bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Judges 16
Judges 16
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 17 →
1
एक दिन शिमशोन पलिश्तीहरूको सहर गाजामा गए। त्यहाँ उनले एउटी वेश्यालाई भेटे र त्योसँग रात बिताए।
2
शिमशोन त्यहाँ छ भनी गाजाका मानिसहरूले थाहा पाए। तिनीहरूले त्यो घर घेरे र रातभरि सहरको मूल-ढोकामा उनलाई ढुकेर बसे। तिनीहरू रातभरि चुपचाप त्यही सोची बसिरहे, “बिहानसम्म हामी पर्खनेछौं र त्यस बेला त्यसलाई मार्नेछौं।”
3
तर आधा रातसम्म मात्र शिमशोन ओछ्यानमा लडिरहे। तब उठेर सहरको मूल-ढोका, दैला, दुवै खाँबा, बार र सबै थोक उनले उखेले र ती काँधमा हालेर हेब्रोनमाथिको डाँडाको टुप्पासम्म बोकी लगे।
4
त्यसपछि शिमशोन एउटी दलीला नाम गरेकी स्त्रीसँग प्रेममा फसे। त्यो स्त्री सोरेकको बेसीमा बस्थी।
5
पलिश्तीहरूका पाँच जना राजाहरूले त्यसकहाँ गई भने, “चलाकीसँग शिमशोन कसरी यति बलियो छ अनि कसरी हामी उसलाई काबुमा ल्याउन सक्छौं, पत्ता लगाऊ र त्यसलाई बाँधेर पक्र। हामी प्रत्येकले तिमीलाई एघार-एघार सय चाँदीका सिक्का दिनेछौं।”
6
तब दलीलाले शिमशोनलाई भनी, “तिमी कसरी यति बलियो भयौ, मलाई भन न। कसरी तिमीलाई बाँधेर पक्रन सकिन्छ?”
7
शिमशोनले भने, “मलाई नसुकेका ताजा सात वटा नयाँ धनुका ताँदोले बाँध्यो भने म अरूजस्तै निर्बल हुनेछु।”
8
ती पलिश्ती राजाहरूले सात वटा नयाँ नसुकेका धनुका ताँदाहरू ल्याइदिए र दलीलाले ताँदोले शिमशोनलाई बाँधी।
9
अर्को कोठामा त्यसले केही मानिसहरू पर्खाइराखेकी थिई र कराएर भनी, “शिमशोन, पलिश्तीहरू आउँदै छन्!” तर आगोले छोएको धागोजस्तै उनले ताँदोहरू चुँडाइदिए। यसरी उनको बल केमा थियो, सो भेद तिनीहरूले बुझ्न सकेनन्।
10
दलीलाले शिमशोनलाई भनी, “हेर, तिमीले मलाई मूर्ख बनायौ र साँचो कुरा भनेनौ। कसरी तिमीलाई बाँधेर राख्न सकिन्छ, भन न।”
11
उनले भने, “कहिले नचलाएको नयाँ डोरीहरूले बाँध्यौ भने म अरूजस्तै निर्बल हुनेछु।”
12
यसकारण दलीलाले नयाँ डोरीहरू ल्याएर उसलाई बाँधी। तब त्यो कराई, “शिमशोन, पलिश्तीहरू आए है!” ती मानिसहरू अर्को कोठामा पर्खिरहेका थिए। तर धागोजस्तै ती डोरीहरू उनले चुँडाइदिए।
13
दलीलाले शिमशोनलाई भनी, “तिमीले अझै मलाई मूर्ख बनाउँदै छौ र साँचो कुरा बताएका छैनौ। तिमीलाई कसरी बाँध्न सकिन्छ, मलाई भन न।” उनले भने, “मेरा केशका सात वटा लट्टाहरू तानमा बुनेर किला ठोकेर राख्यौ भने म अरू मानिसजस्तै निर्बल हुनेछु।”
14
दलीलाले उसलाई फकाएर सुताई र उसका केशका सात वटा लट्टा लिएर तानमा बुनी र बसेर किला ठोकिदिई। तब त्यो कराई, “शिमशोन, पलिश्तीहरू आए है!” शिमशोन उठे र तानबाट सजिलै किला उखेलेर आफ्नो केश छुटाए।
15
त्यसले शिमशोनलाई भनी, “तिमी कसरी ‘मलाई प्रेम गर्छु’ भन्न सक्छौ, जब तिमीले मलाई साँचो कुरा भन्दैनौ? तीनपल्ट तिमीले मलाई मूर्ख बनायौ र अझसम्म तिम्रो शक्ति केमा छ भनेका छैनौ।”
16
दिनहुँ त्यसले शिमशोनलाई सोधिरही। त्यसले सोधिरहेकैले गर्दा हैरान र विरक्त भएर उनले एक दिन साँचो कुरा भनिदिए।
17
“मेरो केश कहिल्यै काटिएको छैन,” उनले भने, “जन्मेको दिनदेखि परमेश्वरको लागि अलग छुट्याएर म ‘नाजिरी’ बनाइएको छु। मेरो केश काटियो भने मेरो बल हराउनेछ र म अरूजस्तै निर्बल हुनेछु।”
18
यसरी साँचो कुरा शिमशोनले भनेपछि दलीलाले पलिश्ती राजाहरूलाई खबर पठाई, “अरू एकपल्ट तपाईंहरू आउनुहोस्। शिमशोनले मलाई साँचो कुरा भनेको छ।” तिनीहरू रुपियाँ लिएर आए।
19
दलीलाले शिमशोनलाई फकाएर काखमा सुताई र एक जना मानिस बोलाएर उसका केशको सातै वटा लट्टाहरू काट्न लगाई। तब शिमशोनको बल हरायो र दलीलाले सताउन थाली।
20
तब त्यसले भनी, “शिमशोन, पलिश्तीहरू आउँदै छन्!” उनी उठे र सोच्न लागे, “म सधैँजस्तो छुट्नेछु र फुक्का हुनेछु।” परमप्रभुले उनलाई छोडिसक्नुभएको छ भनी उनले थाहा पाएनन्।
21
पलिश्तीहरूले उनलाई पक्रे र उनका आँखा निकालिदिए। तिनीहरूले उनलाई गाजामा लगे, काँसाका साङ्लाले बाँधे र झ्यालखानमा ठूल्ठूला जाँतोहरू पिँध्ने काममा जोते।
22
तर बिस्तारै उनको केश बढ्न लाग्यो।
23
पलिश्ती राजाहरू आफ्ना देवता दागोनलाई एउटा ठूलो बलिदान चढाउन र उत्सव मनाउन भेला भए। तिनीहरूले यसरी गीत गाए, “हाम्रा देवताले हाम्रो शत्रु शिमशोनलाई हाम्रा हातमा पारिदिएका छन्!”
24
[24-25] तिनीहरूले आनन्द मनाइरहेका थिए र यसो भने, “शिमशोनलाई ल्याओ, त्यसले हामीलाई खेल तमाशा देखाओस्।” तिनीहरूले शिमशोनलाई झ्यालखानबाट झिकाए, खेल तमाशा देखाउन लगाए र भवनका मूल खम्बाहरूका बीचमा उभ्याए। शिमशोनलाई देखेर मानिसहरूले आफ्ना देवताको प्रशंसा यसरी गाए, “हाम्रो धेरै भाइ-बन्धुलाई त्यसले मार्यो तर हाम्रा देवताले त्यस शत्रुमाथि हामीलाई विजय दिएका छन्!”
26
शिमशोनले उनको हात समातेर डोर्याउने केटालाई भने, “भवनलाई थामी राख्ने मूल खम्बा मलाई छुन दे, म त्यसमा अडेस लाग्न चाहन्छु।”
27
भवन नर-नारीहरूले भरिएको थियो। पाँच जना पलिश्ती राजाहरू त्यहाँ थिए। छानामाथि शिमशोनको खेल तमाशा हेर्दै, प्राय: तीन हजार नर-नारीहरू बसेका थिए।
28
तब शिमशोनले प्रार्थना गरे, “सार्वभौम परमप्रभु, मलाई सम्झनुहोस्। परमेश्वर, कृपा गरी मलाई यो एकपल्ट बल दिनुहोस् र मेरा दुई आँखा फुटाइदिएको सट्टामा यी पलिश्तीहरूसँग म एकै पल्टमा बदला लिन सकूँ।”
29
शिमशोनले दुई मूल खाँबाहरूलाई समाते, जसले भवनलाई थामेका थिए। दाहिने हातले एउटा र देब्रे हातले अर्को खाँबालाई पूरा बलले ठेले
30
र उनले भने, “म पलिश्तीहरूसँग मर्नेछु।” शिमशोनले आफ्नो पूरा बलले ती खाँबाहरूलाई ठेले र त्यो भवन ढलेर पाँच जना राजा र अरू सबै मानिसहरूमाथि खस्यो। आफ्नो जीवनभरि जति मानिस मारेका थिए, त्योभन्दा बढ्ता मानिसहरू शिमशोनले आफू मर्ने बेलामा मारे।
31
उनका दाजुभाइहरू र परिवारका अरू मानिसहरू उनको लाश लिन आए। तिनीहरूले उनको लाश लगे र सोरा र एश्तोलका बीच उनका बुबा मानोहका चिहानमा गाडे। उनी बीस वर्षसम्म इस्राएलका अगुवा थिए।
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 17 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21