bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Ezekiel 28
Ezekiel 28
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 27
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 29 →
1
परमप्रभु मसित बोल्नुभयो।
2
“ए मरणशील मानिस, म, सार्वभौम परमप्रभुले टुरोसको राजालाई के भन्दै छु, त्यो त्यसलाई सुना: घमण्डले फुलिएर तैँले आफैंलाई ईश्वर हुँ भन्छस्। तँ भन्छस्, म ईश्वरझैँ सिंहासनमा बस्दछु र मेरो चारैपट्टि समुद्र छ। तँ ईश्वर हुँ भन्ने बहाना गर्छस् तर वास्तवमा तँ मरिजाने मानिस होस्, ईश्वर त होइनस्।
3
तैँले आफैंलाई दानिएलभन्दा बुद्धिमान् ठान्छस् र म सबै भेद बुझ्दछु भनेर सोच्दछस्।
4
तेरा बुद्धि र सीपले तँलाई धनी बनायो अनि तैँले सुन र चाँदी बटुलिस्।
5
तैँले चतुर्याइँसित व्यापार गरी नाफैनाफा गरिस्। तैँले आफ्नो धन-सम्पत्तिमा कति घमण्ड गर्छस्!
6
“अब म, सार्वभौम परमप्रभु यसो भन्दछु: तँ आफैंलाई ईश्वर जतिकै बुद्धिमान् ठान्दछस्।
7
यसकारण म तँमाथि हमला गर्न निष्ठुर शत्रुहरू ल्याउनेछु। ती शत्रुहरूले तैँले आफ्ना बुद्धि र सीपले कमाएका सबै सुन्दर कुराहरू नाश गरिदिनेछन्।
8
तिनीहरूले तँलाई मारेर समुद्रमा फालिदिनेछन्।
9
तिनीहरू तँलाई मार्न आउँदा पनि के तँ आफैंलाई ईश्वर नै हुँ भनिरहन्छस्? तेरा हत्याराहरूका सामुन्नेमा तँ मरिजाने मानिस नै होस्, ईश्वर त होइनस्।
10
परमेश्वर नमान्ने विदेशीहरूका हातमा तँ कुकुरझैँ मर्नेछस्। म सार्वभौम परमप्रभुले यो आज्ञा दिएको छु।”
11
परमप्रभु मसित फेरि बोल्नुभयो।
12
उहाँले भन्नुभयो, “ए मरणशील मानिस, टुरोसको राजामाथि आउन लागेको दिन-दशाको निम्ति विलाप गर्। म सार्वभौम परमप्रभुले के भन्दै छु, त्यो त्यसलाई सुना। कुनै समय तँ आदर्शको नमुना थिइस्। तँ बुद्धिमान् र सुन्दर थिइस्!
13
तँ परमेश्वरको बगैँचा अदनमा बास गर्थिस् र हरेक किसिमका रत्नहरू अथवा मानिक र पुष्पराज, पन्ना, पीतमणि, आनिक्स, बिल्लौर, नीर, फिरोजा र बेरूजले सिंगारिन्थिस्। तेरा सुनका गर-गहनाहरू थिए। तेरो सृष्टि भएकै दिन ती गहना-रत्नहरू तेरो निम्ति तयार गरिएका थिए।
14
तेरो रक्षा गर्न मैले त्यहाँ एउटा डरलाग्दो स्वर्गदूत खटाएँ। तँ मेरो पवित्र पर्वतमा बास गर्थिस् र चम्किला रत्नहरूका बीच हिंड्डुल गर्थिस्।
15
तेरो सृष्टि भएको दिनदेखि तेरो दुष्ट्याइँ फेला नपरेसम्म तेरो चालचलन अति निर्दोष थियो।
16
तँ व्यापारमा व्यस्त थिइस् र त्यसले तँलाई हिंसा र पाप गर्न लायो। यसकारण तँलाई मैले मेरो पवित्र पर्वत छोड्न कर लाएँ र तेरो रखवाली गर्ने स्वर्गदूतले तँलाई चम्किला रत्नहरूका बीचबाट धपायो।
17
तँ आफ्नो सुन्दरतामा घमण्ड गर्थिस् र तेरो सुनामले तँलाई मूर्ख बनायो। त्यही कारणले गर्दा मैले तँलाई जमिनमा फ्याँकिदिएँ र अरू राजाहरूको अघि तमासा बनाइदिएँ।
18
तैँले आफ्ना व्यापार-धन्दामा यस्तो दुष्ट्याइँ गरिस् कि तेरा पूजा-स्थलहरू अपवित्र पारिए। यसकारण मैले सहरमा आगो लाइदिएँ र खरानी पारें। अब ज-जसले तँलाई हेर्छन्, तिनीहरूले तँलाई खरानीको रूपमा मात्र देख्छन्।
19
तेरो डरलाग्दो अन्त भयो, तँ सधैँको निम्ति शेष भइस् र तँलाई चिन्ने हरेक जाति भयभीत भएको छ। तेरै जस्तो दशा आफ्नो पनि होला भन्ने तिनीहरूलाई डर छ।”
20
परमप्रभुले मलाई भन्नुभयो,
21
“ए मरणशील मानिस, सीदोन सहरको विरुद्धमा बोल्।
22
म सार्वभौम परमप्रभु के भन्दछु, त्यो मानिसहरूलाई सुना। ए सीदोन, म तेरो विरुद्धमा छु। म तँलाई जे गर्छु, त्यसको निम्ति मानिसहरूले मेरो प्रशंसा गर्नेछन्। तेरा बासिन्दाहरूलाई दण्ड दिएर म पवित्र छु भनी मैले देखाएपछि तिनीहरूले परमप्रभु म नै हुँ भनी जान्नेछन्।
23
म तँकहाँ रुढीहरू पठाउनेछु र तेरा सडकहरूमा रगतको खोला बगाउनेछु। चारैतिरबाट शत्रुहरूले तँमाथि हमला गर्नेछन् र तेरा मानिसहरू मारिनेछन्। तब परमप्रभु म नै हुँ भनी तैँले जान्नेछस्।”
24
परमप्रभुले भन्नुभयो, “इस्राएलमाथि घृणाको व्यवहार गर्ने त्यसका चारैपट्टिका जातिहरूमध्ये कुनै पनि फेरि त्यसलाई चोट लाउने सिउँडी वा काँडाजस्तो हुनेछैन। अनि सार्वभौम परमप्रभु म नै हुँ भनी तिनीहरूले जान्नेछन्।”
25
सार्वभौम परमप्रभुले भन्नुभयो, “मैले जाति-जातिका बीचमा छरपष्ट पारेको इस्राएललाई म फर्काई ल्याउनेछु र म पवित्र छु भनी सबै जातिहरूले जान्नेछन्। इस्राएलीहरू आफ्नै देशमा बास गर्नेछन्, जुन देश मैले मेरो सेवक याकूबलाई दिएको थिएँ।
26
त्यहाँ तिनीहरू कुशलसाथ रहनेछन्, आफ्ना घरहरू बनाउनेछन् र दाखबारी लाउनेछन्। तिनीहरूलाई घृणा गर्ने छिमेकीहरूलाई म दण्ड दिनेछु र इस्राएल सुरक्षित रहनेछ। तब म परमप्रभु तिनीहरूका परमेश्वर हुँ भनी तिनीहरूले जान्नेछन्।”
← Chapter 27
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 29 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48