bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Kings 22
2 Kings 22
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 23 →
1
योशियाह यहूदाका राजा हुँदा आठ वर्षका थिए र उनले यरूशलेममा एकतीस वर्ष राज्य गरे। उनकी आमा बोस्कत सहरको अदायाहकी छोरी यदीता थिइन्।
2
योशियाहले परमप्रभुलाई प्रसन्न गराउने कामहरू गरे। उनले आफ्ना पुर्खा दाऊद राजाको उदाहरण लिए र परमप्रभुका सबै आज्ञाहरू ठीकसित पालन गरे।
3
योशियाहको पालोमा असल्याहको छोरो अनि मशुल्लामको नाति शापान राजदरबारका सचिव थिए। उनलाई राजाले आफ्नो राज्यकालको अठारौँ वर्षमा यो आज्ञा दिई मन्दिरमा पठाए,
4
“मुख्य पूजाहारी हिल्कियाहकहाँ जाऊ र ढोकामा सेवा गर्ने पूजाहारीहरूले मानिसहरूबाट कति पैसा बटुलेछन्, त्यसको हिसाब लिएर आऊ।
5
मन्दिर मरमत गर्ने जिम्मा लिएका मानिसहरूलाई त्यो पैसा दिनू भनी उनलाई भन।
6
तिनीहरूले सिकर्मी, डकर्मी र घर बनाउनेहरूको ज्याला दिनेछन् र मरमत गर्ने काममा लाग्ने काठपात र ढुङ्गाहरू किन्नेछन्।
7
कामको जिम्मा दिने मानिसहरू सबै पूरा इमानदार छन् र तिनीहरूबाट खर्चको हिसाब लिने प्रयोजन छैन।”
8
राजाको आदेश शापानले हिजकियालाई दिए। आफूले मन्दिरमा मोशाका व्यवस्थाको पुस्तक पाएको कुरा हिजकियाले उनलाई भने। पुस्तक हिजकियाले उनलाई दिए अनि त्यो उनले पढे।
9
राजाकहाँ फर्किगएर उनले भने, “तपाईंका सेवकहरूले मन्दिरको पैसा लगेर मरमत गर्न खटिएका मानिसहरूका हातमा दिए।”
10
त्यसपछि उनले भने, “हिजकियाले दिएको एउटा पुस्तक मसित छ।” अनि उच्च सोरले पढेर त्यो राजालाई सुनाए।
11
पुस्तक पढेको सुनेपछि राजाले व्याकुल भएर आफ्नो वस्त्र च्याते।
12
उनले हिल्कियाह पूजाहारी शापानको छोरो अहीकाम, मीकायाको छोरो अक्बोर, राजदरबारका सचिव शापान र आफ्नो सुसारे असायाहलाई यस्तो आज्ञा दिए,
13
“गएर मेरो र यहूदाका सबै मानिसहरूको खातिर यस पुस्तकको शिक्षाबारे परमप्रभुसित सोधपुछ गर। यस पुस्तकमा भनेअनुसार हाम्रा पुर्खाहरूले गरेनन् र परमप्रभु हामीसित रिसाउनुभएको छ।”
14
हिल्कियाह, अहीकाम, अक्बोर, शापान र असायाह एउटी हुल्दा नाम गरेकी स्त्रीकहाँ सोधपुछ गर्न गए। तिनी यरूशलेमको नयाँटोलमा बास गर्ने अगमवादिनी थिइन्। (तिक्भाको छोरो र हरहसको नाति शल्लूम तिनका लोग्ने थिए र तिनले मन्दिरका लत्ताकपडाको हेरचाह गर्थे।) तिनीहरूले भएका सबै कुरा हुल्दालाई बताए
15
अनि तिनले तिनीहरूलाई राजाकहाँ फर्किगई परमप्रभुबाट उनलाई
16
यो समाचार सुनाइदिनू भनिन्, “राजाले पढेका पुस्तकमा लेखिएअनुसार म यरूशलेम र त्यसका सबै मानिसहरूलाई दण्ड दिनेछु।
17
तिनीहरूले मलाई अस्वीकार गरे र अरू देवी-देवताहरूलाई बलि चढाए। यसरी तिनीहरूले आफ्ना कामले मेरो क्रोध जगाएका छन्। यरूशलेममाथि मेरो क्रोध उठेको छ र मेरो क्रोध मर्नेछैन।
18
राजा आफैंलाई चाहिँ म इस्राएलका परमप्रभु परमेश्वर यसो भन्दछु, ‘त्यस पुस्तकमा लेखिएका कुरा तैँले सुनिस्
19
र तैँले मेरो अघि पश्चात्ताप गरेर आफैंलाई नम्र तुल्याइस् अनि मैले यरूशलेम र त्यसका प्रजालाई हप्काएको सुनेर तैँले रुँदै आफ्ना वस्त्र च्यातिस्। म त्यसको दुर्दशा डरलाग्दो बनाउनेछु र सराप दिंदा मानिसहरूले त्यसको नाममा सराप दिनेछन्। तर मैले तेरो प्रार्थना सुनेको छु
20
र मैले यरूशलेममा ल्याउने दण्ड तेरो मृत्युअघि आउनेछैँन। तँ मरेपछि शान्तिसित गाडिनेछस्।” त्यो समाचार लिई ती मानिसहरू योशियाह राजाकहाँ फर्किगए।
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 23 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25