bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Judges 10
Judges 10
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 11 →
1
अबीमेलेक मरेपछि पूवाको छोरो अनि दोदोको नाति तोला इस्राएलीको उद्धार गराउनलाई आयो। ऊ इस्साखार कुलको थियो अनि एफ्राइमको पहाडी देशको शामीर भन्ने ठाउँमा बास गर्दथ्यो।
2
ऊ तेईस वर्षसम्म इस्राएलको अगुवा भयो र उसको मृत्यु भयो र शामीरमा गाडियो।
3
तोलापछि, गिलादबाट याईर आयो। उसले बाईस वर्षसम्म इस्राएलीहरूलाई अगुवाइ गर्यो।
4
उसका तीस भाइ छोराहरू थिए अनि तिनीहरू तीस वटा गधामा सवार गर्थे। गिलाद देशमा तिनीहरूका तीस वटा सहरहरू थिए। ती सहरहरूलाई अझसम्म याईरका गाउँहरू भनिन्छ।
5
याईर मर्यो र कामोनमा गाडियो।
6
फेरि एकपल्ट इस्राएलीहरूले परमप्रभुको विरुद्धमा पाप गरे। बाल-देवताहरू, अश्तोरेत-देवीहरू र अराम, सीदोन, मोआब, अम्मोन र पलिश्तीहरूका देव-देवीलाई तिनीहरूले पुज्न थाले। तिनीहरूले परमप्रभुलाई त्यागे र उहाँको आराधना गर्न छोडे।
7
यसैकारण परमप्रभु इस्राएलीहरूसँग रिसाउनुभयो र पलिश्ती र अम्मोनीहरूलाई तिनीहरूमाथि विजय गर्न दिनुभयो।
8
तिनीहरूले अठार वर्षसम्म गिलादमा यर्दन नदीको पूर्वपट्टि एमोरीहरूको देशमा बास गर्ने सबै इस्राएलीहरूलाई सताए र कष्ट दिए।
9
अम्मोनीहरूले यर्दन नदी पार तरेर गई यहूदा, बेन्यामीन र एफ्राइम कुलका मानिसहरूसँग लडाइँ गरे। इस्राएल महासङ्कष्टमा पर्यो।
10
तब इस्राएलीहरूले परमप्रभुलाई पुकारे र भने, “हामीहरूले तपाईंको विरुद्धमा पाप गरेका छौं किनभने हामीले तपाईं हाम्रा परमेश्वरलाई त्याग्यौं र बाल-देवताहरू पुज्यौं।”
11
परमप्रभुले तिनीहरूलाई यस्तो जवाफ दिनुभयो, “बितेका दिनमा तिमीहरूलाई मिश्री, एमोरी, अम्मोनी, पलिश्ती,
12
सीदोनी, अमालेकी र मिद्यानीहरूले सताए अनि तिमीहरूले मलाई पुकार्यौ। के मैले तिमीहरूलाई तिनीहरूदेखि रक्षा गरिनँ र?
13
तरै पनि तिमीहरूले मलाई छोड्यौ र अरू देवताहरूलाई पुज्यौ। यसकारण म फेरि तिमीहरूलाई छुटाउनेछैनँ।
14
गएर तिमीहरूले रोजेका देवताहरूका अघि रोइ-कराइ गर। तिनीहरूले नै कष्टमा परेको बेलामा तिमीहरूलाई बचाऊन्।”
15
तर इस्राएलका जनहरूले परमप्रभुलाई भने, “हामीले पाप गरेका छौं। तपाईंलाई जे मन पर्छ, गर्नुहोस् तर आजचाहिँ कृपागरी हामीलाई बचाउनुहोस्।”
16
तब तिनीहरूले पराई देवताहरू हटाए र परमप्रभुलाई पुजे। तब उहाँको मनमा इस्राएलीहरूको सङ्कष्टको लागि पीडा पर्यो।
17
तब अम्मोनी सेना युद्ध गर्नलाई तयार भयो र गिलादमा छाउनी हाल्यो। इस्राएलीहरू एक भएर आए अनि गिलादको मिस्पामा छाउनी हाले।
18
त्यहाँ इस्राएली कुलका मानिसहरू र तिनका अगुवाहरूले आपसमा सोधा-सोध गरे, “अम्मोनीहरूको विरुद्धमा कसले लडाइँमा हाम्रो अगुवाइ गर्ने? त्यस्तो अगुवा गिलादका सम्पूर्ण मानिसहरूका अगुवा हुनेछ।”
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21