक्षीहरूले अघाउञ्जेल बोसो खानेछन् र मातिञ्जेल रगत पिउनेछन्।
20
मेरो भोजमा तिनीहरू आफूले सकेसम्म घोडा र तीमाथि सवार गर्ने मानिसहरू र लडाइँ गर्ने विभिन्न सैनिकहरूका मासु खानेछन्। म सार्वभौम परमप्रभु बोलेको छु।”
21
परमप्रभुले भन्नुभयो, “जाति-जातिलाई म आफ्नो महिमा देखाउनेछु र मेरा न्यायका फैसलाहरू कसरी आफ्नो शक्तिले पूरा गर्दछु, त्यो म देखाउनेछु।
22
त्यसपछि म नै तिनीहरूका परमप्रभु हुँ भनी इस्राएलीहरूले जान्नेछन्।
23
इस्राएलीहरूले मेरो विरुद्धमा गरेका पापका कारणले कैदी भई विदेशमा लगिएका थिए भनी जाति-जातिहरूले जान्नेछन्। मैले तिनीहरूबाट आफ्नो मुख लुकाएँ, तिनीहरूलाई शत्रुबाट हराएँ र लडाइँमा मारिनदिएँ।
24
मैले तिनीहरूलाई तिनीहरूका अपवित्रता र दुष्ट्याइँअनुसारको दण्ड दिएँ। मेरो मुख मैले तिनीहरूबाट लुकाएँ।”
25
सार्वभौम परमप्रभुले भन्नुभयो, “तर, अब म याकूबका सन्तान अथवा इस्राएलका मानिसहरूमाथि कृपा गर्नेछु र फेरि तिनीहरूको फलिफाप गराउनेछु। म आफ्नो पवित्र नामको रक्षा गर्नेछु।
26
फेरि एक चोटि तिनीहरू आफ्नै देशमा सुरक्षासाथ बसोबास गर्नेछन् र सबैले तिनीहरूलाई भयभीत पार्नेछैनन्। त्यस दिन तिनीहरूले मसित धोकाबाजी गर्दा पाएको बेइज्जती भुल्नेछन्।
27
म पवित्र छु भनी जाति-जातिलाई देखाउन मेरा प्रजालाई तिनीहरूका शत्रुका देशबाट फर्काई ल्याउनेछु।
28
तब मेरा प्रजाले ‘म परमप्रभु तिनीहरूका परमेश्वर हुँ’ भनी जान्नेछन्। यो तिनीहरूले जान्नेछन् किनभने मैले नै तिनीहरूलाई कैदमा पठाएँ र अब म तिनीहरूका एक जना पनि नछोडी जम्मा गरेर तिनीहरूकै देशमा फर्काई ल्याउनेछु।
29
म इस्राएल जातिमाथि आफ्नो आत्मा खन्याउनेछु र फेरि कहिल्यै पनि तिनीहरूबाट आफ्नो मुख लुकाउनेछैनँ। म सार्वभौम परमप्रभु बोलेको छु।”
← Chapter 38
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 40 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48