bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Judges 13
Judges 13
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 14 →
1
इस्राएलीहरूले फेरि परमप्रभुको विरुद्धमा पाप गरे र तिनीहरूलाई चालीस वर्षसम्म उहाँले पलिश्तीहरूका अधीनमा सुम्पिदिनुभयो।
2
त्यस बेला सोरा सहरबाट आएको मानोह नाम गरेको एक जना मानिस थियो। ऊ दान कुलको थियो। उसकी स्वास्नी बाँझी थिई।
3
परमप्रभुका दूत त्यस स्त्रीकहाँ देखा परेर भने, “तैँले सन्तान जन्माउन सकेकीछैनस्। तर अब चाँडै गर्भवती हुनेछे र एउटा छोरो जन्माउनेछे।
4
होशियार होऊ, दाखमद्य वा कुनै प्रकारको मादक पदार्थ नपिउनू र मनाही गरेका कुनै पनि कुरा तैँले नखानू।
5
तेरो छोरो जन्मेपछि उसको केशमा कहिल्यै छुरा नपरोस् किनभने जन्मेको दिनदेखि नै त्यो बालक परमेश्वरको निम्ति अलग गरिएको ‘नाजिरी’ हुनेछ। उसले इस्राएललाई पलिश्तीहरूका हातदेखि छुटाउने काम सुरु गर्नेछ।”
6
त्यस आइमाईले गएर आफ्नो लोग्नेलाई भनी, “परमेश्वरका एक जना मानिस मकहाँ आए। परमेश्वरको दूतझैँ तिनी डरलाग्दा देखिन्थे। तिनी कहाँबाट आएका थिए, मैले सोधिनँ। उनले पनि मलाई आफ्नो नाम बताएनन्।
7
तर उनले भने कि म गर्भवती हुनेछु र एउटा छोरो जन्माउनेछु र मैले दाखमद्य वा कुनै प्रकारको मादक पदार्थ पिउनुहुँदैन र मनाही गरेका कुनै पनि कुरा खानुहुँदैन, कारण बालकलाई परमेश्वरको निम्ति अलग छुट्याउनुपर्नेछ अनि आफ्नो जीवनभरि ऊ परमेश्वरको ‘नाजिरी’ भइरहनेछ।”
8
तब मानोहले परमप्रभुलाई प्रार्थना गर्यो, “हे परमप्रभु, कृपा गरी तपाईंले हामीकहाँ पठाउनुभएको मानिस फेरि हामीकहाँ पठाइदिनुहोस् र बालक जन्मेपछि हामीले ऊसँग के-कसो गर्नुपर्ने हो, उनले हामीलाई बताऊन्।”
9
परमेश्वरले मानोहको बिन्ती सुन्नुभयो र त्यो स्त्री खेतबारीमा बसिरहेको बेलामा उहाँका दूत त्यसकहाँ आए। उसको लोग्ने मानोह त्यहाँ थिएन।
10
उसले दगुरी गएर आफ्ना लोग्नेलाई भनी, “हेर, मकहाँ केही दिनअघि आएका मानिस फेरि देखा परेका छन्।”
11
मानोह उठेर आफ्नी स्वास्नीको पछि लाग्यो। ती मानिसकहाँ गएर उसले भन्यो, “मेरी स्वास्नीसँग कुरा गर्नुहुने मानिस तपाईं नै हुनुहुन्छ?” “हो,” उनले उत्तर दिए।
12
तब मानोहले भन्यो, “त्यसो भए, अब भन्नुहोस्, तपाईंको वचन पूरा भएपछि बालकले के गर्नुपर्छ? केटोले कस्तो किसिमको जीवन बिताउनुपर्ने हो?”
13
परमप्रभुका दूतले उत्तर दिए, “मैले भनेका सबै कुरा तेरी स्वास्नीले पालन गर्नुपर्नेछ।
14
दाखका बोटबाट आएको कुनै कुरा त्यसले खानुहुँदैन। दाखमद्य वा कुनै प्रकारको मादक पदार्थ पिउनुहुँदैन। कुनै मनाही गरिएको भोजन खानुहुँदैन। मैले भनेका हरेक कुरा त्यसले मान्नुपर्नेछ।”
15
[15-16] ती मानिस परमप्रभुका दूत हुन् भनी मानोहले चिनेन र भन्यो, “कृपा गरी कतै नजानुहोस्। हामी एउटा पाठो काटेर तपाईंको निम्ति केही भोजन तयार पार्नेछौं।” परमेश्वरको दूतले भने, “म बसें भने पनि तिम्रो खाना खानेछैनँ। तर खाना तयार पार्नेछौ नै भने पाठोलाई बरु परमेश्वरकहाँ होमबलि चढाओ।”
17
मानोहले उत्तर दियो, “तपाईंको नाम हामीलाई भन्नुहोस्। तपाईंको वचन पूरा भएपछि हामी तपाईंलाई आदर गर्नेछौं।”
18
दूतले सोधे, “किन मेरो नाम चाहियो? यो एउटा उदेकको नाम छ।”
19
तर मानोहले एउटा पाठो र केही अन्न लियो र चट्टानको वेदीमा उदेकका कामहरू गर्नुहुने परमप्रभुलाई बलि चढायो।
20
[20-21] वेदीबाट एउटा आगोको ज्वाला निस्क्यो र त्यस बेला परमेश्वरका दूत ज्वालासँगै स्वर्गतिर गएको मानोह र उसकी स्वास्नीले देखे। तब मानोहले थाहा पायो कि ती मानिस परमप्रभुका दूत रहेछन् र ऊ आफ्नी स्वास्नीसँग भूइँमा घोप्टो पर्यो। फेरि तिनीहरूले परमेश्वरको दूतलाई कहिल्यै पनि देखेनन्।
22
मानोहले आफ्नी स्वास्नीलाई भन्यो, “हामी निश्चय मर्नेछौं, कारण हामीले परमेश्वरलाई देखेका छौं।”
23
तर त्यसकी स्वास्नीले भनी, “यदि परमप्रभुले हामीलाई मार्ने इच्छा गर्नुभएको हुँदो हो त उहाँले हाम्रा बलिदान ग्रहण गर्नुहुने थिएन। यी सबै कुरा हामीलाई देखाउनुहुने थिएन अनि ती सबै कुरा हामीलाई त्यस बेला सुनाउनु पनि हुनेथिएन।”
24
त्यस स्त्रीले एउटा छोरो जन्माई। उसको नाम शिमशोन राखी। बालक बढ्दैगयो र परमप्रभुले उसलाई आशिष् दिनुभयो।
25
सोरा र एश्तोलका बीचमा दान कुलका पालमा केटो बढ्दैगयो अनि परमप्रभुको शक्तिले ऊ बलियो हुँदैगयो।
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 14 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21