bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Judges 8
Judges 8
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 9 →
1
तब एफ्राइमका मानिसहरूले गिदोनलाई भने, “तिमी मिद्यानीहरूसँग लड्न जाँदा किन हामीलाई बोलाएनौ? किन तिमीले हामीसँग त्यस्तो व्यवहार गर्यौ?” यसबारे तिनीहरूले निकै गनगन गरे।
2
तर उनले तिनीहरूलाई भने, “तिमीहरूले जे गर्यौ, त्यसको तुलनामा मैले जे गर्न सकें, त्यो केही पनि होइन। तिमी एफ्राइमहरूले गरेको सानै काम पनि मेरा सारा कुलले गरेका कामभन्दा बढ्ता भयो।
3
जे भए पनि परमेश्वरको शक्तिले तिमीहरूले मिद्यानी अगुवाहरू ओरेब र जएबलाई मार्यौ। त्यो हेरी मैले के गर्न सकें र?” उनले त्यसो भनेपछि तिनीहरूको रिस शान्त भयो।
4
यतिञ्जेलसम्ममा गिदोन र उनका तीन सय मानिसहरू यर्दन नदी आइपुगे र नदी तरे। तिनीहरू थाकेका थिए तापनि अझै शत्रुहरूलाई खेदिरहेका थिए।
5
सुक्कोत आइपुगेपछि उनले त्यहाँका सहरबासीहरूलाई भने, “मेरा मानिसहरूलाई खानलाई केही रोटी देओ। तिनीहरू थाकेका छन् अनि म मिद्यानी राजाहरू जेबह र सल्मुन्नालाई खेद्दै छु।”
6
तर सुक्कोतका मुखियाहरूले भने, “किन हामीले तिम्रा सेनालाई रोटी दिने? अहिलेसम्म तिमीले जेबह र सल्मुन्नालाई पक्रेका छैनौ त?”
7
गिदोनले भने, “हुन्छ त, परमप्रभुले मेरा हातमा जेबह र सल्मुन्नालाई दिनुभएपछि म तिमीहरूलाई मरुभूमिका काँडा र घोच्ने बुट्टाले कुट्नेछु।”
8
गिदोन पनीएलमा गए र त्यहाँका मानिसहरूसँग तिनले बिन्ती गरे तर तिनीहरूले पनि सुक्कोतबासीहरूले जस्तै उत्तर दिए।
9
यसकारण उनले तिनीहरूलाई भने, “म फेरि कुशलसित यहाँ फर्की आउनेछु र आएर तिमीहरूका किल्ला भत्काइदिनेछु।”
10
जेबह र सल्मुन्ना आफ्ना सेनासँग कर्कोरमा थिए र तिनीहरूका सेनामा मरुभूमिका सबै जातिहरू थिए। त्यो सेनामध्ये १,२०,००० जना मारिएका थिए र अब खालि १५,००० मानिसहरू बाँचेका थिए।
11
नोबह र योगबहाको पूर्वमा मरुभूमिका किनारमा भएको बाटैबाटो गिदोन गए र अचानक शत्रुहरूलाई आक्रमण गरे।
12
दुई मिद्यानी राजाहरू जेबह र सल्मुन्ना भागे तर गिदोनले ती दुईलाई खेदेकोखेदेकै गरेर पक्रिछाडे। तिनीहरूका जम्मै सेना डरले छरपष्ट भई भागे।
13
गिदोन लडाइँबाट हेरेसको उकालो भएर फर्कंदै थिए।
14
बाटोमा उनले एउटा सुक्कोतको युवालाई पक्रेर सोधपुछ गरे। सुक्कोतका सतहत्तर जना मुख्य-मुख्य मानिसहरूका नाम लेखेर त्यस युवाले गिदोनलाई दियो।
15
तब गिदोनले सुक्कोतबासीहरूकहाँ गएर भने, “यादै होला, तिमीहरूले एक दिन मलाई मद्दत गर्न इन्कार गरेका थियौ। मैले जेबह र सल्मुन्नालाई पक्रेको छैन भनेर तिमीहरूले मेरा थाकेका सेनालाई खानेकुरा दिन इन्कार गरेका थियौ। अब ती दुई यहाँ छन्।”
16
तब उनले मरुभूमिदेखि काँडा र घोच्ने बुट्टा लिए र त्यसले सुक्कोतका अगुवाहरूलाई हिर्कार्इ दण्ड दिए।
17
उनले पनीएलका किल्ला पनि भत्काइदिए र त्यहाँका मानिसहरूलाई पनि मारे।
18
तब गिदोनले जेबह र सल्मुन्नालाई सोधे, “तिमीहरूले तबोरमा मारेका मानिसहरू कस्ता थिए?” तिनीहरूले उत्तर दिए, “तिनीहरू तिमीजस्तै देखिन्थे, तिनीहरू एक जना राजाका छोराजस्ता देखिन्थे।”
19
गिदोनले भने, “तिनीहरू मेरा दाजुभाइहरू थिए, मेरै आमाका छोराहरू। जीवित परमप्रभुलाई साक्षी राखी म भन्दछु कि यदि तिमीहरूले तिनीहरूलाई जिउँदै छोडिदिएको भए त म तिमीहरूलाई मार्नेथिइनँ।”
20
तब उनले आफ्ना जेठा छोरा येतेरलाई भने, “उठ् र यिनीहरूलाई मार्!” तर केटोले तरवार थुतेन। त्यो सानै थियो र आनाकानी गर्यो।
21
तब जेबह र सल्मुन्नाले गिदोनलाई भने, “तिमी आफैं आएर हामीलाई मार। गर्वको काम गर्नेलाई गर्वको जरुरी हुन्छ।” यसकारण गिदोनले ती दुईलाई मारे अनि तिनीहरूका ऊँटका घिच्रामा भएका गरगहना फुकाली लगे।
22
त्यसपछि इस्राएलीहरूले गिदोनलाई भने, “तिमी हाम्रा शासक बन। तिमीपछि तिम्रा सन्तान हाम्रा शासक बनून्। तिमीले हामीलाई मिद्यानीहरूदेखि बचाएका छौ।”
23
गिदोनले उत्तर दिए, “म तिमीहरूका राजा बन्नेछैनँ। मेरो छोरो पनि तिम्रा राजा बन्नेछैन। परमप्रभु तिम्रा शासक हुनुहुनेछ।”
24
तर त्यसपछि उनले फेरि भने, “म तिमीहरूबाट एउटा कुरा माग्दछु। तिमीहरूले लिएका कानका सुनका कुण्डल प्रत्येकले मलाई देओ।” (मिद्यानीहरू अरू मरुभूमिबासीजस्तै कानमा सुनका कुण्डल लाउँथे।)
25
मानिसहरूले भने, “हामी खुसीसाथ ती तिमीहरूलाई दिनेछौं।” तिनीहरूले एउटा कपडा ओछ्याए। हरेकले आफूले लिएका कुण्डलहरू त्यहाँ राखिदिए।
26
यसरी गिदोनले पाएका सुनका कुण्डलहरूको ओजन बीस किलोजति भयो। तर त्यसमा मिद्यानी राजाहरूले लाएका गहना, हार र बैजनी-वस्त्रहरू अनि ऊँटका गलाका हार वा सिक्रीहरू परेका थिएनन्।
27
गिदोनले त्यो सुनबाट एउटा मूर्ति बनाए र आफ्नो सहर ओप्रामा राखे। सबै इस्राएलीहरूले परमेश्वरलाई त्यागेर त्यहाँ गई मूर्तिलाई पूजा गर्थे। त्यो गिदोन र उनका परिवारको लागि एउटा पासो बन्यो।
28
यसरी मिद्यानीहरू इस्राएलीहरूसँग हारे र इस्राएलीहरूलाई तिनीहरूको केही डर रहेन। गिदोनका मृत्यु-कालसम्म चालीस वर्षभरि देशमा शान्ति थियो।
29
गिदोन आफ्नो घर गई त्यहीँ बस्न लागे।
30
उनका सत्तरी जना छोरा भए, कारण स्वास्नीहरू धेरै थिए।
31
शकेममा उनकी एउटी रखौटी पनि थिई, त्यसले उनको निम्ति एउटा छोरो जन्माई अनि उनले त्यसको नाम अबीमेलेक राखे।
32
योआशको छोरा गिदोन पूरा उमेर पुगेर बुढेसकालमा मरे र उनको बुबा योआशको चिहानमा गाडिए। सो चिहान अबीएजेर कुलको सहर ओप्रामा थियो।
33
गिदोनको मृत्युपछि इस्राएलीहरू परमेश्वरप्रति फेरि अविश्वासी बने र बालको पूजा गर्न लागे। तिनीहरूले बाल-बरीतलाई आफ्नो देवता बनाए
34
र आफ्ना चारैपट्टिका शत्रुहरूदेखि रक्षा गर्नुहुने आफ्ना परमप्रभु परमेश्वरलाई सेवा गर्न छोडे।
35
गिदोनले इस्राएलका निम्ति गरेका सम्पूर्ण उपकारका कार्य भुलेर तिनीहरू उसका परिवारप्रति धन्यवादी रहेनन्।
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21