bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Judges 14
Judges 14
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 15 →
1
एक दिन शिमशोन तिम्नामा गए। त्यहाँ उनले एउटी पलिश्ती केटी देखे।
2
उनी घर फर्केर आए र आफ्ना आमा-बुबालाई भने, “तिम्नामा मैले एउटी पलिश्ती केटी देखें। म त्योसँग विवाह गर्न चाहन्छु। तिनलाई मेरो निम्ति ल्याइदिनुहोस्।”
3
तर उनका आमा-बुबाले सोधे, “खतना नगर्ने पलिश्तीहरूका बीचदेखि तैँले स्वास्नी ल्याउनुपर्छ? हाम्रै कुलमा, हाम्रै जातिमा एउटी केटी पाउन सकिनस्?” तर शिमशोनले बुबालाई भने, “मलाई त्यही केटी मन पर्यो। मलाई त्यही केटी ल्याइदिनुहोस्।”
4
परमप्रभुले शिमशोनलाई त्यसो गर्न लाउँदै हुनुहुन्छ भनी उसका आमा-बुबाले चाल पाएनन्। पलिश्तीहरूसँग लडाइँ गर्नलाई उहाँले एउटा उपाय निकाल्दै हुनुहुन्थ्यो। तिनताका पलिश्तीहरूले इस्राएलमाथि राज गर्दथे।
5
तब आफ्ना आमा-बुबासँग शिमशोन तिम्नामा गए। दाखबारीबाट भएर जाँदैगर्दा उनले एउटा जवान सिंह गर्जेको सुने।
6
परमप्रभुको शक्ति त्यति बेला झट्टै शिमशोनमा उत्रियो र खालि हातले त्यस सिंहलाई पक्रेर एउटा पाठोलाई जस्तै उनले च्यातचुत्त पारिदिए। आफूले गरेको यो काम उनले आमा-बुबालाई सुनाएनन्।
7
तब गएर उनले त्यो केटीसँग कुरा गरे। उनले त्यसलाई मन पराए।
8
केही दिनपछि त्यो केटीसँग विवाह गर्न शिमशोन त्यहाँ गए। त्यसरी जाँदा उनी बाटो छोडेर अघि आफूले मारेको सिंहलाई हेर्न गए। सिंहको शरीरमा मह, एक हुल मौरी र चाका देखेर उनी छक्कै परे।
9
उनले हातले केही मह काढेर लिए र हात चाट्दै बाटो लागे। आफ्ना आमा-बुबालाई भेटेर उनले तिनीहरूलाई पनि मह दिए र तिनीहरूले पनि मह खाए। तर मरेको सिंहको शरीरबाट त्यो मह काढी निकालेको कुरा शिमशोनले आफ्ना आमा-बुबालाई बताएनन्।
10
उसका बुबा त्यस केटीको घर गए। शिमशोनले त्यहाँ एउटा भोज लगाए। त्यहाँका युवाहरूको बीचमा त्यस्तै चलन थियो।
11
जब पलिश्तीहरूले शिमशोनलाई देखे, तिनीहरूले तीस जना युवाहरूलाई उनको साथ दिनलाई पठाए।
12
[12-13] शिमशोनले तिनीहरूलाई भने, “तिमीहरू एउटा अड्को सुन, म भन्छु। यस अड्कोको अर्थ फुकाउन सक्यौ भने म एक-एक सरो मिहिन सुतीका कपडा र एक-एक सरो लाउने वस्त्र तिमीहरूलाई दिनेछु, नत्र तिमीहरूले मलाई दिनुपर्नेछ। तर यसको अर्थ विवाहको भोज चल्ने सात दिनभित्रमा तिमीहरूले खोल्नुपर्नेछ।” तिनीहरूले भने, “तिमीले आफ्नो अड्को भन, हामी सुन्नेछौं।”
14
उनले भने, “खानेको जिउबाट खानेकुरा निस्क्यो; बलियोको जिउबाट मीठो कुरा निस्क्यो।” तीन दिनको अन्तमा पनि तिनीहरूले त्यसको अर्थ लगाउन सकेनन्।
15
चौथो दिनमा तिनीहरूले शिमशोनकी स्वास्नीलाई भने, “चलाकी गरेर तिम्रो लोग्नेदेखि अड्कोको अर्थ थाहा लगाऊ, नत्र हामी तिम्रो बुबाका घरमा आगो लगाइदिनेछौं र त्योसँग तिमीलाई पनि भस्म पार्नेछौं। तिमी दुईले हामीलाई यहाँ ठग्नलाई निम्त्याएका होइनौ र?”
16
शिमशोनकी स्वास्नी रुँदै उसकहाँ गई र भनी, “तपाईंले मलाई माया गर्नुहुन्न। तपाईंले मलाई घृणा मात्र गर्नुहुन्छ। तपाईंले मेरा साथीहरूलाई एउटा अड्को थाप्नुभएको छ। तर त्यसको अर्थ मलाई बताउनुभएको छैन।” उनले भने, “हेर, मैले मेरा आमा-बुबालाई पनि भनेको छैनँ। तिमीलाई किन भन्थें?”
17
भोजको सात दिनसम्म त्यसको लागि उनकी स्वास्नी रोइरही। तर सातौँ दिनमा शिमशोनले अड्कोको अर्थ स्वास्नीलाई बताइदिए, कारण यसबारे त्यसले साह्रै जिद्दी गरेकी थिई। त्यसले त्यो अर्थ पलिश्तीहरूलाई बताइदिई।
18
सातौँ दिनमा शिमशोन सुत्ने कोठामा जान लाग्दा सहरबासीहरूले उनलाई भने, “महभन्दा के मीठो? सिंहभन्दा को बलियो?” शिमशोनले उत्तर दिए, “मेरी कोरलीलाई नजोतेको भए, तिमीहरूले अर्थ जान्ने थिएनौ।”
19
अचानक परमप्रभुको शक्तिले शिमशोन बलवान् भए र उनी अश्कलोनमा गए। त्यहाँ उनले तीस जना मानिसहरू मारे र तिनीहरूका वस्त्र काढी ती अड्को फुकाउने मानिसहरूलाई दिए। त्यसपछि रिसले चुर भएर उनी घर फर्के।
20
उनको विवाहमा लोकन्ते हुने मानिससँग उसकी स्वास्नीको विवाह भयो।
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 15 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21