bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Kings 5
2 Kings 5
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 6 →
1
अरामका सेनाका सेनापति नामानलाई उनका राजाले खुबै मान र आदर गर्थे किनभने परमप्रभुले नामानद्वारा अरामका सेनालाई विजय दिनुभएको थियो। उनी महान् योद्धा थिए; तर उनलाई डरलाग्दो चर्मरोग थियो।
2
इस्राएलमाथि गरेको एउटा आक्रमणमा अरामीहरूले एउटी सानी इस्राएली ठिटीलाई कैद गरी लगेका थिए र त्यो नामानकी स्वास्नीको चाकरनी भएकी थिई।
3
एक दिन त्यसले आफ्नी मालिकनीलाई भनी, “मेरा मालिक सामरियामा बस्ने अगमवक्ताकहाँ जान सक्नुभए असल हुन्थ्यो भन्ने मलाई लाग्छ। उनले मालिकको कुष्ठरोग निको पारिदिनुहुन्थ्यो।”
4
यो कुरा सुनी नामान राजाकहाँ गए र त्यस ठिटीले भनेको कुरा राजालाई सुनाए।
5
राजाले भने, “म चिठी दिन्छु, त्यो लिएर इस्राएलका राजाकहाँ जाऊ।” नामान तीस हजार चाँदीका टुक्रा, छ हजार सुनका टुक्रा र दश जोर कपडा लिएर हिंडे।
6
उनले लगेका चिठीमा यसरी लेखिएको थियो, “यो पत्र लिई तपाईंकहाँ आउने मानिस मेरो सेनापति नामान हो। तपाईंले उसको कुष्ठरोग निको पारिदिनुहोस्।”
7
त्यो चिठी पढी इस्राएलका राजा जिल्ल परे। आफ्नो वस्त्र च्यातेर भने, “मैले यस मानिसलाई बिसेक गराउन सक्छु भनी अरामका राजाले कसरी आशा गर्न सक्छन्? म परमेश्वर हुँ र? जीवन र मरणको अधिकार मसित छ भनी उनी सोच्छन् कि क्या हो? यसले सोझै बुझाउँछ कि उनी मसित झगडा गर्न चाहन्छन्!”
8
यो कुरा सुनेर एलीशाले राजाकहाँ यस्तो खबर पठाए, “तपाईं किन आत्तिनुहुन्छ? त्यस मानिसलाई मकहाँ पठाइदिनुहोस्। इस्राएल देशमा एक जना अगमवक्ता छ भनी म उनलाई बुझाइदिनेछु।”
9
नामान आफ्ना रथ र घोडाहरू लिएर एलीशाको घरमा गए र ढोकामा अडिए।
10
एलीशाले एउटा चाकरद्वारा उनलाई यर्दन नदीमा गई सात चोटि डुबुल्की मार्नू र तिमी रोगबाट पूरा निको हुनेछौ भनी खबर पठाए।
11
तर रिसले झोकिएर नामानले यसो भन्दै हिंडे, “मैले सोचेको थिएँ कि उनी कम-से-कम निस्केर मकहाँ आई परमप्रभु आफ्ना परमेश्वरलाई बिन्ती गरेर मेरो रोग लागेको अङ्गमाथि आफ्नो हात राखेर मलाई निको पार्नेछन्।
12
के दमस्कसका नदीहरू अबाना र फारपर इस्राएलका नदीहरूभन्दा असल छैनन् र? तिनमा डुबुल्की मारी म निको हुन सक्दिनँ र?” तब उनी झोकिएर हिंडे।
13
उनका चाकरहरूले उनको छेउमा गई भने, “हजुर, अगमवक्ताले तपाईंलाई केही गाह्रो कुरा गर्नुभएको भए, त्यो तपाईं गर्नुहुनेथ्यो। उनले भनेअनुसार गएर नदीमा डुबुल्की मारी किन निको हुनुहुन्न?”
14
त्यसरी नामान यर्दनमा गए र एलीशाको आदेशअनुसार सात पटक नदीमा डुबुल्की मारे र पूरा निको भए। उनको शरीर साना बालकको जस्तै स्वस्थ र शुद्ध भयो।
15
आफ्ना सबै चाकरहरूसित एलीशाकहाँ आएर तिनले भने, “अब मलाई थाहा भयो कि इस्राएलका परमेश्वरबाहेक अरू कोही ईश्वर संसारमा छैनन् र हजुर, कृपा गरी मबाट एउटा कोसेली ग्रहण गर्नुहोस्।”
16
एलीशाले उत्तर दिए, “जीवित परमप्रभु, जसको म सेवा गर्दछु, उहाँलाई साक्षी राखी म भन्दछु, म केही पनि ग्रहण गर्नेछैनँ।” नामानले उपहार लिन कर लाए तर एलीशा मान्दै मानेनन्।
17
नामानले भने, “यदि मेरो कोसेली लिनुहुन्न भने मलाई दुई खच्चरको भारी माटो यहाँबाट लिएर घर जान दिनुहोस् किनभने अबदेखि उसो म परमप्रभुबाहेक अरू कुनै देवतालाई होमबलि र अन्य कुनै बलिदान चढाउनेछैनँ।
18
म आशा गर्दछु कि अरामका रिम्मोन देवताको मन्दिरमा मेरा राजा पूजा गर्न जाँदा जब म उनीसित गएर मन्दिरमा शिर निहुराउनुपर्छ, तब परमप्रभुले मलाई क्षमा गरून्!”
19
“शान्तिसित जानुहोस्,” एलीशाले भने र नामान बिदा भए। नामान अलि पर पुग्दा
20
एलीशाका चाकर गेहजीले आफ्नो मनमा भन्यो, “मेरा मालिकले नामानबाट केही नलिई उनलाई छोडिदिए। उनले दिएको कुरा मालिकले लिनुपर्थ्यो। जीवित परमप्रभुलाई साक्षी राखी म यो गरिहाल्छु कि म कुदेर गई उनलाई भेटेर उनीबाट केही लिनेछु।”
21
त्यो दगुर्दै नामानलाई पछ्याएर गयो। कसैलाई आफूतिर दगुर्दै आएको देखी नामान उनलाई भेट्न रथबाट उत्रे र सोधे, “केही गल्ती भयो कि?”
22
गेहजीले उत्तर दियो, “त्यसो होइन; तर मेरा मालिकले तपाईंलाई यसो भन् भनी मलाई पठाए। भर्खरै अगमवक्ताका दलबाट दुई जना एफ्राइमका पहाडी इलाकाबाट आइपुगे र उनी चाहन्छन् कि तिनीहरूलाई तपाईंले ३,००० चाँदीका टुक्रा र दुई जोर असल कपडा दिनुहोस्।”
23
नामानले जवाफ दिए, “कृपा गरी ६,००० चाँदीका टुक्रा लैजाऊ।” उनले चाँदीका टुक्रा दुई वटा थैलोमा बाँधेर त्यसलाई ती लिन कर लाए र आफ्ना दुई चाकरका हातमा एक-एक जोर असल कपडा पनि दिएर तिनीहरूलाई गेहजीको अघि-अघि पठाइदिए।
24
एलीशा बसेका डाँडामा पुगेर गेहजीले थैलाहरू बोकेर घरभित्र लग्यो र नामानका चाकरहरूलाई फर्काइदियो।
25
त्यो घरभित्र फेरि पस्यो र एलीशाले सोधे, “तँ कहाँ गएको थिइस्?” त्यसले जवाफ दियो, “हजुर, कहीँ पनि गइनँ त?”
26
तर एलीशाले भने, “ती मानिस रथबाट उत्रेर तँलाई भेट्न आउँदा म आत्मामा तँसित थिइनँ र? यो पैसा, लत्ता-कपडा, जैतुन र दाखको बारी, भेडा र गाई-वस्तु, नोकर-चाकरहरू लिने समय होइन।
27
अब नामानको कुष्ठरोग तँलाई सर्नेछ र त्यो सदाकाल तँ र तेरा सन्तानसित रहिरहनेछ।” गेहजी बिदा भयो। त्यसलाई डरलाग्दो कुष्ठरोग लाग्यो। त्यसका शरीरको छाला हिउँजस्तै सेतो भयो।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25