bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Judges 12
Judges 12
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 13 →
1
एफ्राइमका मानिसहरू लडाइँ गर्न तयार भए। तिनीहरू यर्दन नदी तरी सापोनमा गए र यिप्तालाई भने, “तिमीसित जान हामीलाई नबोलाई सिमाना नाघेर अम्मोनीहरूसँग लड्नलाई किन तिमी गयौ? हामी तिमीलाई र तिम्रा घर जलाई भस्म पारिदिनेछौं!”
2
यिप्ताले तिनीहरूलाई भन्यो, “म र मेरा मानिसहरूको अम्मोनीहरूसँग एउटा ठूलो झगडा थियो। मैले तिमीहरूलाई बोलाएँ; तर तिमीहरूले हामीलाई तिनीहरूदेखि बचाउने थिएनौ।
3
जब मैले तिमीहरूबाट केही मद्दत नपाउने भएको बुझें, मैले आफ्नो प्राण खतरामा हालेर सिमाना पार गरेर गई तिनीहरूसँग लडाइँ गरें। परमप्रभुले मलाई तिनीहरूमाथि विजय गराउनुभयो। त, अब के भनेर तिमीहरू मसँग लड्न आइरहेका छौ?”
4
तब यिप्ताले गिलादका सबै मानिसहरूलाई भेला गरे र एफ्राइमीहरूसँग लडाइँ गरे अनि तिनीहरूलाई हराए। (एफ्राइमीहरूले भनेका थिए, “तिमी, एफ्राइम र मनश्शे गिलादमा बास गर्ने गिलादीहरू भगुवाहरू हौ!”)
5
एफ्राइमीहरूलाई भाग्न नदिनलाई यर्दन पार गर्न सक्ने घाटहरू सबै गिलादीहरूले कब्जामा लिए। जब कुनै भागिरहेको एफ्राइमीले नदी तर्ने अनुमति माग्थ्यो, गिलादीहरूले त्यसलाई सोध्थे, “के तँ एफ्राइमी होस्?” त्यसले “होइन” भनी उत्तर दिए
6
त्यसलाई ‘शिब्बोलेत’ भन्न लाउँथे। तर त्यो शब्द ठीकसँग भन्न नसकेर त्यसले ‘सिब्बोलेत’ भन्थ्यो। तब त्यसलाई पक्रेर त्यहीँ नदीको घाटमा तिनीहरूले मार्थे। यसरी त्यस समय ४२,००० एफ्राइमीहरू मारिए।
7
यिप्ताले छ वर्षसम्म इस्राएलीहरूलाई अगुवाइ गरे। त्यसपछि उनी मरे र उनी गिलादको एउटा सहरमा गाडिए।
8
यिप्तापछि इस्राएलका अगुवा बेथलेहेमका इब्सान भए।
9
उनका तीस भाइ छोरा र तीस बहिनी छोरीहरू थिए। उनले छोरीहरूलाई आफ्ना कुलदेखि बाहिर विवाह गरिदिए र बाहिरबाट नै छोराहरूका निम्ति बुहारीहरू ल्याए। इब्सानले सात वर्षसम्म अगुवाइ गरे।
10
त्यसपछि ऊ मरे अनि बेथलेहेममा गाडिए।
11
इब्सानपछि जबूलूनका एलोन दश वर्षसम्म इस्राएलको अगुवा भए।
12
त्यसपछि उनी मरे अनि जबूलूनको अय्यालोन भन्ने इलाकामा गाडिए।
13
एलोनपछि पिरातोनीको हिल्लेलका छोरा अब्दोन इस्राएलको अगुवा भयो।
14
उसका चालीस जना छोरा र तीस जना नातिहरू थिए र तिनीहरू सत्तरी वटा गधामा सवार गर्थे। अब्दोन आठ वर्षसम्म इस्राएलको अगुवा रह्यो।
15
त्यसपछि ऊ मर्यो र पिरातोनीमा गाडियो। पिरातोनी अमालेकीहरूको पहाडी देशमा एफ्राइमको इलाकाभित्र पर्थ्यो।
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 13 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21