bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Ezekiel 21
Ezekiel 21
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 22 →
1
परमप्रभु मसित बोल्नुभयो।
2
उहाँले भन्नुभयो, “ए मरणशील मानिस, यरूशलेमको विरुद्धमा बोल्। मानिसहरूले पूजा गर्ने ठाउँहरूको विरोध गर्।
3
म परमप्रभु यसो भन्दछु कि इस्राएल देशलाई चेतावनी दे, म तेरो शत्रु भएको छु। म आफ्नो तरवार निकालेर तिमी धर्मी र दुष्ट सबैलाई मार्नेछु।
4
दक्षिणदेखि उत्तरसम्म सबैमाथि म आफ्नो तरवार चलाउनेछु।
5
म परमप्रभुले आफ्नो तरवार म्यानबाट निकालेको छु र फेरि त्यसमा हाल्नेछैन भनी सबैले जान्नेछन्।
6
“ए मरणशील मानिस, निराशाले तेरो मुटुबाट सबैले सुन्ने गरी पीडाको आवाज निकाल्।
7
किन त्यसरी आवाज गरेको भनी कसैले सोध्यो भने तिनीहरूलाई भन्नू कि आउन लागेको समाचारको कारणले गर्दा त्यस्तो आवाज गरेको हुँ। त्यो समाचार आइपुग्दा तिनीहरूका हृदय डरले थरथर हुनेछन्, हात-खुट्टा लुला हुनेछन्, साहस हराउनेछ र घुँडाहरू लगलग काम्नेछन्। त्यो समय आइपुग्यो। त्यो समय यही हो।” सार्वभौम परमप्रभु बोल्नुभएको छ।
8
परमप्रभुले मलाई भन्नुभयो,
9
“ए मरणशील मानिस, तँ अगमवाणी बोल्। म परमप्रभुले के भन्दै छु, त्यो मानिसहरूलाई सुना: “एउटा तरवार टल्काइएको छ र त्यसमा सान लगाइएको छ।
10
मार्नलाई सान लगाइएको छ, बिजुलीझैँ चम्कनलाई टल्काइएको छ। कतै पनि आनन्दको कुरा हुनेछैन किनभने मेरो प्रजाले प्रत्येक चेतावनी र दण्डलाई वास्तै गरेको छैन।
11
प्रयोग गर्न तरवार तयार गरिंदै छ, हत्याराको हातमा दिनलाई त्यो टल्काइँदै छ, त्यसमा सान लगाइँदै छ र टल्काइँदै छ,
12
ए मरणशील मानिस, विलाप गर्, मेरा प्रजा तरवारले मर्नेछन्, इस्राएलका अगुवाहरू पनि त्यही तरवारले मर्नेछन्, मेरा प्रजा साथसाथ सबै मर्नेछन्, निराशाको भारले छाती पिट्दै विलाप गर्!
13
मेरा प्रजालाई म जाँच गर्नेछु र यदि तिनीहरूले पश्चात्ताप गर्न अस्वीकार गरे भने तिनीहरूमाथि यी सबै कुराहरू आइपर्नेछ।”
14
“अब हे मरणशील मानिस, अगमवाणी बोल्। ताली बजा अनि तरवारले बारम्बार प्रहार गर्नेछ। त्यो मार्ने र अत्याउने तरवार हो। त्यो संहार गर्ने हतियार हो।
15
त्यसले मेरा प्रजालाई हतास पार्नेछ, ठोकर खुवाउनेछ। तिनीहरूका सहरलाई म एउटा तरवारले तर्साउनेछु। त्यो तरवार बिजुलीझैँ चम्कन्छ र मार्न तयार छ।
16
ए धारिलो तरवार, दायाँ-बायाँ दुवैतिर काट्। धार जता फर्काउँछस्, त्यतै काट्।
17
म पनि ताली बजाउनेछु र मेरो क्रोध मर्नेछ। म परमप्रभु बोलेको छु।”
18
परमप्रभु मसित बोल्नुभयो,
19
“ए मरणशील मानिस, दुई वटा सडकहरूको चित्र कोर्, जहाँबाट बेबिलोनको राजा तरवार लिएर आउनेछ। ती दुवै सडकहरू एउटै देशमा सुरु हुन्छन्। तिनका दोबाटोमा एउटा नाम लेख्ने खामो गाड्।
20
एकपट्टिको निशानाले राजालाई अम्मोनी सहर रब्बा जाने बाटो देखाउनेछ। अर्कोपट्टिको निशानाले यहूदाको किल्लाले घेरेको सहर यरूशलेम जाने बाटो देखाउनेछ।
21
बेबिलोनको राजा दोबाटोको नाम लेख्ने खामोछेउ आएर उभिनेछ। कुनचाहिँ बाटो जाने भनी पत्ता लगाउन त्यसले काँड हल्लाउनेछ, देवी-देवताको सल्लाह लिनेछ र बलि चढाएको पशुको कलेजो पनि जाँच गर्नेछ।
22
अब त्यसको दाहिने हातमा ‘यरूशलेम’ लेखिएको एउटा काँड पर्नेछ। त्यसले राजालाई त्यता जाने, पर्खाल भत्काउने मुढा तयार गर्ने, लडाइँको हुँकार लाउने, मूल-ढोकामा ती भत्काउने ठूल्ठूला मुढाहरू लगाउने, माटोको घेरा-मचान बनाउने र देवल लगाउने इशारा गर्दछ।
23
यरूशलेमका बासिन्दाहरूले त्यो कुरो पत्याउनेछैनन् किनभने आपसमा तिनीहरूले सन्धि गरेका थिए। तर त्यो अगमवाणीले तिनीहरूलाई तिनीहरूका पापको सम्झना गराउँछ र तिनीहरू कैदमा पर्नेछन् भनी चेतावनी दिनेछ।
24
यही कुरा म सार्वभौम परमप्रभु भन्दछु कि तिमीहरूका पाप प्रकट भएका छन्। तिमीहरू कस्ता अपराधीहरू हौ, त्यो सबैले जान्दछन्। आफ्ना हरेक काममा तिमीहरू आफ्नो पाप देखाउँदछौ। तिमीहरू दोषी ठहराइएका छौ। यसकारण म तिमीहरूलाई तिमीहरूका शत्रुका हातमा दिनेछु।
25
“ए इस्राएलको दुष्ट र अधर्मी राजा, तेरो दिन पुग्यो। अब तेरो अन्तिम दण्डको दिन आउँदै छ।
26
म सार्वभौम परमप्रभु बोलेको छु। तेरा फेटा र मुकुट फुकाल्। अब फेरि केही कुरो अघिजस्तो हुनेछैन। होचाहरू उच्च पारिनेछन्। उच्च भएकाहरू होचो बनाइनेछन्।
27
नाश हुनेछ, नाश हुनेछ! हो, म त्यस सहरलाई ध्वस्त पार्नेछु। जसलाई जबसम्म यो सहरमाथि अधिकार दिइएको छ, ऊ नआएसम्म यो सहर फेरि बनाइँदैन। ऊ आएपछि म यो उसलाई दिनेछु।
28
“ए मरणशील मानिस, अगमवाणी बोल्। म सार्वभौम परमप्रभुले के भन्दै छु, त्यो इस्राएललाई अपमान गर्ने अम्मोनीहरूलाई सुना: “नाश गर्नलाई एउटा तरवार तयारी छ, मार्नलाई त्यो टल्काइएको छ, त्यो बिजुलीझैँ चम्कँदछ।’
29
“तिमीहरूले देखेका दर्शन झूटा छन् र तिमीहरूले भनेका अगमवाणी असत्य छन्। तिमीहरू दुष्ट र खराब छौ र तिमीहरूको दिन पुग्यो। तिमीहरूको अन्तिम दण्डको दिन आइपुग्यो। तरवार तिमीहरूका गर्दनमा पर्नेछ।
30
“तिमीहरूका तरवार म्यानमा हाल! जुन ठाउँमा तिमीहरू सृष्टि भएका थियौ, जहाँ तिमीहरू जन्मेका थियौ, त्यहीं म तिमीहरूको न्याय गर्नेछु।
31
जब म मेरो क्रोध दन्केको आगोझैँ तिमीहरूमाथि खन्याउनेछु, तब तिमीहरूले त्यसको प्रकोप थाहा पाउनेछौ। अनि म तिमीहरूलाई नाश गर्न सिपालु र क्रुर मानिसहरूका हातमा सुम्पिदिनेछु।
32
तिमीहरू आगोले भस्म पारिनेछौ। तिमीहरूकै देशमा तिमीहरूको रगतको खोलो बग्नेछ र कसैले फेरि तिमीहरूको सम्झना गर्नेछैन।” म परमप्रभु बोलेको छु।
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 22 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48