bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Judges 20
Judges 20
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 21 →
1
तब उत्तरमा दानदेखि दक्षिणमा बेर्शेबासम्म र पूर्वमा गिलाददेखि सबै इस्राएलीहरू निस्किआए। तिनीहरू एक भएर परमेश्वरको सामुन्ने मिस्पामा भेला भए।
2
यसरी परमेश्वरका जनहरू भेला भएका ठाउँमा इस्राएलका सबै कुलका अगुवाहरूसहित चार लाख पैदल-सेना हाजिर थिए।
3
त्यस बेला सबै इस्राएलीहरू मिस्पामा भेला भएका छन् भनेर बेन्यामीनीहरूले पनि सुने। इस्राएलीहरूले सोधे, “यस्तो अपराध कसरी भयो? हामीलाई भन।”
4
जसकी रखौटीको मृत्यु भएको थियो, त्यस लेवीले भन्यो, “म र मेरी स्वास्नी बेन्यामीनीहरूका गिबामा राती बास बस्न गयौं।
5
गिबाबासीहरू राती मलाई लिन आए र घर घेरे। तिनीहरूले मलाई मार्न चाहँन्थे। तर तिनीहरूले मेरी रखौटीलाई बलात्कार गरे र त्यो मरी।
6
मैले त्यसको शरीर काटें र टुक्रा पारेर एक-एक टुक्रा इस्राएलका बाह्रै कुललाई पठाएँ। ती मानिसहरूले हाम्रा बीचमा दुष्ट र अनैतिक काम गरेका छन्।
7
तिमीहरू सबै जना इस्राएलीहरू हौ। अब यसबारे के गर्ने?”
8
सबै मानिसहरूले एकसाथ उभिएर भने, “हामीमध्ये कोही पनि आफ्ना घर वा पालमा फर्किजानेछैनौं।
9
हामी यसो गर्नेछौं, चिट्ठा हालेर हामी को-को गिबामाथि आक्रमण गर्न जाने भनी चुन्नेछौं।
10
इस्राएलीहरूले दश भागमा एक भाग सेनाका निम्ति भोजन जगेडा गर्नेछन्, बाँकी सबै जना गएर गिबाबासीहरूले हाम्रा बीचमा गरेको यो दुष्ट र अनैतिक कार्यको लागि तिनीहरूलाई सजायँ दिनेछन्।”
11
यसरी इस्राएलीहरू सबै जना एक मतो भएर गिबामाथि आक्रमण गर्न भेला भए।
12
बेन्यामीनका इलाकाभरि इस्राएलीहरूले यसो भन्नलाई मानिसहरू पठाए, “तिमीहरूले कसको अत्याचार गर्यौ?
13
अब गिबाका ती बदमाशहरूलाई हामीलाई सुम्पिदेओ। हामी तिनीहरूलाई मार्नेछौं र इस्राएलमा भएको यो दुष्कर्म मेट्नेछौं।” तर बेन्यामीनी मानिसहरूले अरू इस्राएलीहरूले भनेका कुरामा वास्तै गरेनन्।
14
बेन्यामीनी कुलका सारा सहरदेखि अरू मानिसहरूका विरुद्ध लडाइँ गर्न गिबामा आए।
15
[15-16] त्यो दिन बेन्यामीनीहरूले आफ्ना सहरबाट २६,००० सैनिक जम्मा गरे। तीबाहेक गिबाबासीहरूले सात सय देब्रे हात चलाउने विशेष मानिसहरूलाई पनि जम्मा गरे। घुयेत्रो हानेर केशलाई पनि तिनीहरूले निशाना लगाउँथे।
17
बेन्यामीन कुल छोडेर अरू इस्राएलीहरूले ४,००,००० तालिम पाएका सैनिकहरू जम्मा गरे।
18
इस्राएलीहरू बेथेलमा आफ्ना आराधना-स्थलमा गए। त्यहाँ तिनीहरूले परमेश्वरसँग सोधे, “कुन कुलले पहिले बेन्यामीनीहरूमाथि आक्रमण गर्नुपर्छ?” परमप्रभुले उत्तर दिनुभयो, “यहूदा कुलले पहिले आक्रमण गर्नू।”
19
भोलिपल्ट बिहान इस्राएलीहरू हिँडे र गिबा सहरको नजिक आई छाउनी हालेर बसे।
20
बेन्यामीनी सेनामाथि आक्रमण गर्न तिनीहरू अघि बढे र सैनिकहरू सहरपट्टि फर्केर आ-आफ्ना ठाउँमा तयार बसे।
21
घाम डुब्नुअघि बेन्यामीनी सेनाले सहरबाट बाहिर आएर २२,००० इस्राएली सैनिकहरूलाई मारे।
22
[22-23] तर आफ्ना आराधना-स्थलमा इस्राएलीहरू गए र साँझसम्म परमप्रभुको सामु शोक मनाए। तिनीहरूले सोधे, “के हामी फेरि आफ्ना भाइ बेन्यामीनीहरूसँग लडाइँ गर्न जाऔं?” परमप्रभुले उत्तर दिनुभयो, “हो, जाओ।” त्यसरी इस्राएली सेनाले उत्साह पाए। तिनीहरूले आफ्ना सैनिक फेरि अघिल्लो दिनजस्तै ठाउँ-ठाउँमा राखे।
24
दोस्रोचोटि तिनीहरूले बेन्यामीनी सेनामाथि आक्रमण गरे।
25
दोस्रोचोटि बेन्यामीनीहरू गिबा सहरबाट बाहिर आए। यसपालि तिनीहरूले अठाह्र हजार तालिम पाएका इस्राएली सैनिकहरूलाई मारे।
26
तब इस्राएलका सारा मानिसहरू बेथेलमा गएर शोक गरे। त्यहाँ तिनीहरू परमप्रभुको अघि बसे र साँझसम्म केही खाएनन्। तिनीहरूले परमप्रभुको अघि मेलबलि र होमबलि चढाए।
27
[27-28] त्यति बेला त्यहीँ बेथेलमा परमेश्वरको करारको सन्दुक थियो। एलाजारका छोरा अनि हारूनका नाति पीनहासको जिम्मामा सन्दुक थियो। इस्राएलीहरूले परमेश्वरसँग सोधे, “हामी गएर हाम्रा भाइ बेन्यामीनीहरूसँग फेरि लडाइँ गरौं कि नगरौं?” परमप्रभुले उत्तर दिनुभयो, “लडाइँ गर, भोलि म तिमीहरूलाई विजय दिनेछु।”
29
इस्राएलीहरूले आफ्ना केही सेनाहरू गिबाका चारैपट्टि लुकाएर राखे।
30
तेस्रो दिन तिनीहरूले फेरि बेन्यामीन सेनामाथि आक्रमण गरे। अघिल्ला दिनका जस्तै तिनीहरूले गिबाको सामुन्ने आफ्ना सेना लड्नलाई तयार पारे।
31
बेन्यामीनीहरू लडाइँ गर्न निस्किआए र सहरदेखि टाढासम्म गए। अघिल्ला दिनमा जस्तै तिनीहरूले इस्राएलीहरूलाई खुल्ला मैदानमा मार्न लागे। बेथेल र गिबा जाने बाटोहरूमा पनि तिनीहरूले इस्राएलीहरूलाई मारे। जम्मा तीस जनाजति इस्राएलीहरूलाई तिनीहरूले मारे।
32
बेन्यामीनीहरूले भने, “बितेका दिनमा जस्तै आज पनि हामीहरूले इस्राएलीहरूलाई जित्दै छौं।” तर हारेर भागेजस्तो गर्दै बेन्यामीनीहरूलाई सहरदेखि टाढा बाटोमा तानेर पुर्याउने युक्ति इस्राएलीहरूले गरेका थिए।
33
यसकारण मुख्य इस्राएली सेना हटेर गई बाल-तामारमा जम्मा भए। त्यस बेला तुरुन्तै आफू लुकिरहेका ढुङ्गेनी ठाउँहरू छोडेर गिबालाई घेरेर बसेका इस्राएली सेना चारैपट्टिबाट निस्के।
34
१०,००० मानिसहरूले गिबामाथि आक्रमण गरे। ती दश हजार मानिसहरू इस्राएलबाट विशेष गरी चुनिएका थिए। घमासान युद्ध भयो। हामी नाश हुन आँटेका छौं भनी बेन्यामीनीहरूले थाहै पाएनन्।
35
परमप्रभुले इस्राएलीहरूलाई बेन्यामीनी सेनामाथि विजय दिनुभयो। त्यस दिन इस्राएलीहरूले २५,१०० शत्रुहरूलाई मारे।
36
तब बेन्यामीनीहरूले आफू हारेको चाल पाए। इस्राएली मुख्य सेना बेन्यामीनीहरूदेखि पछि हटेका थिए, कारण तिनीहरू गिबाका चारैपट्टि लुकेर बसेका सेनामाथि धेरै भर परेका थिए।
37
ती सैनिकहरू तुरुन्तै गिबातर्फ बढे, सहरभित्र फैलिएर गए र त्यहाँ भएका सबैलाई मारे।
38
[38-39] इस्राएली मुख्य सेना र गिबामा लुकेर बसेका सेनाका बीच एउटा चिन्ह दिने मतो भएको थियो। सहरबाट धुँवाको मुस्लो आकाशतिर गएको देख्दा बाहिर लडाइँको मैदानमा भएको सेना फर्कनुपर्थ्यो। त्यतिञ्जेलसम्म बेन्यामीनीहरूले तीस जना इस्राएलीहरूलाई मारिसकेका थिए। तिनीहरूले सोचे, “अघिजस्तै हामीले यिनीहरूलाई जितेका छौं।”
40
तब चिन्ह देखियो, सहरबाट धुँवाको मुस्लो उँभो उठ्यो। बेन्यामीनीहरूले पछि फर्केर हेरे र सारा सहरमा आगो लागेको देखे।
41
तब इस्राएलीहरूतिर फर्केर हेरे। आफ्नो नाश हुने समय आएको देखेर बेन्यामीनीहरू आत्तिए।
42
इस्राएलीहरूदेखि भागेर खुल्ला मैदानतिर तिनीहरू दगुरे। तर तिनीहरू उम्कन पाएनन्। इस्राएली मुख्य सेना र सहरबाट निक्लँदैआएका सेनाका बीचमा तिनीहरू परे र नाश भए।
43
इस्राएलीहरूले शत्रुलाई फन्दामा पारे र तिनीहरूलाई खेद्दै र मार्दै गरेर नरोकीकन गिबामा पूर्वपट्टिको एउटा ठाउँमा पुर्याए।
44
सबैभन्दा असल १८,००० बेन्यामीनी सैनिकहरू मारिए।
45
बाँचेका जति फर्केर रिम्मोन-चट्टान जानलाई त्यसका खुला मैदानतिर दगुरे। बाटामा तिनीहरू ५,००० जना मारिए। अरू बाँचेकाहरूलाई इस्राएलीहरूले गीदोमसम्म खेदेर लगे र अरू २,००० लाई मारे।
46
त्यो दिनमा २५,००० बेन्यामीनीहरू मारिए। ती मारिने सबै जना साहसी योद्धाहरू थिए।
47
मैदानबाट उम्केर छ सय जना बेन्यामीनीहरू रिम्मोन-चट्टानमा पुगे। त्यहाँ तिनीहरू चार महिनासम्म बसे।
48
इस्राएलीहरूले अरू बेन्यामीनीहरूमाथि आक्रमण गरे र सबैलाई मारे। तिनीहरूले पुरुष, स्त्री, छोरा-छोरीहरू, गाई-वस्तुहरू कसैलाई छोडेनन्। तिनीहरूले त्यहाँ भएका सबै सहरहरू डढेलो लाएर स्वाहा पारिदिए।
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 21 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21