bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Judges 1
Judges 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 2 →
1
यहोशूको मृत्यु भएपछि इस्राएलीहरूले परमप्रभुलाई सोधे, “हाम्रा कुनचाहिँ कुलले गएर पहिले कनानीहरूमाथि आक्रमण गर्नुपर्ने हो?
2
परमप्रभुले उत्तर दिनुभयो ‘पहिले यहूदाको कुलले आक्रमण गरोस्। म त्यो देश तिनीहरूका हातमा पारिदिनेछु।”
3
यहूदा वंशकाहरूले शिमियोनवंशीहरूलाई भने, “हाम्रा भागमा परेका इलाकामा तिमीहरू हामीसित आओ र हामी एकसाथ मिलेर कनानीहरूसँग लडाइँ गरौं। त्यसपछि तिमीहरूका भागमा परेका इलाकामा पनि हामी तिमीहरूसित जाऔंला।” यसरी शिमियोन
4
र यहूदा वंशका मानिसहरू एकसाथ लडाइँ गर्न गए। परमप्रभुले तिनीहरूलाई कनानी र परिज्जीहरूमाथि विजय दिनुभयो र बेजेक भन्ने ठाउँमा तिनीहरूले दश हजार मानिसहरूलाई हराए।
5
त्यहाँ तिनीहरूले अदोनी-बेजेकलाई भेटे र ऊसँग लडाइँ गरे।
6
ऊ भाग्यो तर पछिपछि खेदेर तिनीहरूले उसलाई पक्रे। उसका हात र खुट्टाका बुढी औँलाहरू काटिदिए।
7
अदोनी-बेजेकले भन्यो, “हात र खुट्टाका बुढी-औँलाहरू काटिएका सत्तरी जना राजाहरू मेरा टेबिलमुनि खानाका टुक्रा-टाक्री टिपी खान्थे। मैले तिनीहरूलाई जसो गरेको थिएँ, परमेश्वरले मसँग त्यसै गर्नुभएको छ।” उसलाई यरूशलेम लगे र त्यहाँ ऊ मर्यो।
8
यहूदाका मानिसहरूले यरूशलेममाथि हमला गरेर कब्जा गरे। त्यहाँका मानिसहरूलाई मारी तिनीहरूले सहरमा आगो लगाइदिए।
9
त्यसपछि पहाडी देशमा, नेगेवमा र दक्षिण तराईको सुक्खा प्रान्तमा बस्ने कनानीहरूमाथि तिनीहरूले आक्रमण गरे।
10
हेब्रोन सहरमा बास गर्ने कनानीहरूमाथि तिनीहरूले आक्रमण गरे। त्यस बेला हेब्रोनलाई किर्यत-अर्बा भनिन्थ्यो। त्यहाँ तिनीहरूले शेशै, अहीमन र तल्मैका कुललाई हराए।
11
त्यसपछि यहूदाका मानिसहरूले दबीर सहरमाथिहरू आक्रमण गरे। त्यस समय दबीरलाई किर्यत-सेपेर भनिन्थ्यो।
12
तीमध्ये कालेब नाम गरेको एक जनाले भने, “जुन मानिसले किर्यत-सेपेर कब्जा गर्छ, उसैलाई म मेरी छोरी अक्सालाई विवाह गर्न दिनेछु।”
13
कालेबको भाइ कनजको छोरा ओत्निएलले सो सहर कब्जा गरे र कालेबले उसलाई आफ्नी छोरी अक्सासँग विवाह गर्न दिए।
14
विवाहको दिनमा ओत्निएलले अक्सालाई आफ्ना बुबासँग जमिन माग्न लाए। तिनी आफू चढेको गधाबाट उत्रिन्। बुबाले चाहिँ तिनलाई “अब के चाहियो?” भनी सोधे।
15
तिनले भनिन्, “तपाईंले मलाई सुक्खा मुलुक दिनुभएको नेगेवमा मलाई केही पानीका मुहानहरू चाहिन्छ।” कालेबले तिनलाई माथिल्लो र तल्लो पानीका मुहानहरू दिए।
16
यरीहोदेखि यहूदावंशीहरूसँग मोशाका ससुराका शाखा सन्तान केनीहरू आरादको दक्षिणतर्फ यहूदाको उजाड-भूमिमा गए। यरीहोलाई खजूरका रूखहरूको सहर भनिन्थ्यो। तिनीहरू यहूदामा अमालेकीहरूका बीच बास गर्न थाले।
17
यहूदावंशी र शिमियोनवंशीहरू मिलेर गई सपत सहरमा बस्ने कनानीहरूलाई जिते। तिनीहरूले त्यस सहरलाई सरापे र भस्म गरे र त्यसको नाम होर्मा राखे।
18
[18-19] परमप्रभुले यहूदाका मानिसहरूलाई मद्दत गर्नुभयो र तिनीहरूले पहाडी देश अधिकार गरे। तर गाजा, अश्कलोन, एक्रोन र तिनका वरिपरिका ठाउँ भने तिनीहरूले कब्जा गरेनन्। यी मानिसहरू समुद्रका किनारमा बास गर्थे र तिनका फलामका रथहरू थिए। यसकारण यहूदी मानिसहरूले तिनीहरूलाई धपाउनै सकेनन्।
20
मोशाले आज्ञा गरेअनुसार कालेबले हेब्रोन पाए। सो सहरदेखि अनाकका तीन कुललाई कालेबले धपाए।
21
बेन्यामीनी कुलका मानिसहरूले यरूशलेममा बस्ने यबूसीहरूलाई धपाएनन्। यसैले यरूशलेममा आजसम्म यबूसीहरू बेन्यामीनीहरूसँग बसेका छन्।
22
[22-23] एफ्राइम र मनश्शे कुलहरूले बेथेल सहरमाथि आक्रमण गरे। त्यस समय बेथेललाई लूज भनिन्थ्यो। परमप्रभुले तिनीहरूलाई मद्दत गर्नुभयो। तिनीहरूले सहरमा जासूसहरू पठाए।
24
जासूसहरूले एउटा मानिसलाई सहरदेखि निस्कँदैगरेको देखे र भने, “यस सहरमा कसरी पस्न सकिन्छ, हामीलाई पनि भन, हामी तिम्रो केही हानि गर्नेछैनौं।”
25
त्यस मानिसले बाटो देखाइदियो। त्यो मानिस र उसको परिवार छोडी सहरका अरू सबै मानिसहरूलाई एफ्राइम र मनश्शेका मानिसहरूले मारे।
26
पछिबाट त्यो मानिस हित्तीहरूको देशमा गयो र त्यहाँ एउटा सहर बसाल्यो। उसले त्यसको नाम लूज राख्यो अनि आजसम्म त्यस सहरको नाम त्यही कायम छ।
27
बेथ-शान, तानाक, डोर, यिबलाम, मगिद्दो र तिनका वरिपरिका सहरमा बस्ने मानिसहरूलाई मनश्शे कुलले धपाएनन् र त्यहाँ कनानीहरू बसिरहे।
28
इस्राएलीहरू झन् बलिया भएपछि तिनीहरूले कनानीहरूलाई आफ्ना काम गर्न कर लाए तर तिनीहरू सबैलाई धपाएनन्।
29
गेजेर सहरमा बस्ने कनानीहरूलाई एफ्राइम कुलले धपाएनन्, कनानीहरू तिनीहरूसित त्यहाँ बसोबास गरिरहे।
30
कित्रोन र नहलोल सहरका बासिन्दाहरूलाई जबूलून कुलले धपाएनन्, कनानीहरू तिनीहरूसित त्यहाँ बसोबास गरेरहे र इस्राएलीहरूले तिनीहरूलाई आफ्ना लागि काम गर्न कर लगाए।
31
आशेर कुलले अक्को, सीदोन, अहलाब, अक्जीब, हेलवा, अपेक र रहोब सहरका बासिन्दाहरूलाई धपाएनन्।
32
आशेरीहरू त्यहाँ स्थानीय कनानीहरूसँगै बसोबास गरिरहे।
33
नप्ताली कुलले बेथ-शेमेश र बेथ-अनात सहरका बासिन्दाहरूलाई धपाएनन्। त्यहाँ तिनीहरू कनानीहरूसँगै बसोबास गरिरहे र तिनीहरूलाई आफ्ना निम्ति काम गर्न कर लाए।
34
दान कुलका मानिसहरूले एमोरीहरूलाई पहाडी ठाउँमा धपाए र बेसीमा आउन दिएनन्।
35
एमोरीहरू अय्यालोन, शाल्बीम र हेरेस डाँडामा बसिरहे। तर एफ्राइम र मनश्शे कुलले तिनीहरूलाई आफ्ना वशमा राखे र आफ्ना लागि काम गर्न कर लाए।
36
एदोमीहरूका सिमाना अक्रब्बीम घाटी सेलाको उत्तरपट्टि भएर जान्थ्यो।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21