bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Judges 18
Judges 18
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 19 →
1
त्यस बेला इस्राएलमा कुनै राजा थिएन। ती दिनमा दान वंशले आफू बस्ने इलाका खोजी गर्दै थिए, कारण इस्राएली कुलहरूका बीचमा तिनीहरूले आफ्ना लागि कुनै ठाउँ पाएका थिएनन्।
2
यसकारण दानवंशीहरूले आफ्ना बीचमा सबै परिवारहरूका माझबाट पाँच जना योग्य मानिसहरू चुने। दानवंशीहरूले तिनीहरूलाई जमिन खोज्न र त्यसको भेद लिन भनी सोरा र एश्तोल सहरदेखि पठाए। ती पाँच भाइ जब एफ्राइमको पहाडी भूमिमा आइपुगे, तिनीहरू मीकाको घरमा बास बसे।
3
त्यहाँ बस्दा तिनीहरूले त्यो लेवीको बोली चिने र उसलाई सोधे, “तिमी यहाँ के गर्दै छौ? कसले तिमीलाई यहाँ ल्यायो?”
4
त्यसले उत्तर दियो, “मीकाको बन्दोबस्तमा म यहाँ छु, म उनको पूजाहारी काम गर्छु र उनैले मलाई ज्याला दिन्छन्।”
5
तिनीहरूले उसलाई भने, “हामी जे काममा निस्केका छौं, त्यसमा हामी सफल हुन्छौं कि हुन्नौं, कृपा गरी परमेश्वरसँग सोधिदेऊ।”
6
पूजाहारीले उत्तर दियो, “तिमीहरूले फिक्री गर्नुपर्दैन। यस यात्रामा तिमीहरूको काम परमेश्वरको हातमा छ।”
7
यसकारण ती पाँच जना त्यहाँबाट हिंडे र लेश सहरमा पुगे। सीदोनबासीहरूजस्तै त्यहाँका बासिन्दाहरू शान्ति र सुरक्षामा बसेका तिनीहरूले देखे। लेशका मानिसहरू शान्त र खुसी थिए, आपसमा केही वाद-विवाद गर्दैनथे। चाहिएका कुरा सबै तिनीहरूसँग थियो। तिनीहरू सीदोनीहरूदेखि टाढै बस्थे अनि अरू कोहीसँग तिनीहरूको केही सम्बन्ध थिएन।
8
ती पाँच जना सोरा र एश्तोलमा फर्किआउँदा, “तिमीहरूले के-के देख्यौ?” भनी तिनका देशबासीहरूले सोधे।
9
तिनीहरूले भने, “जाऔं र हामी लेश सहरलाई आक्रमण गरौं। हामीले त्यो ठाउँ हेर्यौं, त्यो औधी असल ठाउँ छ। यहाँ हात बाँधेर नबसौं। चाँडो गरेर जाऔं र लेश सहरलाई लिइहालौँ।
10
जब त्यहाँ पुग्छौँ, त्यहाँका मानिसहरूले केही कुराको शङ्का गर्नेछैनन्, त्यो तिमीहरूले देख्नेछौ। त्यो एउटा ठूलो ठाउँ छ। मानिसलाई चाहिने सबै थोक त्यहाँ पाइन्छ। परमेश्वरले त्यो भूमि तिमीहरूलाई दिनुभएको छ।”
11
यसरी लडाइँ गर्न तयार भई सोरा र एश्तोलदेखि छ सय दानवंशीहरू हिँडे।
12
तिनीहरू उकालो लागे र यहूदाको किर्यत-यारीमको पश्चिमतर्फ छाउनी हालेर बसे। यसैकारण त्यस ठाउँलाई आजसम्म दानको ‘महनेह-दान’ भन्दछ।
13
त्यहाँबाट अघि बढेर तिनीहरू एफ्राइमको डाँडामा मीकाको घरमा आइपुगे।
14
तब लेश र चारैपट्टिका ठाउँको भेद लिन जाने ती पाँच जना मानिसले दानवंशीहरूलाई भने, “के तिमीहरूलाई थाहा छ कि यहाँका घरहरूमध्ये एउटा घरमा चाँदीले मोहोरेको एउटा काठको मूर्ति छ? अरू मूर्तिहरू र एउटा एपोद पनि त्यहाँ छन्। हामीले कसो गर्नुपर्ने हो? के विचार छ?”
15
तिनीहरू मीकाको घरमा गए र त्यहाँ बस्ने युवा लेवीसँग उसको हालखबर सोधे।
16
त्यति बेला लडाइँ गर्न तयार भई सहरको मूल-ढोकामा छ सय दानवंशी सिपाहीहरू खडा थिए।
17
ती पाँच जना पुरुषहरू सोझै मीकाको घरमा गए र त्यो चाँदीले मोहोरेको काठको मूर्ति र अरू मूर्तिहरू र एपोद हात पारे। त्यस बेला पूजाहारीचाहिँ छ सय सिपाहीहरूसँग मूल-ढोकामा खडा थियो।
18
त्यसरी ती मानिसहरू मीकाको घरमा पसेर ती पवित्र वस्तुहरू लिंदा पूजाहारीले सोध्यो, “यो तिमीहरूले के गर्दै छौ?”
19
तिनीहरूले उसलाई भने, “चुप लाग, एक शब्द नबोल, हामीसँग आऊ र हाम्रा पूजाहारी र सल्लाहकार होऊ। एउटा परिवारको भन्दा सारा इस्राएली वंशको पूजाहारी बन्न के तिमीलाई राम्रो हुन्न र?”
20
यो कुरामा त्यो पूजाहारी खुब खुसी भयो। यसकारण ती पवित्र वस्तुहरू लिएर ऊ तिनीहरूसँग हिँड्यो।
21
तिनीहरू त्यहाँबाट फर्केर आफ्ना बालबच्चा, गाई-वस्तु र झिटी-मिटि अघि लगाएर हिँडे।
22
तिनीहरू मीकाको घरदेखि निकै टाढा पुगे। तब आफ्ना छिमेकीहरूलाई लडाइँ गर्न मीकाले बोलायो। तिनीहरूले गएर दानवंशीहरूलाई भेटे
23
र तिनीहरूलाई हकारे। दानवंशीहरूले फर्केर मीकालाई सोधे, “के भयो? यो भीड किन?”
24
मीकाले उत्तर दियो, “तिमीहरू के भन्दै छौ? किन मलाई के भयो भनी सोध्दै छौ? मेरा पूजाहारी र देवताका मूर्तिहरू तिमीहरू लैजाँदै छौ? मसँग अब के रह्यो र?”
25
दानवंशीहरूले भने, “तिमीलाई चुप बस्नु असल हुन्छ। यी मानिसहरू रिसाएर तिमीलाई आक्रमण गरेका चाहँदैनौ भने चुप लाग। नत्र तिमी परिवारसहित मारिनेछौ।”
26
त्यसो भनेर दानवंशीहरू गए। मीकाले तिनीहरूलाई आफूभन्दा धेरै बलिया देख्यो। अनि फर्केर ऊ आफ्नो घर गयो।
27
[27-28] मीकाका पूजाहारी र मूर्तिहरू लिएर गएपछि दानवंशीहरूले लेश सहरमाथि आक्रमण गरे। शान्त र मेलमा बस्ने मानिसहरूको त्यो सहर बेथ-रहोब सहरसँग एउटै बेसीमा थियो। तिनीहरूले लेशबासीहरूलाई मारे र सहरमा आगो लाइदिए। तिनीहरूको बचाउको निम्ति कोही आएनन्, कारण सीदोनीहरू तिनीहरूदेखि टाढै थिए अनि ती जातिहरूसँग तिनीहरूको केही सम्बन्ध नै थिएन। त्यो सहरलाई फेरि बनाएर दानवंशीहरू त्यहाँ बसे।
29
त्यसको नाम लेशबाट परिवर्तन गरेर तिनीहरूले आफ्ना पुर्खाको नामजस्तै ‘दान’ राखे। तिनीहरूका पुर्खाको नाम दान थियो, जो याकूबको छोरो थियो।
30
दानवंशीहरूले आफूले पुज्नलाई मूर्तिहरू बनाए अनि गेर्शोमका छोरा अनि मोशाका नाति जोनाथन तिनीहरूका पूजाहारी भए। इस्राएलीहरू कैद गरेर नलगिएसम्म जोनाथनका छोरा-नातिहरूले दानवंशीका पूजाहारीको काम गर्थे।
31
मीकाले बनाएको मूर्ति त्यहाँ शीलोको पालमा राखियो। पालमा परमेश्वरको आराधना गरिन्थ्यो। शीलोमा पाल रहुञ्जेल मूर्ति त्यहीँ राखियो।
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 19 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21