bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Judges 11
Judges 11
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 12 →
1
[1-2] गिलादका एक जना साहसी योद्धा एउटी वेश्याको छोरो यिप्ता थिए। उसका बुबा गिलादको आफ्नी स्वास्नीपट्टिका अरू छोराहरू थिए। ती छोराहरू बढेपछि यिप्तालाई घरबाट निकालिदिए। तिनीहरूले उसलाई भने, “हाम्रा बुबाको केही धन-सम्पत्ति तैँले पाउनेछैनस्। तँ अर्की स्त्रीको सन्तान होस्।”
3
यिप्ता आफ्ना दाजुभाइहरूदेखि भागेर गए अनि तोब देशमा बस्न लागे। त्यहाँ एक दल हुल्याहा मानिसहरूलाई उसले भेला गरे अनि तिनीहरू ऊसँग डुली हिँड्थे।
4
त्यसको केही समयपछि अम्मोनीहरूले इस्राएलमाथि आक्रमण गरे।
5
त्यसो हुँदा गिलादका अगुवाहरू यिप्तालाई तोब देशदेखि फर्काई ल्याउन गए।
6
तिनीहरूले उसलाई भने, “आएर हाम्रो अगुवाइ गर र हामी अम्मोनीहरूसँग लडाइँ गर्न सकौँला।”
7
तर यिप्ताले उत्तर दिए, “तिमीहरूले मलाई यति घिन गर्थ्यौ कि मलाई मेरा बुबाको घर छोड्न कर लाग्यो। अहिले कष्ट पर्दा किन मकहाँ आउनुपर्यो?”
8
तिनीहरूले यिप्तालाई भने, “हामी तिमीकहाँ यसकारण आएका छौं कि हामी चाहन्छौं, तिमी हामीसँग आऊ र अम्मोनीहरूसँग लड्नलाई सबै गिलादीहरूको अगुवाइ गर।”
9
यिप्ताले भने, “यदि तिमीहरू अम्मोनीहरूसँग लड्नलाई मलाई घर फर्काई लैजान्छौ भने र परमप्रभुले मलाई विजय दिनुभयो भने म तिमीहरूका शासक हुनेछु।”
10
तिनीहरूले जवाफ दिए, “हामी राजी छौं। परमप्रभु हाम्रा साक्षी हुनुहुन्छ।”
11
यसरी यिप्ता गिलादी अगुवाहरूसँग फर्किगए र मानिसहरूले उसलाई आफ्ना शासक र अगुवा बनाए। यिप्ताले मिस्पामा परमप्रभुको सामु अघि भनेका आफ्ना कुराहरू दोहोर्याए।
12
तब यिप्ताले अम्मोनका राजाकहाँ यसो भनी दूतहरू पठाए, “तिम्रो हामीसँग के झगडा छ? किन तिमीहरूले मेरो देशमाथि आक्रमण गर्यौ?”
13
अम्मोनका राजाले ती दूतहरूलाई उत्तर दियो, “जब इस्राएलीहरू मिश्रदेशदेखि निक्लिआए, तिनीहरूले अर्नोन नदीदेखि यब्बोक र यर्दन नदीसम्मका हाम्रा देश कब्जा गरे। यी जमिन अब शान्तिपूर्वक हामीलाई फर्काइदिनुपर्छ।”
14
यिप्ताले यसो भनेर फेरि आफ्ना दूतहरू अम्मोनका राजाकहाँ पठाए,
15
“इस्राएलले मोआबी वा अम्मोनीहरूका देश लिए भन्ने कुरा साँचो होइन।
16
खासमा यसो भएको थियो— जब इस्राएलीहरूले मिश्रदेश छोडे, तिनीहरू मरुभूमिबाट भएर लाल-समुद्रमा पुगे र त्यहाँदेखि कादेशमा आए।
17
तब तिनीहरूले एदोमका राजाकहाँ दूतहरू पठाएर उसको देशबाट भएर जानलाई बाटो मागे। तर एदोमका राजाले बाटो दिएन। तिनीहरूले मोआबका राजासँग पनि बाटो मागे तर उसले पनि आफ्ना देशबाट भएर जान अनुमति दिएन। यसकारण इस्राएलीहरू कादेशमा बसे।
18
तब तिनीहरू मरुभूमिका बीचबाट भएर गए अनि एदोम र मोआबका देशहरू फेरो मारेर मोआबका पूर्वपट्टि अर्नोन नदीपारि आइपुगे। त्यहाँ तिनीहरू छाउनी हालेर बसे तर तिनीहरूले अर्नोन नदी पार गरेनन्, कारण त्यो मोआब देशको सिमाना थियो।
19
त्यसपछि इस्राएलीहरूले हेश्बोनमा एमोरी राजा सीहोनकहाँ दूतहरू पठाएर उसको देशबाट भएर आफ्ना मुलुकमा जानलाई अनुमति मागे।
20
तर सीहोनले इस्राएलीहरूलाई बाटो दिएन। उसले आफ्ना सारा सेना भेला गर्यो, यहसामा छाउनी हाल्यो र इस्राएलीहरूमाथि आक्रमण गर्यो।
21
तर परमप्रभु इस्राएलका परमेश्वरले इस्राएलीहरूलाई सीहोन र उसका सेनामाथि विजय गराउनुभयो। यसरी इस्राएलीहरूले त्यहाँ बास गर्ने एमोरीहरूका सारा देशमाथि अधिकार गरे।
22
दक्षिणमा अर्नोन नदीदेखि लिएर उत्तरमा यब्बोक नदीसम्म र पूर्वमा मरुभूमिदेखि पश्चिममा यर्दन नदीसम्म, एमोरीहरूका इलाका तिनीहरूले आफ्नो बनाए।
23
यसरी परमप्रभु इस्राएलका परमेश्वरले आफ्ना प्रजा इस्राएलीहरूका निम्ति एमोरीहरूलाई धपाउनुभएको हो।
24
के तिमी सो इलाका फर्काइलिने चेष्टा गर्छौ? तिम्रा देवता कमोशले जे-जति दिएका छन्, सो तिमी राख्न सक्छौ। तर हाम्रा परमेश्वर परमप्रभुले हाम्रा लागि जे-जति दिनुभएको छ, हामी राख्नेछौं।
25
के तिमी आफैंलाई सिप्पोरका छोरा अनि मोआबका राजा बालाकभन्दा ठूला सम्झन्छौ? के बालाकले कहिल्यै इस्राएलीहरूसँग जुध्ने काम गर्यो? के उसले हाम्रा विरुद्धमा कहिल्यै लडाइँ गर्यो?
26
तीन सय वर्षदेखि हेश्बोन र अरोएर र तिनका चारैपट्टिका सहरहरू र अर्नोन नदीको किनारका सबै सहरहरू इस्राएलीहरूका अधीनमा छन्। यतिञ्जेलसम्म किन तिमीहरूले ती सहरहरू लिएनौ?
27
अहँ, मैले तिमीलाई केही नराम्रो गरेको छैनँ। तिमीले पो हामीमाथि आक्रमण गरेर अन्याय गरेका छौ। परमप्रभु न्यायकर्ता हुनुहुन्छ। उहाँले आज इस्राएली र अम्मोनीहरूका माझमा आफ्नो फैसला दिनुहुनेछ।”
28
तर अम्मोनका राजाले यिप्ताको यो कुरामा केही ध्यान दिएन।
29
तब परमप्रभुका आत्मा यिप्तामाथि उत्रनुभयो। ऊ गिलाद र मनश्शे भएर मिस्पामा फर्किआए र अम्मोनसम्म गए।
30
यिप्ताले परमप्रभुलाई यस्तो प्रतिज्ञा गरे, “यदि तपाईंले मलाई अम्मोनीहरूमाथि विजय तुल्याउनुभयो भने
31
म विजय पाएर घर फर्किजाँदा मेरा घरदेखि मलाई भेट्न आउने सबैभन्दा पहिलो व्यक्तिलाई म होमबलि चढाउनेछु। म त्यस व्यक्तिलाई तपाईंको निम्ति बलि चढाउनेछु।”
32
यिप्ताले अम्मोनीहरूसँग लड्नलाई नदी पार गरे अनि परमप्रभुले उसलाई विजय दिनुभयो।
33
अरोएरदेखि लिएर मिन्नीतको चारैपट्टिको क्षेत्रमा जम्मा बीस सहरहरूमा र हाबिल-करमीमसम्म यिप्ताले तिनीहरूमाथि आक्रमण गरे। धेरै मानिसहरू हारे अनि अम्मोनीहरू इस्राएलसँग हारे।
34
जब यिप्ता मिस्पामा आफ्नो घरमा आए, उसकी छोरी खैँजडी बजाएर नाच्दै उसलाई भेट्न आई। त्यो उसको एउटै सन्तान थिई।
35
यिप्ताले जब आफ्नी छोरीलाई देख्यो, अफसोस गरेर आफ्नो लुगा च्याते र भने, “हाय, मेरी छोरी! तिमीले मेरो हृदय खिन्न पारिदियौ। किन तिमीले मलाई कष्ट दिनुपर्यो? मैले परमप्रभुसँग एउटा गम्भीर प्रतिज्ञा गरेको छु र सो म टार्न सक्दिनँ!”
36
त्यसले उसलाई भनी, “यदि तपाईंले परमप्रभुलाई प्रतिज्ञा गर्नुभएको छ भने तपाईंले भनेजस्तै मसँग गर्नोस् किनकि परमप्रभुले तपाईंलाई आफ्ना शत्रु अम्मोनीहरूसँग बदला लिन दिनुभएको छ।
37
तर बुबा, मलाई एउटा कृपा गर्नुहोस्। मलाई दुई महिनासम्म छोडिदिनुहोस् र आफ्ना साथीहरूसँग डाँडामा जान पाऊँ र म कुमारी नै मर्नुपर्ने भएकोमा शोक गर्न सकूँ।”
38
उसले त्यसलाई दुई महिनाको लागि बिदा गरिदियो। त्यो आफ्ना सहेलीहरूसँग डाँडामा गई र विवाह नगरी सन्तानबिना मर्नुपरेकोमा शोक गरी।
39
दुई महिनापछि त्यो बुबाकहाँ फर्की आई। यिप्ताले परमप्रभुलाई गरेको प्रतिज्ञा पूरा गरे अनि उसकी छोरी कुमारी अवस्थामा नै मरी।
40
यसरी इस्राएली तरुणी स्त्रीहरू वर्षेनी चार दिनसम्म गिलादी यिप्ताकी छोरीको निम्ति गई शोक गर्ने प्रथा इस्राएलमा सुरु भयो।
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21