bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Judges 3
Judges 3
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 4 →
1
यसरी कनान देशमा लडाइँमा भाग नलिने इस्राएलीहरूको जाँच गर्नलाई परमप्रभुले केही अन्यजातिहरूलाई देशमा राख्नुभयो।
2
इस्राएलका प्रत्येक पुस्तालाई, विशेष जसले लडाइँ गर्दैगरेका थिएनन्, तिनीहरूलाई लडाइँ के हो, सिकाउनलाई परमप्रभुले यसो गर्नुभएको थियो।
3
पाँच सहरमा बास गर्ने पलिश्तीहरू र लेबनान पहाडमा बाल-हेर्मोन डाँडादेखि लेबो-हमात घाटीसम्म बास गर्ने कनानी, सीदोनी र हिव्वीहरू यसरी देशमा छोडिएका अन्यजातिहरू थिए।
4
इस्राएलीहरूको जाँचको निम्ति र तिनीहरूले तिनका पिता-पुर्खाहरूलाई परमप्रभुले आगोद्वारा दिनुभएको आज्ञापालन गर्छन् कि गर्दैनन्, सो जाँच्नलाई ती अन्यजातिहरू राखिएका थिए।
5
यसरी कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूका बीचमा इस्राएलीहरू बास गर्न लागे।
6
तिनीहरूले आपसमा बिहेबारी गरे र अन्यजातिहरूका देवताहरूको पूजा गर्न थाले।
7
आफ्ना परमप्रभु परमेश्वरलाई इस्राएलीहरूले बिर्से। तिनीहरूले परमेश्वरका विरुद्धमा पाप गरे अनि बाल-देवता र अशेरा-देवीका मूर्तिहरूलाई पुज्न लागे।
8
यसकारण परमप्रभु इस्राएलीहरूसँग रिसाउनुभयो र तिनीहरूलाई अराम-नाहारैमका राजा कूशन-रिशातैमको वशमा पारिदिनुभयो र आठ वर्षसम्म तिनको वशमा इस्राएलीहरू रहे।
9
तब इस्राएलीहरूले परमप्रभुलाई पुकारे। उहाँले तिनीहरूलाई छुटकारा दिनलाई एक जना व्यक्ति पठाइदिनुभयो। कालेबका भाइ कनजको छोरा ओत्निएल ती व्यक्ति थिए।
10
परमप्रभुको आत्मा उनीमाथि उत्रेर आउनुभयो र उनी इस्राएलका अगुवा भए। उनी युद्ध गर्न गए अनि परमप्रभुले उनलाई आराम-नहारैमका राजामाथि विजय दिनुभयो।
11
त्यसपछि चालीस वर्षसम्म देशमा शान्ति रह्यो। तब ओत्निएलको मृत्यु भयो।
12
इस्राएलका मानिसहरूले फेरि परमप्रभुका विरुद्ध पाप गरे। यसकारण परमप्रभुले मोआबका राजा एग्लोनलाई इस्राएलभन्दा बलियो तुल्याउनुभयो।
13
एग्लोनले अम्मोनी र अमालेकीहरूसँग मेल गर्यो र तिनीहरूले मिलेर इस्राएलीहरूलाई हराए र खजूरका रूखका सहर यरीहोलाई आफ्ना कब्जामा पारे।
14
अठार वर्षसम्म इस्राएलीहरू एग्लोनका अधीनमा रहे।
15
तब इस्राएलीहरूले परमप्रभुलाई पुकारे अनि तिनीहरूलाई छुटाउनलाई उहाँले एक जना व्यक्ति पठाइदिनुभयो। ती व्यक्ति बेन्यामीन कुलका गेराको छोरा एहूद थिए। एहूदले देब्रे हात चलाउँथे। इस्राएलीहरूले उनलाई कोसेली लिएर मोआबका राजा एग्लोनकहाँ पठाए।
16
एहूदले आफ्ना निम्ति एक हात लामो एउटा तरवार बनाएका थिए। उनले त्यो तरवार दाहिनेपट्टि आफूले लाएको लुगामुनि बाँधेर भिरेका थिए।
17
एग्लोनलाई उनले कोसेली टक्र्याए। एग्लोन साह्रै मोटा थिए।
18
कोसेली टक्र्याएपछि ती बोकी आउने मानिसहरूलाई एहूदले घर फर्काइदिए।
19
तर आफैंचाहिँ गिलगालछेउ, मूर्ति भएका ठाउँदेखि फर्केर एग्लोनकहाँ गएर भने, “महाराज, तपाईंलाई गुप्तमा मेरो केही कुरा भन्नु छ।” राजाले चाकरहरूलाई बाहिर जान आज्ञा दिए र तिनीहरू बाहिर निस्के।
20
तब राजा एक्लै महलको छानाको शीतल-कोठामा बसेका बेलामा एहूदले छेउमा गएर भने, “तपाईंलाई परमेश्वरबाट एउटा खबर छ।” त्यो सुनेर राजा उभिए।
21
एहूदले देब्रे हातले दाहिनेतिरबाट तरवार झिकेर राजाको पेटमा रोपिदिए।
22
बिँडसमेत पूरा तरवार पेटभित्र पस्यो र बोसोमा पुरियो। तरवार वारपार भएर राजाको पछिल्लोपट्टि निस्क्यो र त्यो ननिकाली एहूदले त्यत्तिकै छोडिदिए।
23
उनी बाहिर निस्के, ढोकाहरू बन्द गरे र ताल्चा लगाइदिए
24
र त्यहाँबाट हिंडे। राजाका चाकरहरू आए र ढोकाहरू ताल्चा लाएका र बन्द देखेर राजा भित्रै दिसा गर्न बसेका होलान् भन्ठाने।
25
धेरै बेर पर्खेपछि पनि जब राजा ढोका खोलेर बाहिर निस्केनन्, तिनीहरूले साँचो लिएर ढोका खोले। तिनीहरूले आफ्नो मालिकलाई भूइँमा मरेर लडिरहेको भेट्टाए।
26
तिनीहरूले पर्खिरहेका बेलामा एहूद भागिसकेका थिए। उनी मूर्तिहरूको छेउ भएर सीरा भन्ने ठाउँमा भागेर गए।
27
त्यहाँ एफ्राइमको पहाडमा पुगेपछि इस्राएलीहरूलाई लडाइँ गर्न उनले तुरही फुकेर बोलाए। तिनीहरूका अघि-अघि उनी पहाडदेखि ओह्रालो झरे।
28
उनले तिनीहरूलाई भने, “मेरो पछि आओ। परमप्रभुले तिमीहरूलाई आफ्ना शत्रु मोआबमाथि विजय दिनुभएको छ।” तिनीहरू एहूदको पछिपछि लागे र मोआबीहरूले यर्दन नदी पार गर्न लागेका ठाउँ आफ्ना हात पारे। तिनीहरूले कुनै पनि मोआबीलाई नदी पार गर्न दिएनन्।
29
त्यो दिन तिनीहरूले प्राय: सबैभन्दा शूरवीर दश हजार मोआबी सैनिकहरूलाई मारे। कोही पनि उम्कन पाएनन्।
30
त्यो दिन इस्राएलीहरूले मोआबीहरूलाई हराएपछि देशमा असी वर्षसम्म शान्ति कायम रह्यो।
31
त्यसपछि अनातका छोरा शमगर अगुवा भए। गोरु धपाउने लौरोले छ सय पलिश्तीहरूलाई मारेर उनले इस्राएलीहरूलाई बचाए।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21