bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Ezekiel 27
Ezekiel 27
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 26
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 28 →
1
परमप्रभुले मलाई भन्नुभयो,
2
“ए मरणशील मानिस, टुरोसको निम्ति एउटा विलापको गीत गा।
3
त्यो सहर समुद्रको किनारमा बसेको छ, समुद्रको किनारमा भएका हरेक जातिसित त्यसले व्यापार-धन्दा गर्दछ। सार्वभौम परमप्रभु के भन्दै हुनुहुन्छ, त्यो त्यसलाई सुना: “ए टुरोस, तैँले त भन्थिस् म अति सुन्दरी छु।”
4
तेरो घर समुद्रमा नै थियो। तँलाई निर्माण गर्नेहरूले तँलाई सर्वाङ्ग सुन्दरी बनाए।
5
तिनीहरूले तेरा सबै काठपातहरू हेर्मोन डाँडाका सल्लाका काठहरूबाट बनाए। तिनीहरूले तेरा लागि मस्तुल बनाउनलाई लेबनानको देवदार लिए।
6
तेरा बहनाहरू तिनीहरूले बाशानका फलाँटको काठबाट बनाए। साइप्रसका समुद्र-किनारहरूबाट ल्याएका धूपीका काठले तिनीहरूले जहाजको तला बनाए र त्यसलाई हस्ती-हाडले मोहोरे।
7
तेरो जहाजको पाल मिश्रदेशको बेल-बुट्टाले भरेको मिहिन सुती कपडाको थियो। त्यो टाढैबाट सजिलै चिन्न सकिन्थ्यो। साइप्रसबाट नै बैजनी कपडा ल्याए, तेरा चँदुवा सर्वोत्तम कपडाबाट नै बनिए।
8
सीदोन र अर्वादका मानिसहरू तेरा बहना चलाउनेहरू थिए। हे टुरोस, तेरा निपूण मानिसहरू तेरा नाविकहरू थिए।
9
गबालका अनुभवी कारिगरहरू तँसित जहाजमा थिए। तेरा मालसामानहरू व्यापार गर्न समुद्रका सबै जहाज र तिनका नाविकहरू तँकहाँ आउँथे।
10
“तेरा सेनामा फारस, लिडिया र लिव्या देशका सैनिकहरू थिए। तेरा छाउनीमा तिनीहरूका आफ्ना ढाल र फलामे टोप झुन्ड्याउँथे। ती मानिसहरूले तेरो गौरव बढाउँदथे।
11
अर्वादबाट आएका सिपाहीहरूले तेरा पर्खालहरूको रखवाली गर्थे र गमादका सिपाहीहरूले तेरा किल्लाहरूको पहरा गर्थे। तिनीहरूले आ-आफ्ना ढाल तेरा पर्खालहरूमा टाँग्दथे। ती मानिसहरूले तेरै सुन्दरता बढाउँथे।
12
“तैँले स्पेन देशसित व्यापार गर्थिस् र तेरा प्रशस्त चीज-बीजका मोलमा चाँदी, फलाम, टिन र सिसाहरू लिन्थिस्।
13
ग्रीस, तूबल र मेशेकमा तँ व्यापार गर्थिस् र आफ्ना माल-सामानसित कमारा-कमारी र काँसाका भाँडाहरू साट्थिस्।
14
तैँले आफ्ना माल-सामानसित बेथ-तोगर्माका भारी बोक्ने घोडाहरू, जङ्गी घोडाहरू र खच्चरहरू सट्टा-पट्टा गर्थिस्।
15
रोडसका मानिसहरूले तँसित व्यापार गर्थे। समुद्र किनारका धेरै देशका बासिन्दाहरूले तेरा मालसामानहरू लिएर तँलाई हस्ती-हाड र अब्नुस काठ दिन्थे।
16
अरामीहरूले तेरा धेरै-धेरै माल-सामानहरू किन्थे र दामको रूपमा तँलाई पन्ना, बैजनी कपडा, बुट्टेदार कपडा, मिहिन सुती कपडा, मुगा र लालमणिहरू दिन्थे।
17
तेरा माल-सामानका सट्टामा यहूदा र इस्राएलले गहुँ, मह, जैतुनको तेल र मसलाहरू दिंदथे।
18
[18-19] दमस्कसका मानिसहरूले हेलबोनको दाखमद्य र जाहारको ऊनको दाम तिरेर तेरा माल-सामानहरू किन्थे। तिनीहरूले पिटेका फलाम र मसलाहरूसित तेरा सामान साट्दथे।
20
ददानका मानिसहरूले घोडाका काठीमुनि बिछ्याउने वस्त्र दिई माल-सामान लिन्थे।
21
अरबीहरू केदारका राजाहरूले तेरा माल-समानका सट्टामा थुमाहरू, भेडाहरू र बाख्राहरू दिन्थे।
22
शेबा र रामाहका व्यापारीहरूले तँसित माल लिएर तँलाई बहुमूल्य रत्न, सुन र असल-असल मसलाहरू दिन्थे।
23
हारान, कन्नेह, अदन, अश्शूर र किल्मद सहरहरू अनि शेबाका व्यापारीहरू सबैले तँसित व्यापार-धन्दा चलाउँथे।
24
तिनीहरूले तँलाई सुन्दर पोशाक, बैजनी कपडा, बुट्टादार वस्त्र, रङ्गी-बिरङ्गी गलैँचाहरू र राम्ररी बाटेका डोरी र लठारोहरू बेच्दथे।
25
तर्शीशका ठूल्ठूला जहाजहरू तेरा सामानहरू बोकेर व्यापार गर्न एकसाथ समुद्र यात्रामा जान्थे। “गह्रौं मालले लादेको समुद्रको पानीजहाजझैँ तँ थिइस्।
26
जब तेरा नाविकहरूले तँलाई समुद्रबीचमा ल्याए, तब पूर्वीय बतासले तँलाई समुद्रबीचमा नै ध्वंस पार्नेछ।
27
तेरा धन-सम्पत्ति, तेरा व्यापारका सामान, तेरा सबै माझीहरू र नाविकहरू, जहाजका सबै योद्धाहरू समुद्रमा नै डुब्नेछन्।
28
डुब्दैगरेका नाविकहरूको चीत्कारले सारा समुद्र किनार नै थर्क्यो।
29
“प्रत्येक जहाज अब रित्तो भएको छ, प्रत्येक नाविक समुद्रको किनारमा उभिएको छ।
30
तिनीहरू सबै तेरो लागि विलाप गरेर धुरुधुरु रुन्छन्, तिनीहरूले आफ्नो टाउकोमा धूलो छर्छन् र खरानीमा लडीबडी गर्छन्।
31
तेरो लागि तिनीहरूले आफ्नो कपाल खौरन्छन्। भाङ्ग्राका लुगा लाउँछन्। मनमा पीर लिएर तिनीहरू धुरुधुरु रुन्छन्।
32
तिनीहरूले विलाप गरेर तेरो विषयमा यस्तो गीत बनाएर गाउनेछन्, टुरोस अब समुद्रको बीचमा चुपचाप बसेको छ, त्यसलाई कुन सहरसित तुलना गर्ने?
33
जब समुद्रपार तेरा व्यापारका माल-सामानहरू जान्थे, तब तैँले हरेक जातिलाई सन्तुष्ट गराउँथिस्, तेरा धन-सम्पत्ति र माल-सामानहरूले राजाहरू धनी भए।
34
अब तँ समुद्रबीच विनाश भएको छस्, महासमुद्रमुनि डुबेको छस्। तेरा व्यापारका सामानहरू र काम गर्ने सबै मानिसहरू समुद्रभित्र तँसँगै लोप भएका छन्।’
35
“समुद्रका किनारमा बास गर्ने सबै मानिसहरू तेरो दशा देखेर भयभीत भएका छन्। तिनीहरूका राजाहरू पनि भयभीत भएका छन् र तिनीहरूका अनुहारमा नै डर छाएको छ।
36
तँ खतम भइस्, सधैँको निम्ति तँ शेष भइस् र सारा संसारका व्यापारीहरू भयभीत भएका छन्। तेरै जस्तो दशा हाम्रो पनि होला भन्ने तिनीहरूलाई डर छ।”
← Chapter 26
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 28 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48