bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Ezekiel 22
Ezekiel 22
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 23 →
1
परमप्रभु मसित बोल्नुभयो।
2
उहाँले भन्नुभयो, “ए मरणशील मानिस, के हत्याराहरूले भरिएका यो सहरको न्याय गर्न तँ तयार छस्? त्यसले गरेका घिनलाग्दा कुराहरू त्यसलाई प्रष्टसँग देखाइदे।
3
म सार्वभौम परमप्रभुले त्यस सहरलाई के भन्दै छु, त्यसलाई सुनाइदे। तैँले आफ्नै धेरै मानिसहरूको हत्या गरेको र मूर्तिहरूको पूजा गरी आफैंलाई अपवित्र गरेको हुनाले तेरो दिन आइपुग्दैछ।
4
ती हत्याहरूको दोष तैंमाथि छ र आफ्ना हातले बनाएका मूर्तिहरूद्वारा तँ अपवित्र भएको छस्। यसैकारण तेरो समय सकियो, तेरो दिन आइपुग्दैछ। यसैकारण म तँलाई जाति-जातिहरूको गिल्लाको पात्र बनाउनेछु र सबै देशहरूले तेरो हाँसो उडाउनेछन्।
5
नियम नमान्ने तेरो चालाले गर्दा नजिक र टाढाका सबै देशहरूले तेरो गिल्ला गर्दछन्।
6
इस्राएलका सबै अगुवाहरूले आफ्नो बलमा भरोसा राख्दछन् र हत्या गर्दछन्।
7
यो सहरमा आफ्ना आमा-बुबाको मान-मनितो गर्ने कोही पनि छैन। तिमीहरूले विदेशीहरूलाई अत्याचार गर्दछौ अनि विधवा र टुहुरा-टुहुरीबाट अनुचित फाइदा उठाउँदछौ।
8
तिमीहरू पवित्र थोकहरू तुच्छ ठान्दछौ र पवित्र विश्रामवार पनि मान्दैनौ।
9
तिमीहरूमध्ये कतिले अरू मानिसहरू मार्न झूटो दोष लाउँछौ। कतिले मूर्तिलाई चढाएका प्रसाद खान्छन् र अरू कतिले आफ्ना कुइच्छाहरू सधैँ नै पूरा गरिरहन्छन्।
10
कति यस्ता पनि छन्, जो आफ्ना बुबाकी स्वास्नीसँग सुत्छन् र कतिले चाहिँ मासिक-धर्म हुँदैगरेकी स्त्रीलाई आफूसित सुत्न जबरजस्ती गर्छन्।
11
कतिले व्यभिचार गर्छन् र कतिले आफ्नी बुहारी वा सौतेनी दिदी-बहिनीको चरित्र भ्रष्ट पार्छन्।
12
तिमीहरूमध्ये कति जनाले घुस लिएर मानिसहरू मार्छन्, कति जना आफ्ना इस्राएली बन्धुहरूबाट ब्याज लिएर ऋण दिन्छन् र त्यसरी अनुचित लाभ उठाई आफैं धनी हुन्छन्। तिनीहरूले मलाई भुलिसकेका छन्,” सार्वभौम परमप्रभु यसो भन्नुहुन्छ।
13
“तिमीहरूका चोरी र हत्याको विरुद्धमा म हात उठाउनेछु।
14
जुन दिन म तिमीहरूको न्याय गरिसकूँला, त्यो दिन के तिमीहरूसित आफ्नो हातसम्म उठाउने बल वा साहस रहला भनी तिमीहरू सोच्छौ? म परमप्रभु बोलेको छु र म आफ्नो वचन पूरा गरिछोड्नेछु।
15
तिमीहरूका मानिसहरूलाई देश-देश र जाति-जातिका बीच छरपस्ट पारिदिनेछु र तिमीहरूका दुष्ट कामहरू अन्त गरिदिनेछु।
16
यसकारण अन्यजातिहरूले तिमीहरूको अपमान गर्नेछन्, तब तिमीहरूले चाहिँ परमप्रभु म नै हुँ भनी जान्नेछौ।”
17
परमप्रभुले मलाई भन्नुभयो,
18
“ए मरणशील मानिस, इस्राएलीहरू मेरो निम्ति बेकामका भएका छन्। भट्टीमा चाँदी गालेपछि छोडिएका तामा, टिन, फलाम र सिसाका कसरझैँ तिनीहरू भएका छन्।
19
यसकारण अब म सार्वभौम परमप्रभु तिमीहरूलाई भन्दछु कि तिमीहरू त्यस्तै बेकामका भएका छौ। म तिमीहरूलाई यरूशलेममा त्यसरी एकसाथ जम्मा गर्नेछु,
20
जसरी खानीबाट निकालेका चाँदी, तामा, फलाम, सिसा र टिनका धातुहरू भट्टीमा हालिन्छन्। ती धातुहरूलाई आगोले गालेझैँ मेरो क्रोधले तिमीहरूलाई गाल्नेछ।
21
हो, म तिमीहरूलाई यरूशलेममा जम्मा गर्नेछु र मुनिपट्टिबाट आगो सल्काएर मेरो क्रोधले तिमीहरूलाई गाल्नेछ।
22
भट्टीमा चाँदी गालेझैँ म तिमीहरूलाई यरूशलेममा गाल्नेछु। तब हामीहरूमाथि परमप्रभुको क्रोध खनिएको छ भनी तिमीहरूले जान्नेछौ।”
23
परमप्रभु फेरि मसित बोल्नुभयो।
24
उहाँले भन्नुभयो, “ए मरणशील मानिस, इस्राएलीहरूलाई भन् कि तिनीहरूको देश अपवित्र छ र मैले मेरो क्रोधमा त्यसलाई दण्ड दिंदै छु।
25
आफूले मारेका पशुमाथि गर्जने सिंहझैँ इस्राएलका अगुवाहरू भएका छन्। तिनीहरूले मानिसहरू मार्छन्, सकेसम्म धन र सम्पत्ति बटुल्छन् अनि हत्या गरेर धेरै स्त्रीहरूलाई विधवा बनाउँछन्।
26
पूजाहारीहरूले मेरा नियमहरू भङ्ग गर्छन् र पवित्र कुरालाई आदर गर्दैनन्। तिनीहरूले पवित्र र अपवित्र कुराहरूको भेदभाव राख्दैनन्। शुद्ध र अशुद्ध कुराको भिन्नता तिनीहरूले कसैलाई सिकाउँदैनन् र पवित्र विश्राम-दिन पालन गर्दैनन्। यसकारण इस्राएलका मानिसहरूले मलाई आदर गर्दैनन्।
27
देशका अधिकारीहरू आफूले मारेका पशुहरू चिथोरेर च्यात-चुत पार्ने ब्वाँसाहरूझैँ भएका छन्। आफू धनी बन्नलाई तिनीहरूले अर्काको हत्या गर्छन्।
28
मानिसहरूले एउटा भित्ता चुन पोतेर राम्रो पारेझैँ अगमवक्ताहरूले यी पापहरूलाई ढाकेका छन्। तिनीहरूले झूटा दर्शनहरू देख्छन् र झूटा अगमवाणी बोल्दछन्। हामीले सार्वभौम परमप्रभुका वचन भन्दै छौं भनी तिनीहरूले दाबी त गर्छन् तर म परमप्रभु तिनीहरूसित बोलेकै छैनँ।
29
देशका मानिसहरूले ठग्छन् र चोर्छन्। तिनीहरूले गरीब असहायहरूमाथि अत्याचार गर्छन् र परदेशीहरूबाट अनुचित फाइदा उठाई अन्याय गर्छन्।
30
मैले यो देश ध्वंस गर्नुनपरोस् भनी पर्खाल खडा गर्ने र पर्खाल भत्किएको खाली ठाउँमा देशको निम्ति मेरो सामुन्ने खडा हुने एक जना मानिसको खोजी गरें। तर कोही पनि पाइनँ।
31
यसकारण म तिनीहरूमाथि आफ्नो क्रोध पोखाउनेछु र तिनीहरूका कामको निम्ति तिनीहरूलाई आगोले झैँ भस्म पार्नेछु।” सार्वभौम परमप्रभु बोल्नुभएको छ।
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 23 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48