bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Judges 19
Judges 19
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 20 →
1
ती दिनहरूमा इस्राएलमा राजा थिएनन्। तब एफ्राइमको पहाडी देशभित्र निकै टाढा एक जना लेवी बस्थ्यो। यहूदाको बेथलेहेमदेखि एउटी केटी लगेर उसले आफ्नी रखौटी बनाएर राख्थ्यो।
2
तर त्यो केटी लोग्नेसित रिसाएर बेथलेहेममा माइती घर फर्किगई र त्यहाँ चार महिनासम्म बसी।
3
तब उसलाई फर्काइल्याउन त्यस मानिसले उसको घरमा जाने पक्का गर्यो। आफ्नो चाकर र दुई वटा गधा लिएर ऊ हिँड्यो। त्यस केटीले उसलाई आफ्नो घरमा लगी र बुबाले उसलाई देखेर हार्दिक स्वागत गर्यो।
4
ससुराको करले ऊ त्यहाँ तीन दिनसम्म बस्यो। ती दुई लोग्ने-स्वास्नी त्यहाँ सँगै बसे, खाए र रात बिताए।
5
चौथो दिन तिनीहरू बिहानै उठे र जानलाई तयार भए। तर ससुराले लेवीलाई भन्यो, “पहिले केही कुरा खाऊ। त्यसले तिमीहरूलाई राम्रो गर्नेछ। त्यसपछि तिमीहरू गए हुन्छ।”
6
र ती दुई मानिसहरूसँग बसेर खाए र पिए। तब केटीका बुबाले भन्यो, “अझ एक रात बसेर आनन्द गर।”
7
लेवी जान उठ्यो तर ससुराले चाहिँ कर गरेर ऊ अझ एक रात त्यहाँ बस्यो।
8
पाचौँ दिन बिहानै ऊ हिँड्न तयार भयो तर ससुराले भन्यो, “पहिले केही कुरा खाऊ, बिस्तारै गए पनि त हुन्छ।” र ती दुई जना एकसाथ खान बसे।
9
तब आफ्नी रखौटी र नोकर लिएर जानलाई एकपल्ट ऊ फेरि उठ्यो तर ससुराले फेरि भन्यो, “हेर, साँझ परिसक्यो। बरु एक रात यतै बस। चाँडो रात पर्नेछ। यतै बसेर आनन्द गर। भोलि बिहान उठेर घर गए भइगयो नि!”
10
[10-11] तर अरू एक रात त्यहाँ बस्ने मन त्यस मानिसले गरेन। यसकारण ऊ आफ्नै रखौटीसँग बाटो लाग्यो। तिनीहरूसँग जिन-लगाम कसेका दुई गधा थिए। दिन निकै ढलिसक्दा तिनीहरू यबूस (अथवा यरूशलेम) को नजिक आइपुगे। चाकरले उसलाई भन्यो, “हजुर, आजको रात हामी यहीँ यबूसीहरूका सहरमा बिताऔं?”
12
[12-13] तर त्यसका मालिकले भन्यो, “होइन, इस्राएलीहरू नभएको हामीले नचिनेको, सहरमा हामी नबसौं। हामी अलिक अघि जाऔं र गिबा वा रामामा रात काटौं।”
14
यबूस छोडेर तिनीहरू अघि लागे। बेन्यामीन कुलका इलाकामा, गिबामा आइपुग्दा घाम डुबिसकेको थियो।
15
बाटो छोडेर तिनीहरू रात बिताउनलाई गिबामा पसे। सहरमा पुगेर तिनीहरू खुला चोकमा बसे। तिनीहरूलाई राती बास बस्नलाई कसैले घर लगेनन्।
16
तिनीहरू चोकमा बसिरहेका बेलामा एउटा बुढो मानिस दिनभरि खेतमा काम गरेर त्यहाँ आइपुगे। उनी पहिले एफ्राइमको पहाडी देशमा बस्थे तर अहिले गिबामा बस्थे। (त्यहाँका अरू मानिसहरू बेन्यामीन कुलका थिए।)
17
बुढाले चोकमा बसिरहेका ती यात्रीहरूलाई देखेर सोधे, “तिमीहरू कहाँबाट आयौ? कहाँ जाँदै छौ?”
18
लेवीले उत्तर दियो, “हामी यहूदाको बेथलेहेममा गएका थियौं। अब आफ्नो घर फर्कन्छौं। हाम्रो घर एफ्राइमको पहाडी देशमा निकै भित्रपट्टि पर्छ। हामीलाई कसैले राती बास दिएनन्।
19
हामीसँग खानपान सबै छ। गधालाई पराल, म, मेरी स्त्री र मेरो चाकरलाई रोटी र दाखमद्य छन्। हामीलाई चाहिने सबै थोक हामीसँग छ।”
20
बुढाले भने, “तिमीहरूलाई मेरो घरमा स्वागत छ। म तिमीहरूलाई बास दिनेछु। तिमीहरूले चोकमा रात काट्नुपर्दैन।”
21
उनले तिनीहरूलाई आफ्नो घर लगे र गधालाई दाना-पानी दिए। हात-खुट्टा धोई पाहुनाहरूले खाना खाए।
22
यसरी तिनीहरू आनन्दमा बसिरहेका बेलामा अचानक सहरका कामबासनाले भरिएका बदमाशहरूले त्यो घर घेरे र दैलो ढक्ढक्याउन लागे। तिनीहरूले बुढालाई भने, “तिम्रा घरमा आएका मानिसलाई बाहिर निकाल, हामी त्योसँग सम्भोग गर्न चाहन्छौं!”
23
बाहिर गएर बुढाले तिनीहरूलाई भने, “होइन, साथीहरू हो, कृपा गरी यस्तो दुष्ट र पापी काम नगर। यो मानिस मेरो पाहुना हो।
24
हेर, यहाँ उसकी रखौटी र मेरी कन्ये छोरी छन्। म तिनीहरूलाई बाहिर ल्याइदिन्छु। तिमीहरू ती दुईसँग जे मन लाग्छ गर। तर यो मानिससँग त्यस्तो घिनलाग्दो कुकर्म नगर!”
25
तर ती मानिसहरूले बुढाको कुरा सुनेनन्। यसकारण लेवीले आफ्नी रखौटीलाई बाहिर निकालेर तिनीहरूलाई दियो। तिनीहरूले त्यसलाई बलात्कार गरेर रातभरि त्यसमाथि अत्याचार गरे र बिहान मात्र छोडिदिए।
26
बिहान सबेरै त्यो स्त्री आएर बुढाको घरको दैलोमा लडी। लेवी घरभित्रै थियो। उज्यालो हुँदा पनि त्यो त्यहीँ लडिरहेकी थिई।
27
बिहान लोग्नेचाहिँ उठेर आफ्नो बाटो जानलाई दैलो खोल्दा आफ्नी रखौटीलाई घरको अघि हात दैलोतिर पसारेर लडिरहेकी उसले देख्यो।
28
उसले भन्यो, “उठ, हामी जाऔं।” तर उसले केही उत्तर पाएन। यसकारण उसले गधामा स्त्रीको शरीर राख्यो र घरतिर हिँड्यो।
29
घर आइपुगेर उसले घरभित्र पसेर एउटा छुरी निकाल्यो। आफ्नी रखौटी स्त्रीको शरीर काटेर बाह्र टुक्रा बनायो र एक-एक टुक्रा इस्राएलका बाह्रै कुलकहाँ उसले पठाइदियो।
30
त्यो देख्नेहरू सबैले भने, “हामीले यस्तो कहिल्यै देखेका थिएनौं। इस्राएलीहरू मिश्रदेखि निस्किआएदेखि आजसम्म यस्तो कहिल्यै भएको थिएन। यस विषयमा हामीले केही न केही गर्नुपर्नेछ। केचाहिँ गर्नुपर्ने हो?”
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 20 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21