bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Kings 25
2 Kings 25
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 24
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
1
सिदकियाहले बेबिलोनका राजा नबूकदनेसरको विरुद्धमा विद्रोह गरे। नबूकदनेसरले आफ्ना सारा सेना लिएर आए र सिदकियाहको राज्यकालको नवौँ वर्षको दशौँ महिनाको दशौँ दिनमा यरूशलेममाथि हमला गरे। तिनीहरूले सहरको बाहिरपट्टि छाउनी हाले, चारैपट्टि पर्खाल लाएर घेरा हालिराखे
2
अनि सिदकियाहको शासनको एघारौँ वर्षसम्म घेरा हालिराखे।
3
त्यस वर्षको चौथो महिनाको नवौँ दिन घोर अनिकाल परेकोले मानिसहरूसित केही खानेकुरा थिएन,
4
त्यही बेला सहरको पर्खाल भत्काएर बेबिलोनीहरूले सहरलाई घेरामा राखेकै बेलामा सारा सेना राती राजाको बगैँचानिरका दुई पर्खालको बीचको मूल-ढोकाबाट भागे। तिनीहरू अराबातिर भागे;
5
तर बेबिलोनी सेनाले सिदकियाह राजालाई खेदे र उनलाई यरीहोको छेउको मैदानमा पक्रे। उनका सिपाहीहरू उनलाई छोडेर भागे।
6
सिदकियाहलाई नबूकदनेसर राजाको अघि लगे, उनी त्यस बेला रिब्ला सहरमा थिए। त्यहाँ उनले सिदकियाहलाई दण्डको आज्ञा गरे।
7
सिदकियाहले हेर्दाहेर्दै उनका छोराहरू मारिए। त्यसपछि नबूकदनेसरले उनका आँखा निकालिदिए र उनलाई साङ्लाले बाँधेर बेबिलोनमा लगे।
8
नबूकदनेसर राजा भएको उन्नाईसौं वर्षको पाँचौँ महिनाको सातौँ दिन राजाका सल्लाहकार र फौजका सेनापति नबूजरदान यरूशलेममा आए।
9
तिनले यरूशलेमका मन्दिर, राजमहल र सबै ठूला-ठालुहरूका घर जलाएर भस्म पारिदिए।
10
तिनका सिपाहीहरूले सहरका पर्खाल भत्काइदिए।
11
त्यसपछि नबूजरदानले सहरमा बाँकी रहेका मानिसहरू, सिपालु कारिगरहरू, आफ्ना राजालाई त्यागेर बेबिलोनीहरूका पछि लागेकाहरू सबैलाई बेबिलोनमा लगे।
12
तर सबैभन्दा गरीब मानिसहरू, जसका केही धन-सम्पत्ति थिएन, तिनीहरूलाई यहूदामा नै छोडिराखे र दाखबारी र खेतबारीमा काम गर्न लाए।
13
बेबिलोनीहरूले मन्दिरमा भएका काँसाका खामा र गाडाहरू, काँसाको ठूलो पानी ट्याङ्की पनि टुक्रा-टुक्रा पारे र सम्पूर्ण काँसा बेबिलोनमा लगे।
14
तिनीहरूले वेदी सफा गर्दा चलाउने बेल्चा र खरानीका पात्रहरू, दियो ठीक गर्ने औजारहरू, बलि गर्दा रगत थाप्ने भाँडाहरू, धूप-दानीहरू र मन्दिरको सेवामा चलाइने अरू सबै काँसाका चीजबीजहरू पनि लगे।
15
सुन र चाँदीले बनेका हरथोक, आगो बोक्ने स-साना कचौरा र ताप्केसमेत तिनीहरूले लगे।
16
सोलोमन राजाले मन्दिरको निम्ति बनाएका काँसाका दुई वटा खामाहरू, भाँडाहरू र ठूलो ट्याङ्की अति गह्रौँ थिए र त्यसको तौल लिन सकिँदैनथ्यो।
17
दुई वटा खामाहरू एकै किसिमका थिए, प्रत्येक ८ मिटर अग्लो थियो र टुप्पोमा १.३ मिटर उच्च काँसाको शीर्ष राखिएको थियो। प्रत्येक शीर्ष चारैतिर काँसाले बनेका दारीमहरूले सिङ्गारेको काँसाकै जाली थियो।
18
तीबाहेक नबूजरदान सेनापतिले मुख्य पूजाहारी सरायाह, दोस्रो पूजाहारी सपन्याह र मन्दिरका अरू तीन मुख्य अधिकारीहरूलाई कैद गरी लगे।
19
सहरबाट उनले फौजका जिम्मा लिएका कप्तान, फौजी कागजपत्र राख्ने उनको सहायक, बाँकी रहेका पाँच जना राजाका सल्लाहकारहरू र अरू साठी जना ठूला-ठालुहरूलाई लगे।
20
नबूजरदानले तिनीहरूलाई बेबिलोनका राजाकहाँ लगे। राजा त्यस बेला
21
हमात देशको रिब्ला सहरमा थिए। उनले त्यहाँ तिनीहरूलाई कोर्रा लाएर मारे। यसरी यहूदाका मानिसहरू आफ्नो देशबाट कैदमा लगिए।
22
बेबिलोनका राजा नबूकदनेसरले अहीकामको छोरो शापानको नाति गदल्याहलाई यहूदाका बडा-हाकिम खटाए र बेबिलोनमा नलगिएका मानिसहरूको जिम्मा दिए।
23
अझसम्म समर्पण नहुने यहूदाका अधिकृत र सिपाहीहरू त्यो कुरा सुनेर मिस्पामा गई गदल्याहपट्टि लागे। ती अधिकृतहरू नतन्याहको छोरो इश्माएल, कारेहको छोरो योहानान, नतोपाती नगरका तन्हूमेतको छोरो सरायाह र माका सहरका याजन्याह थिए।
24
गदल्याहले तिनीहरूलाई भने, “म तिमीहरूलाई वचन दिन्छु कि तिमीहरूले बेबिलोनका अधिकारीहरूको डर मान्ने जरुरत छैन। यस देशमा बास गर, बेबिलोनका राजाको सेवा गर र तिमीहरूको भलो नै हुनेछ।”
25
तर त्यही वर्षको सातौँ महिनामा नतन्याहको छोरो, राज परिवारका एलीशामाको नाति इश्माएल आफूसँग अरू दश जनालाई लिएर मिस्पामा गए र गदल्याहलाई आक्रमण गरेर मारे। तिनले गदल्याहसँग त्यहाँ भएका इस्राएली र बेबिलोनीहरूलाई पनि मारे।
26
त्यसपछि सबै इस्राएलीहरू, धनी र गरीब सबै फौजका अधिकृतहरूका साथमा हिंडे र मिश्रमा गए किनभने तिनीहरूलाई बेबिलोनीहरूको डर थियो।
27
एबील-मरोदक बेबिलोनका राजा भएको वर्ष उनले यहूदाका राजा यहोयाकीनमाथि दया देखाए र उनलाई कैदबाट छोडिदिए। यहोयाकीन कैदमा लगिएको सैँतीसौँ वर्षको बाह्रौँ महिनाको सत्ताईसौँ दिनमा उनी कैदबाट छोडिदिए।
28
एबील-मरोदकले उनीसित दयालु व्यवहार गरे र उनीजस्तै बेबिलोनमा कैदी भई बसेका अन्य राजाहरूलाई भन्दा उनलाई ज्यादा आदरको स्थान दिए।
29
यसरी यहोयाकीनले कैदको वस्त्र फुकाल्ने र बाँकी जीवनभरि राजाको टेबिलमा भोजन गर्ने अनुमति पाए।
30
उनको जीवनभरि प्रत्येक दिन उनको आवश्यकताअनुसार उनले दैनिक भत्ता पाउँथे।
← Chapter 24
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25