bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Judges 9
Judges 9
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 10 →
1
गिदोनका छोरा अबीमेलेक आफ्ना मावलीको सहर शकेममा गए।
2
त्यहाँ आफ्ना मामाहरूलाई शकेमका मानिसहरूसँग उनले यो सोध्न लगाए, “तिमीहरू के माग्दछौ? गिदोनका सत्तरी जना छोराहरूले तिमीहरूमाथि राज गरून् कि एकै जनाले मात्र गरोस्? अबीमेलेक त हाम्रै हाड र मासु हो।”
3
शकेमबासीहरूसँग यसबारे उसका मामाहरूले कुराकानी गरे। तिनीहरूले अबीमेलेकलाई पछ्याउने पक्का गरे, कारण उनी आफन्त थिए।
4
बाल-बरीतको मन्दिरबाट सत्तरी वटा चाँदीका सिक्का तिनीहरूले उनलाई दिए। तीबाट अबीमेलेकले एक दल बेकम्मा साहसी मानिसहरूलाई भाडामा लिए।
5
उनी ओप्रामा आफ्ना पिताको घर गए र त्यहाँ उनले एउटै ढुङ्गामाथि आफ्ना सत्तरी जना दाजुभाइहरू अर्थात् गिदोनका छोराहरूलाई मारे। तर एक भाइ गिदोनको कान्छो छोरो योतामचाहिँ लुकेर बस्यो र मारिएन।
6
शकेम र बेथ-मिल्लोका सबै मानिसहरू भेला भएर शकेममा पवित्र फलाँटको रूखको एक छेउ गए। तिनीहरूले त्यहाँ अबीमेलेकलाई आफ्ना राजा बनाए।
7
जब यो कुरो योतामले सुन्यो, ऊ गीरीज्जीम पहाडको टुप्पामा उभियो र उच्च सोरले भन्यो, “हे शकेमबासीहरू हो! मेरो कुरा सुन र परमेश्वरले तिमीहरूका कुरा सुनून्।
8
एकपल्ट रूखहरू आफ्ना लागि एउटा राजा चुन्नलाई निस्के। तिनीहरूले जैतुनको रूखलाई भने ‘तिमी हाम्रा राजा होऊ।’
9
जैतुनको रूखले उत्तर दियो, ‘तिम्रा राजा बन्न मैले आफ्नो तेल निकाल्न बन्द गर्नुपर्छ। मेरो तेल राजा र देवताहरूलाई आदर दिनलाई चलाइन्छ।’
10
तब तिनीहरूले नेभाराको रूखलाई भने ‘तिमी आऊ र हाम्रा राजा होऊ।’
11
तर नेभाराको रूखले उत्तर दियो, ‘तिम्रा राजा बन्नलाई मैले आफ्ना स्वादिला फल फलाउन बन्द गर्नुपर्छ।’
12
तब रूखहरूले दाखका बोटलाई भने, ‘तिमी आएर हाम्रा राजा बन।’
13
तर दाखका बोटले उत्तर दियो, ‘तिमीहरूमाथि राज गर्दा मैले आफ्नो दाख फलाउने काम बन्द गर्नुपर्छ। दाखमद्यले मानिस र देवताहरू प्रसन्न हुन्छन्।’
14
यसकारण सबै रूखहरूले काँढाका बोटलाई भने, ‘तिमी आएर हाम्रा राजा भइदेऊ।’
15
काँढाका पोथ्राले जवाफ दियो, ‘तिमीहरू साँच्चै मलाई राजा बनाउन चाहन्छौ भने मेरा छायामुनि बस, नत्र मेरा हाँगाहरूबाट आगो निस्केर लेबनानका देवदारुहरू स्वाहा हुनेछन्।”
16
तब योतामले भन्यो, “जब तिमीहरूले अबीमेलेकलाई राजा बनायौ, के तिमीहरूले साँचो र इमानदार काम गर्यौ? के गिदोनका सम्झना र परिवारलाई जसरी इज्जत गर्न उचित थियो, त्यसै गर्यौ?
17
याद राख, मेरा बुबाले तिमीहरूका निम्ति लडाइँ गरेका थिए। उनले तिमीहरूलाई मिद्यानीहरूदेखि बचाउनलाई आफ्ना प्राण खतरामा हालेका थिए।
18
तर आज तिमीहरू मेरा बुबाका परिवारको विरुद्ध खडा भएका छौ। तिमीहरूले उनका सत्तरी जना छोराहरूलाई एउटै ढुङ्गामाथि मार्यौ, कारण उनका दासीपट्टिको छोरो अबीमेलेक तिमीहरूको आफन्त पर्थ्यो र जसलाई तिमीहरूले शकेममा राजा बनाएका छौ।
19
अब तिमीहरूले गिदोन र उनका परिवारसँग गरेको व्यवहार साँचो र इमानदारीपूर्ण छ भने तिमीहरू अबीमेलेकसँग खुसीसाथ बस र ऊ तिमीहरूसँग खुसीसाथ बसोस्।
20
होइन भने अबीमेलेक भागी निस्कोस् र शकेम र बेथ-मिल्लोका मानिसहरूलाई भस्म पारोस्। अनि शकेम र बेथ-मिल्लोका बासिन्दाहरूबाट आगो निस्कोस् र अबीमेलेकलाई भस्म पारोस्।”
21
तब योताम भाग्यो, कारण ऊ आफ्ना दाजु अबीमेलेकसँग डराउँथ्यो र ऊ बेअर भन्ने ठाउँमा गई बसोबास गर्न लाग्यो।
22
अबीमेलेकले इस्राएलमाथि तीन वर्षसम्म राज्य गरे।
23
तब परमेश्वरले अबीमेलेक र शकेमबासीहरूका बीच आपसमा दुश्मनी गराउनुभयो र तिनीहरू अबीमेलेकका विरुद्धमा खडा भए।
24
त्यसो भएर अबीमेलेक र शकेमबासी, जसले उनलाई गिदोनका सत्तरी जना छोराहरूलाई मार्नलाई सुर्याएका थिए, तिनीहरूले आफ्ना अपराधका फल पाए।
25
शकेमबासीहरूले अबीमेलेकका विरुद्धमा डाँडा-काँडामा मानिसहरूलाई ढुक्न लाएका थिए। त्यसबाट हिँड्नेहरू सबैलाई ती मानिसहरूले लुट्थे। यो खबर अबीमेलेकले पाए।
26
तब एबेदको छोरो गाल आफ्ना भाइ-बन्धुहरूसँग शकेममा आयो। शकेमबासीहरूले गाललाई विश्वास गरे र उसमाथि भर परे।
27
तिनीहरू सबै जना दाखबारीमा गए, दाख बटुले र दाखमद्य बनाए र उत्सव मनाउन लागे। तिनीहरू आफ्ना देवताको मन्दिरमा गए, त्यहाँ खाए, पिए अनि अबीमेलेकको हाँसो उडाउन लागे।
28
गालले भन्यो, “हामी शकेमका बासिन्दाहरू कस्ता मानिसहरू हौं? हामी किन अबीमेलेकको चाकरी गर्दछौं? ऊ को हो र? गिदोनको छोरा हो? सहरका शासक जबूलले उसको आज्ञापालन गर्छ। तर हामीले चाहिँ किन उसको सेवा गर्नुपर्छ? हाम्रो वंश खडा गर्ने हाम्रो पुर्खा हमोरलाई तिमीहरू आफ्ना राजभक्ति देओ।
29
यदि म यस देशको अगुवा हुँदो हुँ त कस्तो हुन्थ्यो! म अबीमेलेकलाई धपाउने थिएँ। म उसलाई भन्नेथिएँ, ‘आफ्ना सेना जम्मा गरेर आइज र लडाइँ गर्।”
30
यस्तो कुरा सुनेर सहरका शासक जबूल औधी रिसायो।
31
उसले मानिसहरू पठाएर अरूमाहको अबीमेलेकलाई खबर दियो, “एबेदका छोरा गाल र उसका भाइ-बन्धुहरू शकेममा आएर बसेका छन् अनि अब तिमीहरूलाई सहर पस्न दिनेछैनन्।
32
तिमी आफ्ना मानिसहरूसँग राती निस्केर आई खेतबारीहरूमा लुकी बस।
33
भोलि बिहान घाम झुल्कँदा अचानक सहरमाथि आक्रमण गर र गाल आफ्ना मानिसहरूसँग तिम्रा विरुद्ध लड्न निस्किआउँदा आफ्नो पूरा शक्तिले तिनीहरूमाथि तिमीले आक्रमण गरिहाल!”
34
अबीमेलेक र उसका मानिसहरू राती आएर शकेमको बाहिर चार दल भएर लुकेर बसे।
35
जब अबीमेलेक र उनका मानिसहरूले गाललाई आएर सहरको मूल-ढोकामा उभेको देखे, तिनीहरू आफू लुकेका ठाउँदेखि निस्के।
36
गालले तिनीहरूलाई देख्यो र जबूललाई भन्यो, “हेर, मानिसहरू पहाडदेखि झरेर आउँदै छन्!” जबूलले उत्तर दियो, “तिनीहरू मानिसहरू होइनन्, खालि पहाडका छाया हुन्।”
37
गालले फेरि भन्यो, “हेर, पहाडका चेपदेखि मानिसहरू आउँदै छन् अनि एक दल जोखना हेर्नेको रूखदेखि आउने बाटोमा आउँदैछन्!”
38
तब जबूलले उसलाई भन्यो, “तिम्रा ठूला-ठूला कुरा खोई? तिमीले सोध्दै थियौ, किन हामीले यी अबीमेलेकको चाकरी गर्नु? तिमी यी मानिसहरूको हाँसो उडाउँदै थियौ। अब गएर तिनीहरूसँग लडाइँ गर।”
39
गालले शकेमका मानिसहरू लिएर गयो र अबीमेलेकसँग लड्न लाग्यो।
40
गाल भाग्यो र अबीमेलेकले त्यसलाई परास्त गरे। सहरको मूल-ढोकानिर पनि धेरै जना घाइते भए।
41
अबीमेलेक अरूमाहमा बसिरहे। जबूलले गाल र त्यसका भाइ-बन्धुहरूलाई शकेमदेखि धपायो। तिनीहरू त्यहाँ बस्न सकेनन्।
42
भोलिपल्ट शकेमबासीहरू सहरदेखि निस्केर खेतबारीतिर जान तयार भएका अबीमेलेकले देखे।
43
उनले आफ्ना मानिसहरूलाई तीन दलमा बाँडे र खेतबारीमा गई लुकेर तिनीहरूलाई पर्खिरहे। मानिसहरू सहरबाट निस्केर आएको देखेर उनी आफू लुकेको ठाउँबाट निस्केर तिनीहरूलाई मार्न अघि बढे।
44
अबीमेलेक र उनको दल सहरको मूल-ढोकातिर बढे र त्यहाँ पहरा दिन लागे। अरू दुई दलले ती मानिसहरूमाथि आक्रमण गरे र तिनीहरूलाई संहार गरे।
45
लडाइँ दिनभरि चलिरह्यो। अबीमेलेकले सहर कब्जा गरे, सहरका मानिसहरूलाई मारेर त्यसको नाश गरे र त्यहाँका जमिनमा नुन छरेर भरिदिए।
46
जब शकेम सहरका किल्लामा भएका ठूला-ठालुहरूले यो कुरा सुने, तिनीहरूले करारको बाल-बरीतको मन्दिरमा भित्री किल्लामा आश्रय लिए।
47
यो कुराको खबर अबीमेलेकलाई भयो।
48
यसकारण आफ्ना मानिसहरूसँग उनी सल्मोन डाँडामा गए। त्यहाँ उनले बन्चरोले एउटा रूखको हाँगो काटे र हाँगो काँधमा बोके। आफ्ना मानिसहरूलाई पनि चाँडो-चाँडो त्यसै गर्न लाए।
49
प्रत्येकले एकएक वटा हाँगो काटे र बोकेर अबीमेलेकको पछि लागे। तिनीहरूले मन्दिरको भित्री किल्लामा हाँगा थाक पारेर थुपारे र त्यसमा आगो लगाइदिए। किल्लाभित्र भएका सबै त्यहीँ डढी मरे। यसरी प्राय: एक हजार नर-नारी त्यहाँ स्वाहा भए।
50
त्यसपछि अबीमेलेक तेबेस सहरमा गए र त्यसलाई घेरा हालेर आफ्नो कब्जामा लिए।
51
त्यहाँ एउटा बलियो किल्ला थियो र सबै नर-नारी र अगुवाहरू त्यहाँ आश्रय लिन गए। किल्ला भित्रबाट बन्द गरेर तिनीहरू छतमा गई बसे।
52
किल्ला आक्रमण गर्न आइपुग्दा अबीमेलेकले त्यसको दैलोमा गई किल्लामा आगो लगाउने तरखर गर्न लागे।
53
तर एउटी स्त्रीले एउटा जाँतो उनको टाउकोमा फ्याँकेर खप्पर फुटाइदिई।
54
तब अबीमेलेकले आफ्नो हातहतियार बोक्ने केटोलाई हतार-हतार बोलाएर भने, “तेरो तरवार थुतेर मलाई मार्। एउटी स्त्रीले मलाई मारी भन्ने कुरा फैलेको म चाहँदिनँ।” त्यस युवकले आफ्नो तरवार उनको शरीरमा रोपिदियो र उनी त्यहीँ मरे।
55
अबीमेलेक यसरी मरेको देखी इस्राएलीहरू आफ्ना घर फर्के।
56
आफ्ना सत्तरी जना दाजु-भाइहरूलाई मारी बुबासँग गरेको अन्यायको बदलामा परमेश्वरले अबीमेलेकलाई यस प्रकारले फल दिनुभयो।
57
गिदोनका छोरा योतामले सराप दिँदाखेरि भनेअनुसार शकेमबासीहरूलाई पनि तिनीहरूका कुकर्मका लागि परमेश्वरले यसरी कष्ट दिनुभयो।
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21