bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Kings 2
2 Kings 2
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 3 →
1
परमप्रभुले एलियालाई हावाको भूमरीमा स्वर्गमा उठाइलैजाने समय आयो। एलिया र एलीशा गिलगालबाट हिंडे।
2
बाटोमा एलियाले एलीशालाई भने, “तिमी यहीं बस। परमप्रभुले मलाई बेथेलमा जाने आज्ञा दिनुभएको छ।” तर एलीशाले भने, “जीवित परमप्रभुलाई र तपाईंको जीवनलाई समेत साक्षी राखी म भन्दछु, म तपाईंलाई छोड्नेछैनँ।” तब ती दुवै बेथेलमा गए।
3
त्यहाँ बास गर्ने एक दल अगमवक्ताहरू एलीशाकहाँ गएर सोधे, “आजदेखि परमप्रभुले तिम्रा स्वामीलाई तिमीदेखि छुट्ट्याई लैजानुहुनेछ भनेर तिमीलाई थाहा छ त?” “हो, म जान्दछु,” एलीशाले भने, “तर यसबारे कुरा नगरौं।”
4
त्यसपछि एलियाले एलीशालाई भने, “तिमी यहीं बस, परमप्रभुले मलाई यरीहोमा जाने आज्ञा गर्नुभएको छ।” तर एलीशाले भने, “जीवित परमप्रभुलाई र तपाईंको जीवनलाई समेत साक्षी राखी म भन्दछु, म तपाईंलाई छोड्नेछैनँ।” अनि ती दुवै यरीहोसम्म गए।
5
त्यहाँ बास गर्ने एक दल अगमवक्ताहरू एलीशाकहाँ गएर सोधे, “आजदेखि परमप्रभुले तिम्रो स्वामीलाई तिमीदेखि छुट्टयाई लैजानुहुनेछ भनेर तिमीलाई थाहा छ त?” एलीशाले जवाफ दिए, “हो, म जान्दछु; तर यसबारे कुरा नगरौं।”
6
एलियाले एलीशालाई भने, “अब तिमी यहीं बस, परमप्रभुले मलाई यर्दन नदीसम्म जाने आज्ञा गर्नुभएको छ।” तर एलीशाले भने, “जीवित परमप्रभुलाई र तपाईंको जीवनलाई समेत साक्षी राखी म भन्दछु, म तपाईंलाई छोड्नेछैनँ।” अनि तिनीहरू अघि बढे।
7
पचास जना अगमवक्ताहरूले तिनीहरूलाई यर्दनसम्म पछ्याए। नदीको छेउमा एलिया र एलीशा अडिए र पचास जना अगमवक्ताहरू केही टाढा उभिए।
8
तब एलियाले आफ्नो खास्टो फुकालेर पट्ट्याए र त्यसले पानीलाई हिर्काए। पानी दुई भाग भएर छुट्टियो र सुक्खा भूमिबाट भएर तिनी र एलीशा नदी पारी गए।
9
त्यहाँ पुगेर एलियाले एलीशालाई भने, “म उठाई लगिनुअघि तिम्रो निम्ति के गरूँ, तिमी के चाहन्छौ? मलाई भन।” एलीशाले जवाफ दिए, “तपाईंको आत्माको दोब्बर भाग ममाथि परोस्।”
10
“तिमीले गाह्रो कुरा माग्यौ; तर म तिमीबाट उठाई लगिँदा तिमीले मलाई देख्यौ भने त्यो पाउनेछौ तर मलाई देखेनौ भने पाउनेछैनौ,” एलियाले जवाफ दिए।
11
तिनीहरू कुरा गर्दै-हिंड्दै थिए। अचानक आगोको घोडाले तानेका आगोकै रथ ती दुईका बीचमा झर्यो र हावाको भूमरीले एलियालाई स्वर्गमा उठाइलग्यो।
12
एलीशाले त्यो देखे र चिच्च्याएर एलियालाई भने, “मेरा बुबा, मेरा बुबा! तपाईं इस्राएलका शक्तिशाली योद्धा! तपाईं जानुभयो।” त्यसपछि तिनले फेरि एलियालाई देखेनन्। विलाप गर्दै एलीशाले आफ्नो वस्त्र दुई भाग गरेर च्याते।
13
त्यसपछि तिनले एलियाको खसेको खास्टो उठाए र फर्केर गई यर्दनको किनारमा उभिए।
14
एलियाको खास्टोले नदीको पानीलाई हिर्काई उनले भने, “एलियाका परमप्रभु परमेश्वर कहाँ हुनुहुन्छ?” त्यसरी तिनले पानीलाई हिर्काए र त्यो पानी दुई भाग भई छुट्टियो र सुख्खा भूमिमा हिंडेर तिनी नदीवारि आए।
15
यरीहोबाट आएका पचास जना अगमवक्ताहरूले उनलाई देखेर भने, “एलियाको आत्मा एलीशामा उत्रेको छ।” तिनीहरू उनलाई भेट्न गए र उनको अघि घोप्टो परी भने,
16
“हामी यहाँ पचास जना बलिया-बलिया मानिसहरू छौं। हामी गएर तपाईंको स्वामीलाई खोजौं। हुन सक्छ, परमप्रभुको आत्माले उनलाई लानुभएर कुनै डाँडा वा भञ्ज्याङमा छोडिराख्नुभएको होला।” एलीशाले जवाफ दिए, “अँह, तिमीहरू नजाओ।”
17
तर तिनीहरूले जिद्दी गरिरहे र उनले तिनीहरूलाई छोडिदिए र तिनीहरू गए। ती पचास जना गएर तीन दिनसम्म एलियालाई उँभो-उँधो सबैतिर खोजे; तर उनलाई भेटेनन्।
18
त्यसपछि तिनीहरू एलीशाकहाँ फर्किगए। एलीशा यरीहोमा पर्खिबसेका थिए। उनले तिनीहरूलाई भने, “के मैले तिमीहरूलाई नजानू भनेको होइन त?”
19
यरीहोका केही मानिसहरू एलीशाकहाँ आएर भने, “हजुरलाई यादै छ, यो हाम्रो सहर असल सहर छ; तर पानीचाहिँ राम्रो छैन र यसले गर्भ तुहाउँछ।”
20
एलीशाले आज्ञा गरे, “एउटा नयाँ कचौरामा केही नुन हालेर मकहाँ ल्याओ। तिनीहरूले त्यसै गरे।
21
पानीको मुहानमा गएर उनले त्यो नुन पानीमा हालेर भने, “परमप्रभु यसो भन्नुहुन्छ: ‘म यस पानीलाई शुद्ध पार्नेछु। यसले अबदेखि अरू मृत्यु वा गर्भपतन गराउनेछैन।’
22
त्यसपछि एलीशाले भनेझैँ त्यहाँको पानी सधैँ शुद्ध भएर रहेको छ।
23
एलीशा बेथेल जानलाई यरीहोबाट बिदा भए। बाटोमा एउटा सहरबाट केही ठिटाहरू निस्किआएर उनको हाँसो उडाउन लागे। “यहाँबाट निस्किजाऊ, ए तालु खुइले!” तिनीहरूले कराउँदै भने।
24
एलीशाले फर्केर तिनीहरूलाई हेरे र परमप्रभुको नाउँमा सराप दिए। तब जङ्गलबाट दुई वटा माऊ भालु निस्केर बयालीस जना केटाहरूलाई फहराएर टुक्रा-टुक्रा पारे।
25
एलीशा कर्मेल डाँडामा गए। पछि उनी सामरियामा फर्के।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25