bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Kings 19
2 Kings 19
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 20 →
1
हिजकिया राजाले तिनीहरूका बयान सुन्नेबित्तिकै शोकले आफ्ना वस्त्र च्याते, भाङ्ग्रा लाए र परमप्रभुको मन्दिरमा गए।
2
उनले राजमहलका अधिकारी एल्याकीम, दरबारका सचिव शेब्ना र मुख्य पूजाहारीहरूलाई आमोजका छोरा यशैया अगमवक्ताकहाँ पठाए। तिनीहरूले पनि भाङ्ग्रा लाएका थिए।
3
उनले तिनीहरूलाई यो खबर यशैयालाई दिन पठाए, “आज हाम्रो निम्ति कष्टको दिन रहेछ। आज हामीले दण्ड भोग्दै छौं र हाम्रो अपमान भएको छ। हामी एउटी त्यस्ती आइमाईजस्ती भएका छौं, जो बच्चा जन्माउन तयार छे; तर दुर्बलताले गर्दा जन्माउन सक्दिन।
4
अश्शूरी राजाले जीवित परमेश्वरको अपमान गर्न आफ्नो मुख्य अधिकृतलाई पठाएका छन्। परमप्रभु तिम्रा परमेश्वरले यी अपमानका कुरा सुनून् र ती बोल्नेलाई दण्ड देऊन्। यसकारण हाम्रा जति मानिसहरू बाँचेका छन्, तिनीहरूका निम्ति परमेश्वरसँग प्रार्थना गरिदेऊ।”
5
हिजकिया राजाको खबर पाएर
6
यशैयाले यस्तो जवाफ पठाए, “परमप्रभु भन्नुहुन्छ कि अश्शूरीहरूले उहाँको निन्दा गरेर भनेका कुरा सुनें। तपाईं डराउनुपर्दैन।
7
परमप्रभुले अश्शूरी राजालाई यस्तो एउटा खबर सुनाउनुहुनेछ कि उनी आफ्ना देशमा फर्किजानेछन् र त्यहाँ परमप्रभुले उनको मृत्यु गराउनुहुनेछ।”
8
राजा लाकीशबाट बिदा भई छेउको लिब्ना सहरको विरुद्धमा लडाइँ गर्दै छन् भनी सुनेर अश्शूरी मुख्य अधिकृत उनीसित सल्लाह गर्न त्यहाँ गए।
9
कूशीका राजा तिर्हाकाह मिश्रका सेना साथमा लिई हामीलाई आक्रमण गर्न आइरहेका छन् भन्ने खबर अश्शूरीहरूकहाँ पुग्यो। त्यो खबर सुनेर राजाले यहूदियाका राजा हिजकियालाई
10
यसो भनेर एउटा चिठी लेखे, “जुन परमेश्वरमा तिमी भरोसा राख्छौ, तिमी मेरा हातमा पर्नेछैनौ भनी उनले तिमीलाई भने होलान् तर त्यस कुराले धोकामा नपर।
11
आफूले नाश गर्छु भनी चिताएको देशलाई अश्शूरी राजाले के गर्छ, त्यो तिमीले सुनेका छौ। के आफू बाचूँला भनी तिमी भन्ठान्छौ?
12
मेरा पुर्खाहरूले गोजान, हारान, रेसेप सहरहरू नाश गरे र तेल-अस्सारमा बस्ने अदनका मानिसहरूलाई मारे तर तिनीहरूका कुनै देवताले तिनीहरूलाई बचाउन सकेन।
13
हमात, अर्पाद, सपर्बेम, हेना र इव्वाका राजाहरू कहाँ छन्?”
14
चिठी ल्याउनेहरूका हातबाट चिठी लिई हिजकिया राजाले पढे। त्यसपछि उनी मन्दिरमा गए र त्यहाँ परमप्रभुको अघि चिठी राखे
15
र यसरी प्रार्थना गरे, “हे परमप्रभु इस्राएलका परमेश्वर, स्वर्गदूतहरूभन्दा माथि आफ्ना सिंहासनमा विराजमान हुनुहुने तपाईं मात्र परमेश्वर हुनुहुन्छ! र संसारका सबै राज्यहरूमाथि शासन गर्नुहुन्छ। तपाईंले स्वर्ग र पृथ्वी सृजनुभयो।
16
परमप्रभु, अब हामीमाथि के भइरहेको छ, सो हेर्नुहोस्। तपाईं जीवित परमेश्वरको अपमान गरेर सनहेरीबले के कुराहरू भन्दै छन्, ती सुन्नुहोस्।
17
परमप्रभु! हामी सबैले जान्दछौं कि अश्शूरका राजाहरूले धेरै जातिहरूलाई नाश गरे, तिनका देशहरू उजाड पारिदिए
18
र देवताहरू जलाइदिए। तर ती देवताहरू परमेश्वर होइनन्; तर मानिसका हातले बनाएका काठ र ढुङ्गाका मूर्तिहरू मात्र हुन्।
19
परमप्रभु, हाम्रा परमेश्वर! अब हामीलाई अश्शूरीहरूका हातबाट बचाउनुहोस् र हे परमप्रभु! संसारका सबै जातिहरूले तपाईं मात्र परमेश्वर हुनुहुन्छ भनी जान्नेछन्।”
20
तब राजाको प्रार्थनाको उत्तरमा
21
परमप्रभुले यसो भन्नुभएको छ भनी यशैयाले हिजकिया राजालाई खबर पठाए, “सनहेरीब सुन्, सियोन डाँडाले तँलाई तुच्छ ठान्दछ। तँ भाग्दा यरूशलेमले तेरो हाँसो उडाउँछ र तँलाई खिसी गर्दछ।
22
कसलाई अपमान गर्दै छस् र कसको हाँसो उडाउँदै छस् भनी तँ सोच्दछस्? तैँले म इस्राएलका पवित्र परमेश्वरको अनादार गरेको छस्।
23
तैँले आफ्ना रथहरूले लेबनानका सबैभन्दा अग्ला पर्वतहरू विजय गरिस् भनी मेरा अघि धाक लाउन तेरा मानिसहरूलाई पठाइस्। तैँले सबैभन्दा अग्ला देवदारुका सबैभन्दा असल सल्लाका रूखहरू ढालिस् र जङ्गलका भित्रभित्रसम्म पुगिस् भनेर धाक लगाइस्।
24
विदेशमा कुवा खनिस्, पानी पिइस् र तेरा सेनाले खुट्टाले टेकेर नील नदीको पानी सुकाइदिए भनेर घमण्ड गरिस्।
25
“धेरै दिनअघि मैले नै त्यसो गर्ने उपाय रचेको थिएँ भनेर कहिल्यै सुनेको थिइनस्? र मैले नै त्यो पूरा गरें। सुरक्षित सहरहरूलाई चुर पारेर राश लाउने शक्ति मैले तँलाई दिएँ।
26
त्यहाँ बास गर्ने मानिसहरू शक्तिहीन थिए। तिनीहरू डराएका र व्याकुल थिए। गरम पूर्वीय हावाको बेगले सुकाएको मैदानको घाँस वा छानामा उम्रेको झारझैँ तिनीहरू भएका थिए।
27
“तर तेरो बारेमा सबै कुरा, तँ के गर्दछस् र कहाँ जान्छस्, म जान्दछु। तेरो ममाथि कस्तो रिस छ, त्यो पनि म जान्दछु।
28
तेरा ती रिस र घमण्डबारे मैले खबर पाएको छु। तेरा नाकमा बल्छी र मुखमा लगाम लाएर जुन बाटोबाट तँ आइस्, त्यही बाटोबाट म तँलाई फर्काई लानेछु।
29
“हे राजा हिजकिया! अब के हुनेछ, त्यसको चिन्ह यस्तो हुनेछ। यो वर्ष र आउँदो वर्ष तिमीहरूले खानलाई जङ्गली अन्न मात्र पाउनेछौ तर त्यसको पछिल्लो वर्ष तिमीहरू अन्न रोप्न, कटनी गर्न र दाखबारी लाएर अङ्गुर खान सक्नेछौ।
30
यहूदामा बाँचेर रहनेहरू जमिनमा जरा गहिरो गाडेर फल फलाउने रूखझैँ बढ्नेछन्।
31
यरूशलेममा र सियोन डाँडामा नमरी बाँचेका मानिसहरू रहनेछन् किनभने परमप्रभुले त्यसो गर्ने सङ्कल्प गर्नुभएको छ।
32
“अश्शूरी राजाबारे परमप्रभुले यसो भन्नुभएको छ, ‘त्यो यस सहरभित्र पस्नेछैन र यसलाई एउटा काँडले पनि हान्नेछैन। ढाल बोकेको कुनै सिपाही सहरछेउ आउनेछैन र त्यसका चारैपट्टि घेराको ढिस्का बनिन पाउनेछैन।
33
यस सहरमा नपसी त्यो आफू आएकै बाटोबाट फर्कनेछ। म परमप्रभुले यसो भनेको हुँ।
34
म आफ्नै इज्जतको लागि मैले दाऊद मेरो सेवकसित गरेको प्रतिज्ञाअनुसार यस सहरको बचाउ गरी रक्षा गर्नेछु’।”
35
त्यस रात परमप्रभुको एउटा दूत अश्शूरी छाउनीमा गए र १,८५,००० सिपाहीहरूलाई मारे। भोलिपल्ट घाम झुल्कँदा तिनीहरू मरेर लम्पसार थिए।
36
त्यसपछि अश्शूरी राजा सनहेरीब पछि हटे र निनवेमा फर्के।
37
एक दिन आफ्नो देवता निस्रोकको मन्दिरमा पूजा गर्दैगर्दा उनको दुई भाइ छोराहरू अद्रम्मलेक र शरेसेरले आफ्ना तरवारले तिनको हत्या गरे र भागेर आरारात देशमा गए। त्यसपछि उनका अर्का छोरा एसरहदोन राजा भए।
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 20 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25