bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Kings 11
2 Kings 11
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 12 →
1
अहज्याह राजाकी आमा अतल्याहले आफ्नो छोरोको हत्या भएको कुरा सुन्नेबित्तिकै राजकीय परिवारका सबै जनालाई मार्न आज्ञा दिइन्।
2
अहज्याहको छोरो योआश मात्र बाँचे। उनी अरूहरूका साथमा मारिन लाग्दा उनकी फुपू यहोशेबाले उनलाई बचाइन्। तिनी यहोराम राजाकी छोरी र अहज्याहकी बहिनी थिइन्। तिनले योआश र तिनकी धाईलाई मन्दिरको एउटा सुत्ने कोठामा लगेर अतल्याहबाट उनलाई लुकाएर राखिन्। त्यसरी उनी बाँचे।
3
यहोशेबाले केटोलाई छ वर्षसम्म मन्दिरमा रेखदेख गरिन्। त्यस समय अतल्याहले रानी भई राज्य चलाइन्।
4
तर सातौं वर्षमा यहोयादा पूजाहारीले राजकीय अङ्गरक्षक र दरबारका पहरादारका कप्तानहरूलाई बोलाएर परमप्रभुको मन्दिरमा ल्याए र त्यहाँ आफूले गर्न लागेको उपायसँग तिनीहरूलाई राजी गराएर किरिया खुवाए। अहज्याह राजाको छोरो योआशलाई देखाएर
5
तिनीहरूलाई यस्तो आदेश दिए, “विश्रामको दिनमा जब तिमीहरू काममा आउँछौ, तिमीहरूमा एक तिहाइले महलमा पहरा दिनू,
6
अर्को एक तिहाइले सूर भनिने मूल-ढोकामा पहरा दिनू र बाँकी एक तिहाइ मूल-ढोकामा रहेका पहरादारहरूको पछाडिपट्टि उभिएर बस्नू र पहरा दिनू।
7
विश्रामको दिनमा काम सकेर फर्कने दुई दलचाहिँ राजाको रक्षाको निम्ति मन्दिरमा नै पहरा दिएर उभिनू।
8
हातमा तरवार लिएर तिमीहरूले योआश राजाको रक्षा गर्नू र उनी जहाँ जान्छन्, त्यहाँ उनीसँग रहनू। तिम्रो छेउमा आउनेलाई मारिदिनू।”
9
अधिकृतहरूले यहोयादाका आदेश पालन गरे र विश्रामको दिनमा काममा आउने र कामबाट जाने आफ्ना सबै सिपाहीहरूलाई उनीकहाँ ल्याए।
10
उनले अधिकृतहरूलाई मन्दिरमा राखिएका दाऊद राजाका भाला र ढालहरू दिए
11
अनि योआश राजाको रक्षा गर्न ती मानिसहरूलाई हातमा तरवार लिएर वेदी र मन्दिरको सामुन्ने राजाका चारैतिर खडा राखे।
12
तब यहोयादाले योआशलाई ल्याए, उनको शिरमा मुकुट लाइदिए र राजाले मान्नुपर्ने नियमहरूको एउटा नकल दिए। त्यसपछि योआशलाई अभिषेक गरे र राजा घोषणा गरे। मानिसहरूले थपडी मारे र कराएर भने, “राजा दीर्घायु होऊन्।”
13
पहरादार र मानिसहरूले सोर मच्चाएको अतल्याह रानीले सुनिन् र हतारिंदै मन्दिरमा गइन्। त्यहाँ मानिसहरूको भीड थियो।
14
त्यहाँ दस्तुरअनुसार नयाँ राजा मन्दिरको प्रवेश ढोका स्तम्भनिर उभिरहेका तिनले देखिन्। अधिकृत र तुरही बजाउनेहरूले उनलाई घेरेका थिए र हर्षसाथ मानिसहरूले सोर मच्चाउँदै थिए र तुरही बजाउँदै थिए। अफसोसमा तिनले आफ्नो वस्त्र च्यातिन् र कराएर भनिन्, “विश्वासघात भयो, राजद्रोह भयो!”
15
मन्दिरको आँगनमा अतल्याहको हत्या भएको यहोयादा चाहँदैनथे। उनले सेनाका अधिकृतहरूलाई आदेश दिए, “पहरेदारका पङ्क्तिका बीचबाट तिनलाई बाहिर लैजाओ र तिनलाई बचाउन खोज्नेलाई मार।”
16
तिनीहरूले अतल्याहलाई पक्रे र राजमहलको घोडा पस्ने ढोकानिर लगेर मारे।
17
हामी परमप्रभुका प्रजा रहनेछौं भनेर योआश राजा र मानिसहरूलाई यहोयादा पूजाहारीले करार बाँध्न लगाए। राजा र प्रजाका बीचमा पनि उनले एउटा करार बाँधिदिए।
18
त्यसपछि मानिसहरूले बालको मन्दिरमा गएर त्यसलाई भत्काइदिए। तिनीहरूले वेदी र मूर्तिहरू तोडे र बालको पूजाहारी मत्तानलाई वेदीको सामुन्ने मारे। यहोयादाले मन्दिरमा पहरेदारहरू खटाए।
19
त्यसपछि उनी अधिकृत र राजकीय अङ्गरक्षकहरूले राजालाई साथमा लिई मन्दिरबाट राजमहलमा लगे। मानिसहरू पछिपछि गए। योआश पहरा ढोकाबाट पसे र सिंहासनमा बसे।
20
सारा प्रजा खुसीले रमाए। महलमा अतल्याहको हत्या भएकोले सहर शान्त थियो।
21
सात वर्षको उमेरमा योआश यहूदाका राजा भए।
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25