bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Kings 1
2 Kings 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 2 →
1
इस्राएलको राजा आहाब मरेपछि मोआबले इस्राएलको विरुद्धमा विद्रोह गर्यो।
2
सामरियाको आफ्नो राजमहलमा कौसीको बार्दलीबाट इस्राएलका राजा अहज्याह लडे र उनलाई चोट लाग्यो। यसकारण आफ्नो चोट निको हुन्छ कि हुँदैन भन्ने जान्न उनले केही दूतहरू पलिश्ती सहर एक्रोनको देवता बाल-जिबबकहाँ सोध्न पठाए।
3
अहज्याह राजाका दूतहरूलाई भेटेर यसो भन्नू भनी परमप्रभुका एउटा स्वर्गदूतले तिश्बीका अगमवक्ता एलियालाई आज्ञा गरे, “तिमीहरू किन एक्रोनको देवता बाल-जिबबको सल्लाह लिन जाँदै छौ? के इस्राएलमा परमेश्वर हुनुहुन्न? के तिमीहरू त्यस्तै सोच्दै छौ?
4
राजालाई भन कि परमप्रभु यसो भन्नुहुन्छ, ‘तेरो चोट निको हुनेछैन, तँ मर्नेछस्’!” एलियाले परमप्रभुको आज्ञाअनुसार गरे
5
र दूतहरू राजाकहाँ फर्केर गए। राजाले सोधे, “किन तिमीहरू फर्किआयौ?”
6
तिनीहरूले उत्तर दिए, “बाटोमा हामीलाई एक जना मानिसले भेटे र फर्केर आई तपाईंलाई परमप्रभुको यो सन्देश दिनू भने, ‘एक्रोनको देवता बाल-जिबबको सल्लाह लिन किन दूतहरू पठाउँदै छौ? के तिमी सोच्दछौ कि इस्राएलमा परमेश्वर हुनुहुन्न? तिम्रो चोट निको हुनेछैन। तिमी मर्नेछौ’!”
7
“त्यो मानिस हेर्दा कस्तो थियो?” राजाले सोधे।
8
तिनीहरूले उत्तर दिए, “तिनले पशुका रौँले बनेको खास्टो लाएर कम्मरमा एउटा छालाको पेटी बाँधेका थिए।” “त्यो त एलिया पो हो,” राजाले भने।
9
त्यसपछि उनले पचास जना सिपाही साथ लाएर एक जना अधिकृतलाई एलियालाई ल्याउन पठाए। तिनलाई एउटा डाँडामा बसिरहेका भेटेर अधिकृतले भने, “हे परमेश्वरका जन! राजाकहाँ आउन तपाईंलाई राजाले आज्ञा गर्नुभएको छ।”
10
एलियाले जवाफ दिए, “म परमेश्वरको जन हुँ भने स्वर्गबाट आगोको वर्षा भएर तिमी र तिम्रा मानिसहरूलाई भस्म पारोस्।” तुरुन्तै अग्नि-वृष्टि भयो र अधिकृत र तिनका मानिसहरू भस्म भए।
11
राजाले अर्को एक जना अधिकृतलाई पचास जना सिपाहीसित पठाए। उनले गएर एलियालाई भने, “हे परमेश्वरको जन! राजाले झट्टै उनलाई भेट्न तपाईंलाई आज्ञा गरेका छन्!”
12
“म परमेश्वरको जन हुँ भने स्वर्गबाट अग्नि-वृष्टि भएर तिमी र तिम्रा मानिसहरूलाई भस्म पारोस्।” एलियाले उत्तर दिए। तुरुन्तै परमेश्वरबाट अग्नि-वृष्टि भयो र अधिकृत र मानिसहरू भस्म भए।
13
फेरि एक चोटि राजाले एक जना अधिकृतलाई पचास जना सिपाहीसहित पठाए। तिनी डाँडामा गए र एलियाको अघि घुँडा टेकी यसरी बिन्ती गरे, “हे परमेश्वरको जन! म र मेरा मानिसहरूमाथि कृपा गर्नुहोस्! हाम्रो ज्यानको रक्षा गर्नुहोस्!
14
अघि दुई जना अधिकृतहरू र तिनका मानिसहरूसमेत स्वर्गबाट भएको अग्नि-वृष्टिले भस्म भए; तर ममाथि दया गर्नुहोस्!”
15
परमप्रभुका दूतले एलियालाई भने, “त्योसँग जा, नडरा।” एलिया त्यो अधिकृतसँग राजाकहाँ गएर भने,
16
“परमप्रभु यसो भन्नुहुन्छ, ‘इस्राएलमा परमेश्वर नभएको जस्तै तैँले एक्रोनको देवता बाल-जिबबको सल्लाह लिन आफ्ना दूतहरूलाई पठाइस्। यसकारण तँ निको हुनेछैनस्, तँ मर्नेछस्’!”
17
परमप्रभुले एलियाद्वारा भन्नुभएअनुसार अहज्याह मरे। अहज्याहका छोरा थिएन। यसकारण तिनका भाइ योराम राजा भए। यहूदाका राजा यहोशापातको छोरो यहोरामको शासनकालको दोस्रो वर्षमा योराम राजा भए।
18
अहज्याह राजाले गरेका अरू सबै कामहरूबारे इस्राएलका राजाको इतिहासमा लेखिएको छ।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25