bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Judges 21
Judges 21
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
1
इस्राएलीहरू मिस्पामा भेला भएका बेलामा तिनीहरूले परमप्रभुसँग एउटा यस्तो प्रतिज्ञा गरेका थिए, “कुनै बेन्यामीनीहरूलाई विवाह गर्न हामी आफ्नी छोरी दिनेछैनौं।”
2
बेथेलमा गएर परमेश्वरको सामु इस्राएली मानिसहरू साँझसम्म बसे। कराई-कराईकन तिनीहरूले विलाप गरे।
3
तिनीहरूले भने, “हे परमप्रभु इस्राएलका परमेश्वर, किन यस्तो हुन दिनुभयो? किन अब बेन्यामीनीहरूका कुल इस्राएलदेखि लोप हुन लागेको छ?”
4
भोलिपल्ट बिहानै ती मानिसहरू उठे र त्यहाँ एउटा वेदी बनाए। त्यहाँ तिनीहरूले मेलबलि र होमबलि चढाए।
5
तिनीहरूले सोधे, “के इस्राएलका सारा कुलहरूमध्ये कुनै यस्तो दल छ, जो परमेश्वरको सामुन्ने मिस्पामा हाजिर भएन?” (मिस्पामा प्रभुकहाँ नजानेलाई तिनीहरूले मार्ने किरिया खाएका थिए।)
6
आफ्ना बेन्यामीनी भाइहरूका निम्ति इस्राएलका मानिसहरूले शोक गरे र भने, “आज इस्राएलको एउटा कुल नै मेटिएको छ।
7
बाँकी रहेका बेन्यामीनी पुरुषहरूको निम्ति हामीले कहाँबाट स्वास्नी ल्याइदिनु? हाम्री छोरी तिनीहरूलाई विवाह गर्न दिनेछैनौं भनी हामीले परमप्रभुसँग प्रतिज्ञा गरेका थियौं।”
8
इस्राएलका कुलबाट परमप्रभुकहाँ मिस्पामा नजाने कुनै दल छ कि भनेर तिनीहरूले खोजी गरे। गिलादको याबेशबाट कोही पनि त्यहाँ नगएका तिनीहरूले भेट्टाए।
9
सेनाको हाजिरी लिँदा याबेश-गिलादबाट एक जनाको पनि नाम भेटिएन।
10
यसकारण त्यस सभाले १२,००० सबैभन्दा असल योद्धाहरूलाई यस्तो आज्ञा दिई पठाए, “जाओ र याबेश-गिलादमा भएका जम्मै पुरुष, स्त्री र छोरा-छोरीहरूलाई मार।
11
खालि कन्ये-केटीहरूलाई छोडिदिनू र अरू सबैलाई मार्नू।”
12
याबेश-गिलादबासीहरूमध्ये चार सय जना कन्ये केटीहरू तिनीहरूले भेट्टाए। ती केटीहरूलाई तिनीहरूले कनान देशमा शीलोको छाउनीमा ल्याए।
13
त्यसपछि इस्राएलीहरूका त्यस सभाले रिम्मोन-चट्टानमा बसेका सबै बेन्यामीनीहरूलाई लडाइँ सिद्धिएको खबर पठाए।
14
बेन्यामीनीहरू फर्की आए र इस्राएलीहरूले ल्याएका केटीहरू तिनीहरूलाई दिइहाले। तिनीहरूले ती केटीहरूलाई नमारी राखेका थिए। तर त्यति केटीहरूले सबै बेन्यामीनीहरूलाई पुगेन।
15
सबैले बेन्यामीनीहरूका निम्ति शोक गरे, कारण इस्राएलका कुलहरूबीचको मेल परमप्रभुले तोडिदिनुभएको थियो।
16
यसकारण सभाका अगुवाहरूले भने, “बेन्यामीनी कुलमा आइमाईहरू छैनन्। बाँकी पुरुषहरूलाई कसरी स्वास्नी खोजी ल्याइदिनु?
17
इस्राएलको एउटा कुल नै मारिनुहुँदैन। बेन्यामीन कुललाई बचाउन काम गर्नुपर्छ।
18
तर हाम्रा छोरीहरू त तिनीहरूलाई विवाह गर्न दिन सक्दैनौं, कारण कुनै बेन्यामीनीलाई आफ्नी छोरी-चेली विवाह गर्न दिने मानिसलाई हामीले सराप दिएका छौं।”
19
तर तिनीहरूले सोचे, “शीलोमा वर्षेनी परमप्रभुको निम्ति हुने चाड अब नजिक छ।” (शीलो बेथेलको उत्तरमा लबोनाको दक्षिणमा र बेथेलदेखि शकेम जाने बाटोको पूर्वमा पर्छ।)
20
तिनीहरूले बेन्यामीनीहरूलाई भने, “दाखबारीमा जाओ र त्यहाँ लुकी पर्खिबस।
21
चाडको दिन जब शीलोका केटीहरू नाच्नलाई आउँछन्, तिनीहरू दाखबारीबाट निस्केर ती केटीहरूलाई जबरजस्ती पक्रनू र हरेकले एकएक वटा स्वास्नी लिनू। केटीहरूलाई आफूसँग आफ्ना देशमा लिएर जानू।
22
तिनीहरूका बुबा र दाजुभाइहरू आएर तिमीहरूलाई बाधा दिए भने तिनीहरूलाई यसो भन्नू, ‘यिनीहरूलाई हामीसँग छोडिदिनुहोस्, हामीले यिनीहरूलाई विवाह गरूँला भनी तपाईंहरूदेखि लडाइँमा जितेका होइनौं। यिनीहरूलाई तपाईंहरूले पनि हामीलाई दिनुभएको होइन, यसर्थ तपाईंहरूलाई प्रतिज्ञा तोडेको दोष लाग्नेछैन।”
23
बेन्यामीनीहरूले त्यसै गरे। शीलोमा नाच्ने केटीहरूमध्ये एकएक वटा स्वास्नी हरेकले चुन्यो र त्यसलाई लिएर गए। तिनीहरू आफ्ना सिमानामा गए, आफ्ना सहर फेरि नयाँ गरी बनाए र त्यहाँ बस्न थाले।
24
अरू इस्राएलीहरू पनि त्यही बेला बिदा भए। आफ्नै कुल र परिवारमा र आफ्ना सम्पत्ति भएको ठाउँमा हरेक मानिस फर्की गयो।
25
त्यति बेला इस्राएलमा राजा थिएन। जसलाई जे मनलाग्थ्यो, उसले त्यही गर्थ्यो।
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21