bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Judges 6
Judges 6
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 7 →
1
फेरि पनि इस्राएलका मानिसहरूले परमप्रभुका विरुद्ध पाप गरे र उहाँले सात वर्षसम्म तिनीहरूलाई मिद्यानका अधीनमा सुम्पिदिनुभयो।
2
मिद्यानीहरू इस्राएलीहरूभन्दा बलिया थिए र इस्राएलीहरू पहाडका ओडार र अरू सुरक्षाका ठाउँमा तिनीहरूदेखि लुकेर बस्थे।
3
जहिले पनि इस्राएलीहरूले अन्न रोपेका बेलामा अमालेकी र मरुभूमिका अरू जातिहरूसँग मिद्यानीहरू आउँथे र तिनीहरूमाथि आक्रमण गर्थे।
4
तिनीहरू सो ठाउँमा पाल हालेर बस्थे र दक्षिणपट्टि गाजासम्म अन्न नाश गरिदिन्थे। तिनीहरूका सबै भेडा-बाख्रा, गाईवस्तु र गधाहरू लैजान्थे। इस्राएलीहरूलाई जीविकाको निम्ति केही कुरा पनि छोडिदिँदैनथे।
5
तिनीहरू आफ्ना गाई-गोरु र पालहरू लिई सलहका हुलसरि आउँथे। तिनीहरू र तिनका ऊँटहरू असङ्ख्य हुन्थे। तिनीहरू आएर देश ध्वंस पार्थे।
6
र इस्राएलीहरू तिनीहरूका अघि असहाय थिए।
7
तब इस्राएलीहरूले मिद्यानीहरूका विरुद्ध मद्दतको लागि परमप्रभुलाई पुकारे।
8
परमेश्वरले तिनीहरूकहाँ एक जना अगमवक्ता पठाउनुभयो, जसले इस्राएलका परमप्रभु परमेश्वरबाट यस्तो समाचार ल्यायो, “मिश्रको दासत्वदेखि मैले तिमीहरूलाई निकालेर ल्याएँ।
9
मिश्रीहरू र यस देशमा तिमीहरूसँग लडाइँ गर्नेहरूदेखि मैले तिमीहरूको रक्षा गरें। तिमीहरू अघि बढ्दै जाँदा मैले तिनीहरूलाई यस देशदेखि बाहिर धपाएँ र तिनका देश तिमीहरूलाई दिएँ।
10
मैले तिमीहरूलाई भनें कि म तिमीहरूका परमप्रभु परमेश्वर हुँ र तिमीहरूले एमोरीहरू, जसका देशमा तिमीहरू बास गर्दछौ, तिनीहरूका देवताहरू नपुज्नू। तर तिमीहरूले मेरा कुरा सुनेनौ।”
11
तब ओप्राका गाउँमा आएर एउटा फलाँटको रूखमुनि परमप्रभुका दूत बसे। त्यो फलाँटको रूख अबीएजेरीका कुलका योआश नाम गरेको मानिसको थियो। मिद्यानीहरूले थाहा नपाऊन् भनी एउटा दाखको कोलमा लुकेर उनको छोरो गिदोन गहुँ कुट्दै थिए।
12
परमप्रभुका दूत त्यहाँ देखा परेर उनलाई भने, “ए साहसी र वीर पुरुष! परमप्रभु तँसँग हुनुहुन्छ।”
13
गिदोनले भने, “हजुर, यदि परमप्रभु हामीसँग हुनुहुन्छ भने यी सब कुरा किन हामीमाथि आइलागे? के यो सोध्न सक्छु? ती सबै उदेकका कुराहरू, जुन परमप्रभुले गर्नुभएको थियो भनी हाम्रा पिता-पुर्खाहरूले भन्थे— कसरी उहाँले हामीलाई मिश्रबाट निकाली ल्याउनुभएको थियो— ती सबै के भए? परमप्रभुले हामीलाई त्याग्नुभएको छ र हामीलाई मिद्यानीहरूका कृपामा छोडिदिनुभएको छ।”
14
तब परमप्रभुले उसलाई आज्ञा गर्नुभयो, “आफ्ना पूरा शक्तिका साथ गएर मिद्यानीहरूबाट इस्राएलीहरूलाई छुटाउने काम गर्। म आफैं तँलाई यस काममा पठाउँदै छु।”
15
गिदोनले उत्तर दिए, “परमप्रभु तर कसरी म इस्राएलीहरूलाई छुटाउन सक्छु? मनश्शे कुलमा सबैभन्दा कमजोर मेरो गोत्र छ अनि हाम्रा परिवारमा म सबैभन्दा सानो छु।”
16
परमप्रभुले जवाफ दिनुभयो, “म तँलाई मद्दत गर्नेछु र तैँले यो काम गर्न सक्नेछस्। एक जना मानिसलाई जस्तै तैँले सबै मिद्यानीहरूलाई सजिलै नाश पार्नेछस्।”
17
गिदोनले भने, “यदि तपाईं मसँग प्रसन्न हुनुहुन्छ भने तपाईं साँच्चै परमप्रभु हुनुहुन्छ भनी मलाई केही प्रमाण दिनुहोस्।
18
तपाईंलाई केही भोजन टक्र्याउनलाई लिएर आउनेछु, त्यतिञ्जेल तपाईं यहाँबाट नजानुहोला।” उहाँले भन्नुभयो, “तँ नफर्कुञ्जेल म पर्खनेछु।”
19
तब गिदोनले घर गएर एउटा पाठोको मासु र दश किलो पीठोको खमिरबिनाको रोटी बनाए। त्यसपछि मासु टोकरीमा राखे र झोल एउटा बटुकामा हाले। ती सबै खानेकुरा उनले फलाँटको रूखमुनि लिई आए र परमप्रभुको दूतलाई टक्र्याए।
20
ती दूतले भने, “रोटी र मासु यहाँ चट्टानमाथि राख् र झोल त्यसमाथि खन्याइदे।” गिदोनले त्यसै गरे।
21
तब दूतले हात अघि बढाएर हातमा भएको लौराको टुप्पाले रोटी र मासु छोए। चट्टानबाट आगोको ज्वाला निस्केर रोटी र मासु भस्म पार्यो। तब ती दूत लोप भए।
22
मैले देखेका परमप्रभुका दूत नै हुनुहुँदोरहेछ भनी थाहा पाएर गिदोनले डराएर भने, “सार्वभौम परमप्रभु, मैले तपाईंको दूतलाई पो मुखामुख देखेछु।”
23
तर परमप्रभुले भन्नुभयो, “शान्ति! नडरा, तँ मर्नेछैनस्।”
24
परमेश्वरको निम्ति गिदोनले त्यहाँ एउटा वेदी बनाए र त्यसको नाम यहवे-शालोम राखे। (त्यो वेदी आजसम्म अबीएजेर कुलको ओप्रा गाउँमा छँदैछ।)
25
त्यस रात परमप्रभुले गिदोनलाई भन्नुभयो, “तेरा बुबाको साँढे र अर्को सात-वर्षे साँढे ले। तेरा बुबाले बाल-देवतालाई बनाएको वेदी भत्काइदे र त्यसका छेउमा भएको अशेरा-देवीको मूर्ति ढालिदे।
26
त्यस डाँडामाथि तेरा परमप्रभु परमेश्वरको निम्ति एउटा वेदी ठीकसँग बना। त्यसपछि अशेरादेवीका मूर्तिका काठले आगो बालेर दोस्रो साँढे सबै होमबलि चढा।”
27
तब गिदोनले दश जना चाकरहरू लिएर परमप्रभुले भन्नुभएअनुसार गरे। दिउँसो आफ्ना परिवार र सहरका मानिसहरूअघि त्यसो गर्न उनले डर माने र सो काम उनले राती नै गरे।
28
भोलिपल्ट बिहानै सहरका मानिसहरू उठे। तिनीहरूले बालदेवताको वेदी र अशेरा-देवीको मूर्ति काटी ढालेका र त्यहाँ बनेका वेदीमा दोस्रो साँढे होमबलि भएको देखे।
29
तिनीहरूले आपसमा सोधपुछ गरे, “यो कसले गरेको हो?” तिनीहरूले पत्ता लगाए र त्यो काम योआशको छोरो गिदोनले गरेको रहेछन् भनी चाल पाए।
30
तब तिनीहरूले योआशलाई भने, “तिम्रा छोरालाई यहाँ बाहिर ल्याऊ। हामी त्यसलाई मार्नेछौं। त्यसले बाल-देवताको वेदी भत्काई, छेउका अशेरा-देवीको मूर्ति ढालिदिएछ।”
31
तर आफ्ना सामुन्ने आएका सबैलाई योआशले भने, “के तिमीहरू बाल-देवताका पक्षमा बोलिरहेका छौ? के तिमीहरू उसको बचाउ गर्दछौ? उसको पक्षमा बोल्नेहरू आज बिहानसम्म मारिनेछन्। यदि बाल-देवता परमेश्वर हुन् भने आफ्नो रक्षा ऊ आफैंले गरून्। यो भत्काई फ्याँकिएको वेदी उनैको हो।”
32
त्यस दिनदेखि गिदोनको नाम यरूब-बाल भयो, कारण योआशले भनेका थिए, “बालले आफ्नो रक्षा आफैं गरून्, भत्काई फ्याँकिएको वेदी उनैको हो।”
33
त्यसपछि सबै मिद्यानी, अमालेकी र पूर्वका जातिहरू भेला भई यर्दन नदी पार गरे र यिजरेलको बेसीमा छाउनी हालेर बसे।
34
परमप्रभुको आत्मा गिदोनमाथि आउनुभयो। तुरही बजाएर अबीएजेरी कुलका मानिसहरूलाई आफ्नो पछि आउनलाई गिदोनले बोलाए
35
मनश्शे मुलुकका दुवै भागमा समाचार दिने मानिसहरू पठाएर त्यहाँका मानिसहरूलाई बोलाउन पठाए। मानिस पठाएर आशेर, जबूलून र नप्ताली कुलका मानिसहरूलाई उनले बोलाउन पठाए। तिनीहरू पनि आएर उनीसँग समावेश भए।
36
तब गिदोनले परमेश्वरलाई भने, “तपाईंले भन्नुभएको छ कि तपाईंले इस्राएलीहरूलाई मद्वारा बचाउनुहुनेछ।
37
अब गहुँ कुट्ने ठाउँमा म केही भेडाका ऊन भूइँमा राख्नेछु। भोलि बिहान ऊनमाथि मात्रै शीत परेको छ र जमिन सुक्खै रहेछ भने म यो बुझ्नेछु कि तपाईंले इस्राएलीहरूलाई बचाउनका लागि मलाई काममा लगाउनुहुनेछ।”
38
अनि ठीक त्यसै भयो। भोलि बिहानै उठेर गिदोनले ऊन निचोरे अनि एक बटुको जति शीतको पानी ऊनबाट झर्यो।
39
तब गिदोनले परमेश्वरलाई भने, “मसँग नरिसाउनुहोला, एकचोटि फेरि म बोल्न पाऊँ। एकपल्ट फेरि मलाई ऊनको परीक्षा लिन दिनुहोस्। यसपालिचाहिँ ऊन सुक्खा रहोस् अनि शीत जमिनमा परोस्।”
40
त्यो रात परमेश्वरले त्यसै गर्नुभयो। भोलिपल्ट बिहान ऊन सुक्खै थियो तर चारैपट्टिको जमिन शीतले भिजेको थियो।
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21