bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Ezekiel 26
Ezekiel 26
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 25
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 27 →
1
हामी कैदमा लगिएको एघारौं वर्षको कुनै महिनाको पहिलो दिन परमप्रभु मसित बोल्नुभयो।
2
उहाँले भन्नुभयो, “ए मरणशील मानिस, टुरोस सहरका मानिसहरूले यो कुरो लिएर खुसीको सोर उचाल्दै छन्। तिनीहरूले यसो भन्दछन्, ‘यरूशलेम ध्वस्त भएको छ। त्यसले व्यापार गर्ने शक्ति अब हराएको छ! त्यो अब हामीसँग दाँजिन सक्नेछैन!’
3
“अब म, सार्वभौम परमप्रभु यसो भन्दै छु, हे टुरोस सहर, म तेरो शत्रु हुँ। धेरै जातिहरूलाई म तेरो विरुद्धमा ल्याउनेछु। तिनीहरू तँमाथि समुद्रको छालझैँ आउनेछन्।
4
तिनीहरूले तिमीहरूका सहरका पर्खालहरू नाश पार्नेछन् र तिमीहरूका धरहराहरू ढालिदिनेछन्। त्यसपछि म त्यहाँबाट सम्पूर्ण धुलो उडाइदिनेछु र त्यसलाई एउटा नाङ्गो चट्टान बनाई छोडिदिनेछु।
5
त्यहाँ समुद्रमा त्यो खडा रहेको ठाउँमा जलाहारीहरूले आफ्ना जाल सुकाउनेछन्। म सार्वभौम परमप्रभु बोलेको छु। जाति-जातिहरूले टुरोसलाई लुट्नेछन्
6
र देशभित्र सहर-सहरमा बसोबास गर्ने मानिसहरूलाई तरवारले मार्नेछन्। तब टुरोसले जान्नेछ कि परमप्रभु म नै हुँ।”
7
सार्वभौम परमप्रभु भन्नुहुन्छ, “सबैभन्दा ठूला राजा बेबिलोनको राजा नबूकदनेसरलाई म टुरोसमाथि हमला गर्न लाउनेछु। त्यो उत्तर दिशाबाट एउटा ठूलो सेना लिई घोडाहरू, रथहरू र घोडचढी-सैनिकहरूसहित आउनेछ।
8
देशभित्रका सहर-सहरका बासिन्दाहरू लडाइँमा मारिनेछन्। शत्रुले पर्खाल र माटाका घेरा-मचानहरू बनाई ढालहरूको छानो सबै तेरा विरुद्धमा खडा गर्नेछन्।
9
तिनीहरूले पर्खाल भत्काउने मुढाहरूले तिमीहरूका पर्खालहरूलाई प्रहार गर्नेछन् र तिमीहरूका धरहराहरू फलामका डन्डाहरूले ढालिनेछन्।
10
तिनीहरूका घोडाका टापले उडाएका धुलै-धुलोले तँलाई ढाक्नेछ। तिनीहरूका घोडाले तानेका गाडा र रथहरूका आवाजले तिमीहरूका सहरको पर्खाल थर्किनेछ। ध्वस्त भएको सहरका मूल-ढोकाहरूबाट भएर ती घोडाहरू, गाडाहरू र रथहरू जाँदा उठेको आवाजले पर्खालहरू थर्किनेछ।
11
तिनीहरूका घोडचढी सैनिकहरूले सडकहरू कुल्ची-मिल्ची पार्नेछन् र आफ्ना तरवारले तिमीहरूका मानिसहरूको संहार गर्नेछन्। तिमीहरूका बलिया-बलिया खामाहरू जमिनमा ढालिनेछन्।
12
तिमीहरूका शत्रुहरूले तिमीहरूका धन-सम्पत्ति र सामानहरू खोसिलिनेछन्। तिनीहरूले तिमीहरूका सुन्दर घरहरू भत्काइदिनेछन् र भित्ताहरू ढालिदिनेछन्। तिमीहरूका ढुङ्गा-माटो, काठ-पात र रोडा उठाएर समुद्रमा फालिदिनेछन्।
13
म तिमीहरूका सबै गीतहरू र वीणाका धुनहरू बन्द गरिदिनेछु।
14
म खालि एउटा नाङ्गो चट्टान छोडिदिनेछु, जसमाथि जलाहारीहरूले आफ्ना जाल सुकाउनेछन्। त्यो सहर फेरि बनिनेछैन। म, सार्वभौम परमप्रभु बोलेको छु।”
15
सार्वभौम परमप्रभुले टुरोस सहरलाई यसो भन्नुभएको छ, “शत्रुले तँमाथि विजय गर्दा मारिन लागेका मानिसहरू चिच्च्याएका सुनेर समुद्रका किनारका बासिन्दाहरू डरले थरथर काम्नेछन्।
16
समुद्रमा यात्रा गर्ने जातिहरूका राजाहरू आ-आफ्ना सिंहासनबाट उत्रनेछन् र आ-आफ्ना लबेदा र बेलबुट्टे वस्त्रहरू फुकाई लगलग काम्दै जमिनमा बस्नेछन्। तिनीहरू आफ्ना दशामा यति भयभीत हुनेछन् कि तिनीहरूको लुगलुगी बन्द हुनेछैन।
17
तिनीहरूले तिमीहरूका विषयमा यो विलापको गीत गाउनेछन्: “त्यो प्रशिद्ध सहर नष्ट भएको छ! त्यसका पानी-जहाजहरू समुद्रमा हराएका छन्। यस सहरका बासिन्दाहरूले समुद्रहरूमा पनि अधिकार गर्थे र समुद्रका किनारमा बस्नेहरू सबैलाई थर्कमान तुल्याउँथे।
18
अब त्यसको पतनको दिनमा समुद्र-किनारका देशहरू काम्छन् र तिनीहरूका मानिसहरू यस्तो पतन भएको देखेर त्रासमा परेका छन्।”
19
सार्वभौम परमप्रभु भन्नुहुन्छ, “म तँलाई निर्जन र ध्वस्त सहरझैँ उजाड पार्नेछु। गहिरो सागरको पानीले म तँलाई डुबाउनेछु।
20
प्राचीनकालका मानिसहरूसित बास गर्न म तँलाई मृत्यु-लोकमा पठाउनेछु। म तँलाई पृथ्वीको गर्भमा अनन्तकालको निम्ति ध्वस्त भएको ठाउँमा बास गर्न लाउनेछु, जहाँ तेरो साथमा मुर्दाहरू बास गर्नेछन्। फलस्वरूप तँ सदा निर्जन रहनेछस् र जीवित प्राणीहरूका बीच तैँले फेरि ठाउँ पाउनेछैनस्।
21
म तँलाई एउटा डरलाग्दो उदाहरण बनाउनेछु र तेरो त्यहीं अन्त हुनेछ। मानिसहरूले तँलाई खोज्नेछन् तर कहिल्यै भेट्टाउनेछैनन्।” सार्वभौम परमप्रभु बोल्नुभएको छ।
← Chapter 25
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 27 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48