bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Judges 7
Judges 7
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 8 →
1
एक दिन बिहानै गिदोन र उनका मानिसहरू उठे र हरोद खोलाका किनारमा छाउनी हाले। त्यसको उत्तरपट्टि मोरे डाँडाको छेउको बेसीमा मिद्यानीहरूको छाउनी थियो।
2
परमप्रभुले गिदोनलाई भन्नुभयो, “तँसँग अति धेरै मानिसहरू छन्, म तिमीहरूलाई मिद्यानीहरूमाथि विजय हुन दिन चाहन्नँ। हामी आफैंले जितेका हौं भनी तिनीहरूले सोच्लान् र मलाई केही आदर नदेलान्।
3
र मानिसहरूलाई यसो भन् ‘ज-जसलाई डर लागेको छ, ऊ घर फर्के हुन्छ, हामीहरूचाहिँ यहाँ गिलाद डाँडामा बस्नेछौं।” त्यसरी बाईस हजार मानिसहरू फर्कि गए; तर दश हजार त्यहाँ बसे।
4
तब परमप्रभुले गिदोनलाई भन्नुभयो, “अझै तेरा मानिसहरू धेरै छन्। तिनीहरूलाई तल खोलामा लैजा र म त्यहाँ तिनीहरूलाई अलग गर्नेछु। जुन मानिसलाई ‘तँसँग जानेछ’ भन्छु, ऊ तँसँग जानेछ तर जसलाई ‘जानेछैन’ भन्छु, ऊ तँसँग जानेछैन।”
5
गिदोनले मानिसहरूलाई खोलामा लगे। परमप्रभुले भन्नुभयो, “ज-जसले कुकुरले जस्तो जिब्रोले पानी चाटेर पिउँछन्, तिनीहरूलाई एकातिर राख् र अर्कोतिर चाहिँ ज-जसले घुँडा टेकेर पानी पिउँछन्, तिनीहरूलाई राख्।”
6
तीन सय मानिसहरूले पानी चाटेर पिए, बाँकी सबैले घुँडा टेकेर पानी पिए।
7
परमप्रभुले गिदोनलाई भन्नुभयो, “तर कुकुरजस्ता चाटेर पानी पिउने तीन सय मानिसद्वारा म तँलाई मिद्यानीहरूमाथि विजय दिनेछु र तिमीहरूलाई बचाउनेछु। अरू जम्मैलाई घर जानू भन्।”
8
गिदोनले ती तीन सय जना छोडी बाँकी सबैलाई घर जान दिए। ती तीन सय जनाले सारा खानेकुरा र तुरहीहरू राखे। मिद्यानीहरूको छाउनी तल बेसीमा थियो।
9
त्यस रात परमप्रभुले गिदोनलाई आज्ञा गर्नुभयो, “उठ् र मिद्यानीहरूको छाउनीमाथि आक्रमण गर्। म तँलाई विजय दिनेछु।
10
तर आक्रमण गर्न डर लाग्छ भने आफ्नो चाकर पूराहसँग तिनीहरूको छाउनीमा जा।
11
तिनीहरूले के भन्दै छन्, तैँले सुन्नेछस् र तँलाई तिनीहरूमाथि आक्रमण गर्न साहस हुनेछ।” र गिदोन र उनको चाकर पूराह तल शत्रुहरूको छाउनीछेउ गए।
12
बेसीका चारैतिर मिद्यानी, अमालेकी र पूर्वका अरू जातिहरू सलहका बथानसरि बसेका थिए। तिनीहरूका ऊँटहरू समुद्र किनारका बालुवासरि थिए।
13
गिदोन त्यहाँ आइपुग्दा एक जना मानिसले साथीलाई एउटा सपना भन्दैगरेको सुन्यो। उसले भन्दै थियो, “मैले सपनामा देखें कि जौको एउटा रोटी लड्दै आएर हाम्रो पालमा लाग्यो र पाल भत्केर भूइँमा ढल्यो।”
14
साथीचाहिँले भन्यो, “यो त त्यो इस्राएली योआशको छोरा गिदोनको तरवार हो। यसको अर्को अर्थ हुनै सक्दैन। परमेश्वरले मिद्यानीहरू र हाम्रा सारा सेनालाई उसको हातमा पारिदिनुभएको छ।”
15
त्यस मानिसको सपना र त्यसको अर्थ सुनेपछि गिदोनले घुँडा टेकी परमेश्वरलाई दण्डवत् गरे। त्यसपछि इस्राएलीहरूको छाउनीमा फर्की आएर उनले भने, “उठ, परमेश्वरले तिमीहरूलाई मिद्यानीहरूका सेनामाथि विजय दिनुभएको छ!”
16
उनले आफ्ना तीन सय मानिसहरूलाई तीन दलमा बाँडे। हरेक मानिसलाई उनले एउटा तुरही र एउटा भित्रपट्टि राँको बलेको गाग्रो दिए,
17
र भने, “जब म शत्रुको छाउनीछेउमा पुग्छु, मलाई हेर्नू र म जसो गर्छु, त्यसै गर्नू।
18
मेरा दल र मैले तुरही फुक्दा तिमीहरूले पनि छाउनीको चारैतिर आफ्ना तुरही फुक्नू र कराएर यसो भन्नू ‘परमप्रभुको निम्ति र गिदोनको निम्ति!”
19
गिदोन र उनीसँग भएका एक सय मानिसहरू मध्यरात हुनभन्दा केही अघि छाउनीको छेउ आइपुगे। शत्रुका पहराहरू भर्खरै मात्र साटिएका थिए। तिनीहरूले तुरही फुके र आफूले बोकेको गाग्रो फुटाए।
20
अनि अरू दुई दलले पनि त्यसै गरे। सबैले आफ्ना देब्रे हातमा राँको समाते, दायाँ हातमा तुरही लिए र कराएर भने, “परमप्रभुको निम्ति र गिदोनको निम्ति तरवार!”
21
प्रत्येक मानिस आफ्नो ठाउँमा छाउनीको चारैतिर उभिरह्यो अनि शत्रुका सारा सेना चिच्च्याउँदै भागे।
22
गिदोनका मानिसहरूले तुरही फुकेको बेलामा परमप्रभुले शत्रुलाई आपसमा एक-अर्कालाई तरवारले हानाहान गर्न लाउनुभयो। तिनीहरू सरेरातर्फ भागे र बेथ-शित्ता र तब्बातछेउको हाबिल-महोला सहरसम्म पुगे।
23
तब नप्ताली, आशेर कुल र मनश्शे कुलका दुवैपट्टिका मानिसहरूलाई बोलाउन पठाइयो। तिनीहरू आएर मिद्यानीहरूलाई खेदे।
24
एफ्राइम पहाडी देशभरि गिदोनले मानिसहरू पठाएर खबर गरे, “तल आएर मिद्यानीहरूसँग लडाइँ गर। यर्दन नदी र बेथ-बरासम्म खोलाहरू हातमा लेओ र मिद्यानीहरू पार गरी भाग्न नसकून्।” एफ्राइमहरू एकसाथ आए र यर्दन नदी र बेथ-बरासम्म खोलाहरू हात पारे।
25
तिनीहरूले ओरेब र जएब नाम गरेका मिद्यानी अगुवाहरूलाई पक्रे र ओरेबलाई ओरेबको चट्टानमा र जएबलाई जएबको दाखको कोलमा मारे। तिनीहरूले मिद्यानीहरूलाई खेदि नै रहे अनि ओरेब र जएबका शिर गिदोनकहाँ ल्याए। गिदोन त्यस बेला यर्दनको पूर्वपट्टि थिए।
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21