bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Judges 4
Judges 4
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 5 →
1
एहूदको मृत्युपछि इस्राएलका मानिसहरूले फेरि पाप गरे।
2
यसकारण परमप्रभुले हासोर सहरमा राज गर्ने कनानी राजा याबीनको हातमा तिनीहरूको हार हुन दिनुभयो। याबीनको सेनापति सीसरा थियो। ऊ अन्यजातिहरू बास गर्ने हरोशेतमा बस्दथ्यो।
3
याबीनका नौ सय फलामका रथहरू थिए। उसले क्रूरतापूर्वक बीस वर्षसम्म इस्राएलीहरूमाथि राज गर्यो। तब इस्राएलीहरूले परमप्रभुलाई मद्दत मागेर पुकारे।
4
त्यस बेला लप्पीदोतकी स्वास्नी दबोरा नाम गरेकी एउटी अगमवादिनी इस्राएलीहरूका न्यायकर्ता थिइन्।
5
एफ्राइमको पहाडी देशमा रामा र बेथेलबीचको एउटा खजुरको रूखमुनि तिनी बस्दथिइन्। इस्राएलीहरू तिनीकहाँ निसाफ खोज्न आउँथे र तिनको फैसला सुन्थे।
6
एक दिन अबीनोअमका छोरा बाराकलाई नप्तालीको केदेश सहरबाट बोलाउन पठाएर तिनले भनिन्, “इस्राएलका परमप्रभु परमेश्वरले तिमीलाई यो आज्ञा दिनुभएको छ— ‘नप्ताली र जबूलून कुलदेखि दश हजार मानिसहरू लिएर तँ तबोर पहाडमा जा।
7
कीशोन नदीछेउ तँसँग युद्ध गर्नलाई याबीनका सेनापति सीसरालाई म ल्याउनेछु। ऊसँग उसका रथ र सेना रहनेछन् तर म तँलाई तिनीहरूमाथि विजय गरिदिनेछु।”
8
बाराकले दबोरालाई उत्तर दिए, “तपाईं मसँग जानुहुन्छ भने म जानेछु तर जानुहुन्न भने म पनि जानेछैनँ।”
9
उनले भनिन्, “हुन्छ, म तिमीसँग जाउँला तर तिमीले केही नाम पाउनेछैनौ, कारण परमेश्वरले सीसरालाई एउटी स्त्रीको हातमा पारिदिनुहुनेछ।” यसरी दबोरा बाराकसित केदेशतिर लागिन्।
10
बाराकले नप्ताली र जबूलून कुलदेखि मानिसहरूलाई बोलाए र दश हजार उनका पछि लागे। दबोरा ऊसँग गइन्।
11
त्यति बेला केदेशको केनी सानन्नीममा एउटा ठूलो फलाँट वा बज्राँठको रूखको छेउमा आफ्नो पाल हालेर केना-वंशको हेबेर बसेको थियो। ऊ अरू केनीहरूबाट छुट्टिएको थियो। केनीहरू मोशाका साला होबाबका सन्तान थिए।
12
बाराक तबोर पहाडमा गएको कुरा सीसराले सुन्यो।
13
उसले नौ सय रथ र सारा सेनालाई बोलायो र तिनीहरूलाई अन्यजातिहरूको हरोशेतदेखि कीशोन नदीमा पठायो।
14
तब दबोराले बाराकलाई भनिन्, “जाऊ, परमप्रभु तिम्रा अघि-अघि हुनुहुन्छ। उहाँले आज तिमीलाई सीसरामाथि विजय दिनुहुनेछ।” दश हजार मानिसहरू लिएर बाराक तबोर पहाडबाट तल झरे।
15
आफ्ना सेनासँग उनले आक्रमण गरे। परमप्रभुले सीसरा र उसका सेना र रथहरूलाई छरपष्ट पारिदिनुभयो। सीसरा रथबाट उत्रेर पैदलै भाग्यो।
16
सीसराका सेना र रथहरूलाई अन्यजाति बास गर्ने— हरोशेतसम्म बाराकले खेदे र सारा सेना मारिदिए। एक जना पनि बाँचेन।
17
सीसरा भागेर केनी हेबेरकी स्वास्नी याएलको पालमा पुग्यो। हासोरका राजा याबीन र केनी हेबेरका घरानामा मेल थियो।
18
याएल आएर सीसरालाई भेटी र भनी, “आउनुहोस्, महाशय, मेरो पालमा आउनुहोस्। डर नमान्नुहोस्।” ऊ भित्र पस्यो र याएलले उसलाई एउटा पर्दाको पछि लुकाई।
19
उसले भन्यो, “मलाई पानी पिउन दिनुहोस्। मलाई तिर्खा लागेको छ।” दूधले भरेको एउटा छालाको मशक खोलेर याएलले उसलाई पिउन दिई र फेरि उसलाई लुकाइदिई।
20
सीसराले याएललाई भन्यो, “पालको ढोकामा उभिनुहोस्, कसैले यहाँ कोही छ कि भनी सोधे ‘कोही छैन’ भनिदिनुहोस्।”
21
सीसरा औधी थाकेको थियो र भुसुक्क निदायो। तब एउटा मुङ्ग्रो र पालको कीला लिएर याएल आई। त्यो बिस्तारै सीसराको छेउमा गई र कीला कन्चटमा ठोकेर वारपार गरी भूइँमा गाडिदिई। यसरी त्यसले सीसरालाई मारी।
22
सीसरालाई खोज्दै बाराक त्यहाँ आइपुग्यो। याएलले उसलाई भेटी र भनी “यहाँ आऊ, तिमीले खोजेको मानिस म देखाइदिनेछु।” ऊ याएलसँग पालमा पस्यो र त्यहाँ सीसरालाई किला टाउकोमा वारपार भएर मरेको र लडिरहेको भेट्टायो।
23
त्यो दिन परमेश्वरले कनानी राजा याबीनमाथि इस्राएलीहरूलाई विजय गराउनुभयो।
24
तिनीहरूले उसलाई चेप्दै-चेप्दै लगेर अन्तमा मारिछोडे।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21