bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Judges 5
Judges 5
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 6 →
1
त्यस दिन दबोरा र अबीनोअमका छोरा बाराकले यो भजन गाए:
2
परमप्रभुको प्रशंसा गर! इस्राएली अगुवाहरूले युद्ध गर्न निर्णय गरेका थिए, राजी-खुसीसाथ इस्राएलीहरूले आफैंलाई अर्पण गरेका थिए।
3
हे राजाहरू हो! हे शासकहरू हो! सुन अनि ध्यान देओ, इस्राएलका परमप्रभुका निम्ति सङ्गीतको ध्वनिसाथ म गाउनेछु।
4
परमप्रभु! तपाईंले सेइर-पहाड छोड्नुहुँदा, जब एदोमको इलाकादेखि बाहिर सवारी हुनुहुँदा, यो पृथ्वी डग्मगियो, आकाशबाट वृष्टि भयो, अँ, बादलबाट मुसलधारे पानी बर्स्यो।
5
सीनैका परमप्रभु इस्राएलका परमेश्वरको सामुन्ने, पर्वतहरूमा भूइँचालो गयो।
6
अनातका छोरा शमगरका दिनमा, याएलका दिनमा, देशका बीचबाट भएर व्यापारी दल जाँदैनथे, यात्रीहरू बाटोका किनारबाट हिँड्दथे।
7
इस्राएलका सहरहरूदेखि मानिसहरू भागेका थिए, हे दबोरा, तिमी आइनपुगुञ्जेल ती सहरहरू रित्ता थिए, तिमी इस्राएलकी आमा भएर आयौ।
8
जब इस्राएलीहरूले नयाँ देवी-देवता रोजे, तब देशमा लडाइँ भयो, इस्राएलका चालीस हजार मानिसहरूबीच कोसित ढाल वा कोसित भाला थिए?
9
इस्राएलका सेनापतिहरूप्रति, खुसीसित सेवा गर्न आफैंलाई अर्पण गर्ने प्रजाप्रति मेरा हृदयमा गर्व छ। परमप्रभुको प्रशंसा गर!
10
सेता गधाहरूका काठीमाथि बसेर सवार भई आउनेहरू र जहीँ पनि पैदलै बाटो हिँड्नेहरू, तिमीहरूले पनि यसको बारेमा भन।
11
इनारमा पानी भर्न आउने स्त्रीका हुलले परमप्रभुका विजयबारे अनि इस्राएलीहरूका विजयबारे भन्दै छन्, सुन! तब परमप्रभुका प्रजा आ-आफ्ना सहरहरूबाट निस्किआए।
12
दबोरा अगुवाइ गर! अगुवाइ गर! अगुवाइ गर, भजन गाउँदै हिँड, अगुवाइ गर! अबीनोअमका छोरा बाराक, आफ्ना कैदीहरूलाई लिएर तिमी अघि बढ!
13
सबै विश्वासीहरू आ-आफ्ना अगुवाकहाँ आए; परमप्रभुका प्रजा युद्ध गर्नलाई तयारीसाथ उनीकहाँ आए।
14
तिनीहरू एफ्राइमदेखि बेसीसम्म आए, बेन्यामीन कुलका पछिपछि आए। सेनापतिहरू माकीरबाट तल आए, जबूलूनबाट अरू अधिकृतहरू आए।
15
दबोरासँग इस्साखारका अगुवाहरू आए; अँ, इस्साखार र बाराक पनि आए, र तिनीहरू पछिपछि बेसीसम्म गए। तर रूबेन कुलचाहिँ विभाजित भए; तिनीहरूले कतातिर लाग्ने निर्णय गर्न सकेनन्।
16
तिनीहरू किन भेडाहरूका पछि लाग्न घरमा बसे? के गोठालाहरूले भेडाका बगाललाई बोलाएको स्वर सुन्न? अँ हो, रूबेन कुलचाहिँ विभाजन भयो, तिनीहरू कतातिर लाग्ने निर्णय गर्न सकेनन्।
17
गादका कुलचाहिँ यर्दन नदीको पूर्वपट्टि बसे र दानका कुलचाहिँ जहाजहरूछेउ बसे, आशेरका कुलचाहिँ समुद्रको किनारमा बसे; तिनीहरू समुद्रको किनारमा बसिरहे।
18
तर जबूलूनका र नप्तालीका मानिसहरू लडाइँको मैदानमा प्राण दिन पनि तयार भए।
19
राजाहरूले तानाकमा मगिद्दो खोलाको किनारमा आई युद्ध गरे। कनान देशका राजाहरूले युद्ध गरे, तर लुटेका चाँदीका कुनै माल लगेनन्।
20
आकाशबाट ताराहरूले यताउता लडाइँ गरे, तिनीहरूले आ-आफ्ना चक्रबाट सीसराको विरुद्ध युद्ध गरे।
21
कीशोन नदीको भलले तिनीहरूलाई बगायो— उर्लंदो कीशोन नदीले म अघि बढ्नेछु, सामर्थ्यसहित बढ्नेछु!
22
तब घोडाहरू टाप बजार्दै आए, बाटोमा टाप बजार्दै बेगले कुदे।
23
“मेरोजलाई सराप। परमप्रभुको दूतले भने। त्यहाँ बस्ने मानिसहरूलाई सराप, सराप। तिनीहरू परमप्रभुलाई सहायता गर्न आएनन्, उहाँको लागि सेनाहरूझैँ युद्ध गर्न आओ।”
24
केनी हेबेरकी स्वास्नी याएल सबै स्त्रीहरूभन्दा धन्यकी होऊन्, पालमा बस्ने स्त्रीहरूमध्ये सबैभन्दा धन्यकी होऊन्।
25
सीसराले पानी माग्यो, तर तिनले दूध दिइन्, तिनले त्यसलाई सुन्दर बटुकामा तर दिइन्।
26
तिनले एक हातमा पातलो किला लिइन्, अर्को हातमा तिनले एउटा मुङ्ग्रो उठाइन्; तिनले सीसरालाई मुङ्ग्रोले हानिन् र त्यसको शिरलाई चुरचुर पारिन्; तिनले किला ठोकेर त्यसको शिर वारपार गरिदिइन्।
27
सीसरा त्यो आफ्नै घुँडामा लोट्यो, ऊ लड्यो र त्यो आफ्नै खुट्टामा लोट्यो। याएलको पाउछेउ भूइँमा लोट्यो र मर्यो।
28
सीसराकी आमाले झ्यालबाट हेरिरहिन्, तिनले आँखीझ्यालबाट हेरिरहिन्। “किन सीसराको रथ आउन ढिला भयो?” तिनले सोधिन्, “त्यसका घोडाहरू आउन किन यति ढिलो गर्यो?”
29
तिनका सबैभन्दा ज्ञानी स्त्रीहरूमध्येबाट एउटीले तिनलाई जवाफ दिइन् र तिनले आफैंलाई यो कुरा घरीघरी भनिरहिन्।
30
“तिनीहरू खालि लुटका मालहरू खोज्दै होलान् र भाग लाउँदै होलान्, हरेक सिपाहीको निम्ति एक वा दुईटी केटी, सीसराको निम्ति दामी कपडा, रानीको गलामा लाउनको लागि बुट्टादार पछ्यौरा।”
31
हे परमप्रभु, यसरी नै तपाईंका सबै शत्रुहरू नाश होऊन्, तर तपाईंका मित्रहरू घाम झुल्केजस्ता चम्कने होऊन्!” यसरी देशमा चालीस वर्षसम्म शान्ति भयो।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21