bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Ezekiel 41
Ezekiel 41
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 40
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 42 →
1
त्यसपछि ती मानिसले मलाई भित्र पवित्रस्थानमा लगे।
2
त्यहाँ पुर्याउने ढोकाको दलान तिनले नापे। त्यो दलानको दूरी तीन मिटर र चौडाइ पाँच मिटर थियो र दुवैपट्टिका गारोको मोटाइ अढाइ मिटर बाक्लो थियो। तिनले त्यस कोठा पनि नापे, त्यो बीस मिटर लामो र दश मिटर चौडा थियो।
3
त्यसपछि तिनी सबैभन्दा भित्रको कोठामा गए। त्यहाँ पस्ने सँघारको नाप लिए। सँघारको दुवैपट्टिका गारोको साढे तीन मिटर मोटाइ थियो र गारो बीचको दलानको दूरी एक मिटर र चौडाइचाहिँ तीन मिटर थियो।
4
तिनले त्यो कोठाको पनि नाप लिए, त्यो दश मिटर लामो र दश मिटर चौडा थियो। त्यो कोठा पवित्रस्थानको पल्लोपट्टि थियो। तब तिनले मलाई भने, “यो महा-पवित्रस्थान हो।”
5
मन्दिरको भवनको भित्री भित्ताको मोटाइ त्यस मानिसले नापे र त्यो तीन मिटर थियो। त्यस भित्तापट्टि मन्दिरका चारैतिर दुई-दुई मिटर चौडा स-साना कोठाहरू भएको तीनतले घर थियो।
6
हरेक तलामा तीस कोठाहरू थिए। मन्दिरको बाहिरपट्टिको भित्ता तल्लो तलाभन्दा माथिल्लो तलामा र त्यो तलाभन्दा अझ माथिल्लो तलामा झन् पातलो-पातलो गरी बनाएको थियो। त्यसले गर्दा माथिल्ला तलाका कोठाहरूका निदालमुनिका तलाका भित्ताहरूभित्र नगाडी तीमाथि तेर्स्याएका थिए।
7
त्यसो हुँदा बाहिरबाट हेर्दा मन्दिरका भित्ताहरू फेददेखि टुप्पोसम्म एकै मोटाइका देखिन्थे। गारोको बीच भागबाट एउटा भर्याङ भूइँतलादेखि बीचतला भएर माथिल्लो तलासम्म जान्थ्यो।
8
[8-11] ती कोठाहरूका बाहिरी भित्ताको मोटाइ अढाइ मिटर थियो। मन्दिरका उत्तरपट्टिका कोठाहरूभित्र पस्ने एउटा ढोका थियो र दक्षिणपट्टिका कोठाहरूभित्र पस्ने अर्को एउटा ढोका थियो। मैले मन्दिरका चारैपट्टि अढाइ मिटर चौडा भएको पेटी देखें। त्यो पेटी जमिनबाट तीन मिटर अग्लोमा बनेको थियो र मन्दिरका भित्तामा टाँसेर बनेका कोठाहरूका जगसित एउटै उचाइमा थियो। यो पेटी र पूजाहारीहरूले चलाउने कोठाहरूका बीचमा मन्दिरको वरिपरि खुल्ला ठाउँ थियो। त्यो खुल्ला ठाउँको चारैतिरको नाप एक छेउदेखि अर्को छेउसम्म दश मिटर थियो।
12
खुल्ला ठाउँको पल्लो छेउमा मन्दिरको पश्चिमपट्टि एउटा भवन थियो। त्यो भवन पैंतालीस मिटर लामो र पैंतीस मिटर चौडा थियो र त्यसका चारैतिरको भित्ताको मोटाइ साढे दुई मिटर थियो।
13
ती मानिसले मन्दिरको बाहिरी भाग नापे, त्यो पचास मिटर लामो थियो। अनि मन्दिरको पछिल्तिरको खुल्ला ठाउँ पार गरी पश्चिमपट्टिको भवनको पल्लो छेउसम्म नाप्दा पनि पचास मिटर नै थियो।
14
मन्दिरको सामुन्ने पूर्वपट्टिको खुल्ला ठाउँ पनि पचास मिटर थियो।
15
[15-16] तिनले पश्चिमपट्टिको भवन र बार्दली दुवै नापे। त्यसको नाप पनि पचास मिटर नै थियो। मन्दिरको चोकपट्टिको प्रवेश-ढोका, पवित्रस्थान र महा-पवित्रस्थान तीनै ठाउँको भित्ताको भूइँदेखि झ्यालसम्मको भाग काठले ढाकिएको थियो। झ्यालहरूको खापा थियो।
17
मन्दिरको भित्री भित्ता, ढोकामाथि खोपेर बनाएका चित्रले पूरै ढाकिएको थियो।
18
ती चित्रमा खजूरका बोटहरू र पखेटा भएका प्राणीहरूका चित्र खोपिएका थिए। खजूरका बोट र पखेटा भएका प्राणीका चित्र एउटापछि अर्को गर्दै कोठाका चारैतिर भित्तामा खोपिएका थिए। प्रत्येक पखेटा भएका प्राणीको दुई वटा अनुहार थियो।
19
[19-20] ती दुई वटा अनुहारहरूमध्ये मानिसको अनुहार भएको चाहिँ खजुरको बोटको एकातिर र सिंहको अनुहार भएको चाहिँ अर्कोतिर फर्केको थियो। यस्तै प्रकारले चारैपट्टिका भित्तामा भूइँदेखि ढोकामाथिसम्मै चित्रहरू खोपिएका थिए।
21
पवित्रस्थानका ढोकाका खामाहरू वर्गाकार थिए। महा-पवित्रस्थानको प्रवेशद्वारको सामुन्ने
22
काठको एउटा वेदीझैँ देखिने कुरो थियो। त्यो डेढ मिटर अग्लो र एक मिटर चौडा थियो। त्यसका कुना-कुनाका खामा, आधार र छेउ-छेउका पाटाहरू सबै काठले बनेका थिए। ती मानिसले मलाई भने, “परमप्रभुको उपस्थितिमा राखिने टेबिल यही हो।”
23
पवित्रस्थानमा जाने बाटोको अन्तमा एउटा ढोका र महा-पवित्रस्थानमा जाने बाटोको अन्तमा पनि अर्को एउटा ढोका थियो।
24
प्रत्येक ढोकाको दुई खापा थिए, जो बीचमा खोलिन्थे।
25
भित्तामा भएझैँ खजूरका बोटहरू र पखेटा भएका प्राणीहरूका चित्रहरू पवित्रस्थानका ढोकाहरूमा खोपिएका थिए। अनि प्रवेश कोठाको द्वारको बाहिरपट्टि एउटा काठको छत थियो।
26
त्यस कोठाका दुवैपट्टि झ्यालहरू थिए र भित्ताहरूचाहिँ खजूरका बोटहरूका चित्र खोपेर सिंगारिएका थिए।
← Chapter 40
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 42 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48