bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Judges 15
Judges 15
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 16 →
1
केही समयपछि गहुँको कटनीको बेलामा आफ्नी स्वास्नीलाई भेट्न एउटा बाख्राको पाठो लिएर शिमशोन गए। उनले ससुरालाई भने, “म मेरी स्वास्नीको कोठामा जान चाहन्छु।” तर ससुराले उनलाई कोठाभित्र पस्न दिएनन्।
2
उनले शिमशोनलाई भने, “मैले सोचें कि साँच्चै नै तिमीले त्यसलाई घिन गर्दछौ। यसैले तिम्रा साथीसँग मैले त्यसको विवाह गरिदिएँ। त्यसकी बहिनी अझ राम्री छे। त्यसलाई तिमी लैजाऊ।”
3
शिमशोनले भने, “म पलिश्तीहरूलाई यसपालि जे गर्नेछु, त्यसको लागि म जिम्मेवार छैनँ!”
4
तब गएर तीन सय स्यालहरू उनले पक्रे। जोडी-जोडी गरेर उनले तिनीहरूको पुच्छर बाँधे र गाँठोमा राँको बाँधिदिए।
5
तब राँको सल्काएर उनले स्यालहरूलाई पलिश्तीहरूका अन्नबारीमा छोडिदिए। यसरी काटिराखेको अन्नबाली मात्र होइन तर खेतमा खडा रहेको बालीनाली पनि स्वाहा पारिदिए। जैतुनका बारी पनि जलाइदिए।
6
पलिश्तीहरूले यस्तो नाश गर्ने को हो भनी सोध-खोज गरे। उनका तिम्नाबासी ससुराले उनकी स्वास्नीलाई साथीसँग विवाह गरिदिएकाले शिमशोनले यसो गरेका रहेछन् भनी पलिश्तीहरूले थाहा पाए। यसकारण पलिश्तीहरूले त्यस स्त्री र उसका बुबाको घरमा आगो लगाएर भस्म पारिदिए।
7
शिमशोनले तिनीहरूलाई भने, “तिमीहरूले त्यसो गर्यौ। म यसको बदला नलिई छोड्नेछैनँ, म यो किरिया खाँदछु।”
8
उनले तिनीहरूमाथि डरलाग्दो गरी आक्रमण गरे र धेरै जनालाई मारे। तब उनी गएर एतामको पहराका ओडारमा बसे।
9
पलिश्तीहरू आएर यहूदामा छाउनी हाले र लही सहरमाथि आक्रमण गरे।
10
यहूदाबासीहरूले सोधे, “तिमीहरू किन हामीमाथि आक्रमण गर्दछौ?” तिनीहरूले उत्तर दिए, “हामी शिमशोनलाई कैद गरेर त्यसले हामीसित गरेझैँ त्योसँग पनि गर्नलाई आएका छौं।”
11
त्यसरी तीन हजार यहूदीहरू एतामको पहराका ओडारमा गएर शिमशोनलाई भने, “पलिश्तीहरू हाम्रा शासकहरू हुन् भनी तिमी जान्दैनौ? तिमीले हामीसँग यो के गरेको?” उनले उत्तर दिए, “तिनीहरूले मसँग जसो गरे, तिनीहरूसँग मैले त्यसै गरें।”
12
तिनीहरूले उनलाई भने, “तिमीलाई बाँधेर पलिश्तीहरूका हातमा दिनलाई हामी यहाँ आएका छौं।” शिमशोनले भने, “तिमीहरू आफैंले चाहिँ मलाई मार्नेछैन भनी मलाई वचन देओ।”
13
तिनीहरूले भने, “हुन्छ। खालि तिमीलाई बाँधेर हामी पलिश्तीहरूलाई दिनेछौं। हामी आफैंले तिमीलाई मार्नेछैनौं।” तब दुई वटा नयाँ डोरीले उनलाई तिनीहरूले बाँधे र ओडारबाट निकाली ल्याए।
14
जब उनीहरू लहीमा पुगे, पलिश्तीहरू चिच्च्याउँदै उनीतर्फ दगुरेर आए। अचानक उनी परमेश्वरको शक्तिले भरिए र आफ्ना हात-खुट्टा बाँधेका डोरी डढेको धागोझैँ उनले चुँडाइदिए।
15
छेउमा नै भर्खरै मरेको एउटा गधाको बङ्गारा उनले भेट्टाए। उनले निहुरेर त्यो बङ्गारा टिपे र त्यसले हिर्काएर एक हजार मानिसहरूलाई मारे।
16
तब शिमशोनले यसरी गीत गाए, “गधाका बङ्गाराले मैले एक हजार मानिस मारें; गधाको बङ्गाराले मैले तिनीहरूको लाशको रास लाइदिएँ।”
17
त्यसपछि उनले त्यो बङ्गारा फालिदिए। त्यो घटना भएको ठाउँको नाम रामत-लही राखियो।
18
तब शिमशोनलाई साह्रै तिर्खा लाग्यो। उनले परमेश्वरलाई पुकारेर भने, “तपाईंले मलाई यो ठूलो विजय दिनुभयो। अब के म तिर्खाले मर्नुपर्ने र यी बेखतने पलिश्तीहरूका हातमा पर्नुपर्ने?”
19
तब त्यहाँ लहीमा जमिन फुटाएर परमेश्वरले एउटा खाल्डो बनाउनुभयो र त्यहाँबाट पानी फुटी निस्क्यो। पानी पिएर शिमशोन ताजा भए। त्यसकारण पानीको मूलको नाम एन-हक्कोरे राखियो। त्यो अझसम्म लहीमा छँदैछ।
20
शिमशोनले बीस वर्षसम्म इस्राएलको अगुवाइ गरे, त्यस बेला त्यस देशमा पलिश्तीहरूले शासन गर्दथे।
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 16 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21