bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Ezekiel 20
Ezekiel 20
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 21 →
1
हामीहरू कैदी भई देश निकालाबास भएको सातौं वर्षको पाँचौं महिनाको दशौँ दिनको कुरा हो। इस्राएलका केही अगुवाहरू मकहाँ आएर परमप्रभुको इच्छाबारे सोधपुछ गर्न मेरो सामुन्ने बसे।
2
तब परमप्रभुले मलाई भन्नुभयो,
3
“ए मरणशील मानिस, यी मानिसहरूलाई भन्। सार्वभौम परमप्रभु के भन्दै हुनुहुन्छ, तिमीहरू मेरो इच्छा जान्न आएका छौ, होइन? म जीवित परमेश्वर हुँ भन्ने स्वयम् साक्षी राखी भन्दछु कि तिमीहरूलाई मसित केही प्रश्न गर्न दिनेछैन। म सार्वभौम परमप्रभु बोलेको छु।
4
“ए मरणशील मानिस, यी मानिसहरूमाथि के तँ दण्ड-आज्ञा दिन तयार छस्? त्यसो हो भने आज्ञा गर्। तिनीहरूका पुर्खाहरूले गरेका घिनलाग्दा कामहरूबारे तिनीहरूलाई याद गराइदे।
5
म जे भन्दै छु। त्यो तिनीहरूलाई सुना। जुन दिन मैले इस्राएललाई चुनें, तिनीहरूलाई एउटा प्रतिज्ञा दिएँ। मैले तिनीहरूलाई मिश्रमा दर्शन दिएँ र भनें, ‘म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।’
6
त्यही बेला मैले तिनीहरूसित एउटा प्रतिज्ञा गरें कि म तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउनेछु र तिमीहरूको निम्ति चुनेको एउटा देशमा पुर्याउनेछु, जुन सुसम्पन्न र मलिलो भूमि भएको सर्वोत्तम देश हुनेछ।
7
तिनीहरूले प्रेम गरेका घिनलाग्दा मूर्तिहरू फ्याँकिदिन र मिश्रका झूटा देवताहरू पुजेर आफूलाई अशुद्ध नपार्न भनें किनभने म तिनीहरूका परमप्रभु परमेश्वर हुँ।
8
तिनीहरूले मेरो विरोध गरे र मेरा कुरा सुनेनन्। न त तिनीहरूले आफ्ना घिनलाग्दा मूर्तिहरू न त मिश्री देवताहरू नै त्यागे। मिश्रमा नै तिनीहरूलाई मेरो क्रोध पोखाउन सक्नेथिएँ।
9
तर मैले त्यसो गरिनँ किनभने त्यसो गर्नाले मेरै नामको बदनाम हुनेथियो किनभने तिनीहरू बसोबास गरिरहेका ठाउँका मानिसहरूका सामुन्ने नै इस्राएलीहरूलाई मिश्रबाट निकाली ल्याउनेछु भनी मैले भनेको थिएँ।
10
“यसरी मैले तिनीहरूलाई मिश्रबाट निकालेर उजाड-स्थानमा लगें।
11
मैले तिनीहरूलाई मेरा आज्ञाहरू दिएँ, मेरा नियमहरू सिकाएँ, यी कुरा पालन गर्नाले मानिसले जीवन पाउनेछ।
12
म तिनीहरूलाई पवित्र गर्ने परमप्रभु हुँ भनी जनाउन पवित्र विश्रामबारको चलन चिनोको रूपमा बनाएँ।
13
तर उजाड-स्थानमा पनि तिनीहरूले मेरो विरोध गरे। तिनीहरूले मेरा नियमहरू तोडे र मेरा आज्ञा अस्वीकार गरे, जुन-जुन पालन गर्नाले मानिसले जीवन पाउनेछ। विश्रामवारलाई तिनीहरूले पूर्णरूपले अपवित्र गरे। उजाड-स्थानमा नै म तिनीहरूलाई क्रोधको झोक देखाएर नाश गर्न तयार थिएँ।
14
तर मैले त्यसो गरिनँ किनभने त्यसो गर्नाले जुन जातिहरूले इस्राएललाई मैले मिश्रबाट निकाली ल्याएको देखेका थिए, तिनीहरूकै बीचमा मेरो नामको बदनामी हुनेथियो।
15
यसकारण मैले तिमीहरूलाई दिएको सुसम्पन्न र मलिलो भूमि भएको सर्वोत्तम देशमा पुर्याउनेछैन भनी मैले उजाड-स्थानमा नै शपथ खाएको थिएँ।
16
तिनीहरूले मूर्ति पुज्न नै औधि रुचाए, मेरा आज्ञाहरू इन्कार गरे, मेरा नियमहरू भङ्ग गरे र पवित्र विश्रामवारलाई अपवित्र गरेका हुनाले मैले त्यस्तो शपथ खाएको हुँ।
17
“तर मैले तिनीहरूलाई टिठ्याएँ र उजाड-स्थानमा नाश नगर्ने निश्चय गरें।
18
त्यसको सट्टामा तिनीहरूका युवाहरूलाई यसरी चेतावनी दिएँ कि तिमीहरूका पिता-पुर्खाले बनाएका नियमहरू नमान, तिनीहरूका रीतिथितिहरूमा नचल र ती मूर्तिहरू पुजेर आफैंलाई अपवित्र नगराओ।
19
म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। मेरा नियम र आज्ञाहरू पालन गर।
20
विश्रामवारलाई पवित्र राख र त्यो हामीहरूका बीचमा बाँधेको करारको चिनो हुनेछ र म परमप्रभु तिमीहरूका परमेश्वर हुँ भनी तिमीहरूलाई सम्झना गराउनेछ।
21
“तर त्यस पुस्ताले पनि मेरो विरोध गर्यो। तिनीहरूले मेरा नियमहरू तोडे र मेरा आज्ञाहरू मानेनन्, जुन पालन गर्नाले मानिसले जीवन पाउँदछ। तिनीहरूले विश्रामवारलाई अपवित्र पारे। त्यहीं उजाड-स्थानमा नै तिनीहरूलाई मेरो क्रोधको पूरा झोक देखाएर मार्न तयार थिएँ।
22
तर मैले त्यसो गरिनँ किनभने त्यसो गर्नाले जुन जातिहरूले इस्राएलीहरूलाई मैले मिश्रबाट निकाली ल्याएको देखेका थिए, तिनीहरूकै बीचमा मेरो नामको बदनाम हुनेथियो।
23
यसकारण उजाड-स्थानमा मैले अर्को एउटा प्रतिज्ञा गरें। मैले तिनीहरूलाई सारा संसारमा छरपस्ट पार्ने निश्चय गरें।
24
तिनीहरूले मेरा आज्ञाहरू इन्कार गरेर मेरा नियमहरू भङ्ग गरी विश्रामवारलाई अपवित्र गरेका हुनाले र तिनीहरूका पिता-पुर्खाले मान्दैआएका मूर्तिहरू नै पुजेका हुनाले मैले त्यस्तो निश्चय गरें।
25
“त्यसपछि मैले तिनीहरूलाई अनुचित नियमहरू र जीवन नदिने आज्ञाहरू दिएँ।
26
मैले तिनीहरूलाई आफ्ना बलिदानहरूले आफैंलाई अपवित्र गराउन दिएँ। तिनीहरूलाई आफ्ना जेठा छोराहरू बलिदान चढाउन दिएँ। तिनीहरूलाई दण्ड दिन र परमप्रभु म नै हुँ भनी जनाउन मैले त्यसो गरें।
27
“अब ए मरणशील मानिस, म सार्वभौम परमप्रभु यी इस्राएलीहरूलाई के भन्दै छु, सो सुनाइदे। तिनीहरूका पिता-पुर्खाहरूले मलाई त्यागेर मेरो अपमान गरे।
28
मैले तिनीहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको देशमा तिनीहरूलाई ल्याएँ। जब तिनीहरूले अग्ला-अग्ला डाँडा र हरिया रूखपातहरू देखे, ती सबै ठाउँमा तिनीहरूले बलिदान चढाए। तिनीहरूले धूप-बत्ती र मद्यबलि चढाएर मेरो क्रोध जगाए।
29
मैले तिमीहरू जाने गरेका यी अग्ला डाँडाहरू के हुन् भनी तिनीहरूलाई सोधें। त्यस दिनदेखि यसो ती डाँडाहरूलाई ‘अग्ला पूजा-स्थलहरू’ भनिन्छ।
30
अब इस्राएलीहरूलाई म सार्वभौम परमप्रभु के भन्दै छु, सो सुनाइदे। तिमीहरू किन आफ्ना पिता-पुर्खाले गरेका पाप दोहोर्याएर घिनलाग्दा मूर्तिहरूको पछि दगुर्छौ?
31
आज पनि तिमीहरू त्यस्तै दानहरू चढाउँदछौ र ती मूर्तिहरूलाई नै बलि चढाउँदै आफ्ना छोराहरू आगोमा जलाउँदछौ र आफैंलाई अपवित्र पार्दछौ। त्यसपछि पनि के तिमी इस्राएलीहरूलाई अझै मेरो इच्छा सोध्न मकहाँ आउन दिऊँ? म सार्वभौम परमप्रभु जीवित परमेश्वर छु भन्ने स्वयम् साक्षी राखी भन्दछु कि तिमीहरूलाई मसित केही प्रश्न गर्न दिनेछैन।
32
हामी अरू जातिहरू अथवा पराई देशमा बस्ने अनि रूख र चट्टानहरूको पूजा गर्ने मानिसहरूझैँ हुनेछौं भनी तिमीहरूले आफ्ना मनमा पक्का गरिसकेका छौ। तर त्यसो कहिल्यै हुनेछैन।
33
“म सार्वभौम परमप्रभु जीवित परमेश्वर भन्ने स्वयम् साक्षी राखी भन्दछु कि आफ्नो क्रोधमा म तिमीहरूमाथि बलियो हातले पूरा शक्ति लगाएर राज्य गर्नेछु।
34
जब तिमीहरू छरपस्ट भएर गएका देशहरूबाट म तिमीहरूलाई बटुलेर फर्काई ल्याउनेछु, तब मेरो क्रोध र शक्ति तिमीहरूलाई देखाउनेछु।
35
म तिमीहरूलाई ‘जाति-जातिको मरुभूमिमा’ ल्याउनेछु र त्यहाँ तिमीहरूकै सामुन्ने तिमीहरूलाई दण्डको आज्ञा दिनेछु।
36
जसरी सीनैका उजाड-स्थानमा मैले तिमीहरूका पिता-पुर्खालाई दण्डाज्ञा दिएथें, त्यसरी नै अब म तिमीहरूलाई दण्डाज्ञा दिनेछु” सार्वभौम परमप्रभु यसो भन्नुहुन्छ,
37
“म तिमीहरूलाई मेरो छडी मुनी हिंडाउनेछु र मसितको करार पालन गर्न लाउनेछु।
38
म तिमीहरूका बीचबाट पापी र विद्रोहीहरूलाई छुट्ट्याउनेछु। अहिले बास गरेका देशहरूबाट म तिनीहरूलाई निकाल्नेछु तर इस्राएल देशमा पस्न भने दिनेछैनँ। त्यसपछि तिमीहरूले जान्नेछौ कि म नै परमप्रभु हुँ।”
39
सार्वभौम परमप्रभुले भन्नुभयो, “अब हे सबै इस्राएलीहरू हो, तिमीहरूले आफ्नो खुसी गर! जाओ, आ-आफ्ना मूर्तिहरूको पूजा गर! तर म तिमीहरूलाई यो चेतावनी दिंदछु कि अब उसो तिमीहरूले मेरा कुरा मान्नुपर्छ र ती मूर्तिहरूलाई भेटी चढाई मेरो पवित्र नामको अनादर गर्न बन्द गर्नुपर्छ।
40
त्यस देशमा, मेरो पवित्र डाँडामा, इस्राएलको उच्च डाँडामा, तिमी इस्राएलका मानिसहरू सबैले मलाई पुज्नेछौ। म तिमीहरूसित प्रसन्न हुनेछु अनि तिमीहरूले आफ्ना बलिदानहरू, सबैभन्दा उत्तम भेटी तथा पवित्र दानहरू मकहाँ ल्याउनेछौ भन्ने म चाहनेछु।
41
तिमीहरू छरपस्ट भई बसोबास गरेका देशहरूबाट बटुली निकालेर ल्याएपछि म तिमीहरूका होमबलिहरू ग्रहण गर्नेछु र जाति-जातिहरूले म पवित्र छु भनी जान्नेछन्।
42
तिमीहरूका पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको इस्राएल देशमा जब म तिमीहरूलाई फर्काई ल्याउनेछु, तब तिमीहरू जान्नेछौ कि परमप्रभु म नै हुँ।
43
त्यस बेला तिमीहरूले आफूले गरेका लाजमर्दा कुरा र आफैंलाई अपवित्र गरेका कुराहरू सम्झनेछौ। आफूले गरेका सबै दुष्ट कामहरूको कारणले तिमीहरूले आफैंलाई घृणा गर्नेछौ।
44
जब म आफ्नो सम्मानको सुरक्षा गर्ने काम गर्छु, तिमी इस्राएलीहरूले जान्नेछौ कि म परमप्रभु हुँ किनभने म तिमीहरूका दुष्ट र खराब कामअनुसार उचित व्यवहार तिमीहरूसित गर्नेछैनँ।” यसरी सार्वभौम परमप्रभु बोल्नुभएको छ।
45
परमप्रभु मसित बोल्नुभयो,
46
“ए मरणशील मानिस, दक्षिण दिशातिर हेर्। दक्षिण देशका विरुद्धमा बोल् र दक्षिणको जङ्गलबारे अगमवाणी गर्।
47
सार्वभौम परमप्रभु के भन्नुहुन्छ, त्यो दक्षिणको जङ्गललाई सुना। हेर्! म आगो लाउनेछु र तिमीहरूमा भएका सुखा-काँचा सबै रूखहरू भस्म पार्नेछु। कुनै कुरोले त्यो आगो निभाउन सक्नेछैन। त्यो दक्षिणबाट सल्केर उत्तरतिर जानेछ र त्यसको ज्वालाको राप प्रत्येकले थाहा गर्नेछ।
48
सबैले देख्नेछन् कि आगो सल्काउने म परमप्रभु हुँ, त्यो कसैले निभाउन सक्नेछैन।”
49
तर मैले भनें, “ओहो, सार्वभौम परमप्रभु, सबैले मेरो बारेमा यसो भन्न लागेका छन् कि ‘के यसले उखानहरूमा मात्र बोलिरहेको त होइन’?”
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 21 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48