bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Kings 20
2 Kings 20
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 21 →
1
त्यही बेलातिर हिजकिया राजा बिरामी भए र झण्डै मरे। आमोजको छोरो यशैया अगमवक्ता उनलाई हेर्न गए र भने, “तैँले सबै कुराको बन्दोबस्त मिलाइराख् किनभने तँ बिसेक हुँदैनस् र तँ मर्नेछस्” भनी परमप्रभु तपाईंलाई भन्नुहुन्छ।
2
हिजकियाले भित्तापट्टि मुख फर्काएर यस्तो प्रार्थना गरे,
3
“हे परमप्रभु, मैले विश्वासयोग्य र भक्तिसाथ तपाईंको सेवा गरेको छु र तपाईंले मबाट चाहेअनुसार काम गर्ने चेष्टा गरेको छु भनी सम्झना गर्नुहोस्।” त्यसपछि उनी धुरुधुरु रुन लागे।
4
[4-5] यशैयाले राजासित बिदा लिए तर राजमहलका माझमा भएको आँगन पार गर्नुअघि नै परमप्रभुले उनलाई फर्केर मेरा प्रजाका राजा हिजकियाकहाँ गई यसो भन् भनी आज्ञा गर्नुभयो, “म परमप्रभु तेरा पुर्खा दाऊदका परमेश्वरले तेरो बिन्ती सुनें र तेरा आँसु देखें। म तँलाई बिसेक गराउनेछु र तीन दिनमा तँ मन्दिरमा जानेछस्।
6
म तँलाई अझै पन्ध्र वर्षको आयु दिनेछु। तँलाई र यरूशलेम सहरलाई म अश्शूरका राजाका हातबाट बचाउनेछु। मेरो आफ्नै इज्जत र मैले आफ्नो सेवक दाऊदसित गरेको प्रतिज्ञाको खातिर म यो सहरलाई बचाउनेछु।”
7
तब उनले राजाका सुसारेहरूलाई उनको पिलोमा नेभाराको लेप बनाएर लाइदिनू र उनी निको हुनेछन् भनी अह्राए।
8
हिजकिया राजाले सोधे, “परमप्रभुले मलाई निको पार्नुहुनेछ र तीन दिनमा म मन्दिरमा जान सक्नेछु भन्ने कुराको प्रमाण के कुराले दिन्छ?”
9
यशैयाले जवाफ दिए, “परमप्रभुले आफ्नो प्रतिज्ञा राख्नुहुनेछ भन्ने प्रमाण स्वरूप तपाईंलाई एउटा चिनो दिनुहुनेछ। अब त्यो सिँढीमा परेको छाया दश कदम अघि सरोस् कि दश कदम पछि? तपाईं कुन कुरा चाहनुहुन्छ?”
10
हिजकियाले उत्तर दिए, “छायालाई दश कदम अघि सर्न लाउनु सजिलै छ। त्यसलाई दश कदमपछि सर्न लाऊ।”
11
यशैयाले परमप्रभुलाई प्रार्थना गरे र आहाज राजाले बनाएको सिँढीमा परेको छायालाई उहाँले दश कदम पछि सार्नुभयो।
12
त्यही बेलातिर बेबिलोनका राजा बलदानको छोरो मरोदक-बलदानले हिजकिया राजा बिरामी छन् भनी सुने र उनलाई एउटा चिठी र उपहार पठाए।
13
हिजकियाले ती ल्याउने मानिसहरूलाई स्वागत गरे र तिनीहरूलाई आफ्ना धन-सम्पत्ति, सुन-चाँदी, मसला, सुगन्धित तेल र सबै सैनिक हतियारहरू देखाए। उनका महल वा राज्यका भण्डारमा भएका कुनै पनि कुरा हिजकियाले लुकाएनन्।
14
त्यसपछि यशैया अगमवक्ताले हिजकिया राजाकहाँ गएर सोधे, “यी मानिसहरू कताबाट आएका हुन् र तिनीहरूले तपाईंलाई के भने?” हिजकियाले उत्तर दिए, “तिनीहरू एउटा धेरै टाढाको देश बेबिलोनबाट आएका हुन्।”
15
“महलमा तिनीहरूले के-के हेरे?” “तिनीहरूले सबै थोक हेरे। मैले राजभण्डारमा तिनीहरूलाई नदेखाएको केही कुरा छैन।”
16
यशैयाले राजालाई भने, “सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ
17
कि एउटा यस्तो समय आउँदै छ, जब तपाईंका महलमा भएका र आजसम्म तपाईंका पिता-पुर्खाले भण्डारमा जम्मा गरेका हरचीज बेबिलोनियामा लगिनेछ। केही कुरा छोडिनेछैन।
18
तपाईंका आफ्नै सन्तान पनि कोही-कोही कैदमा लगिनेछन् र बेबिलोनियाका राजाका राजमहलमा सेवा गर्न नपुंसक बनाइनेछन्।”
19
हिजकिया राजाले मेरो जीवनकालमा चाहिँ शान्ति र सुरक्षा पाइनेरहेछ भनी बुझे र उनले यस्तो जवाफ दिए, “तिमीले मलाई परमप्रभुको तर्फबाट दिएको समाचार असल छ।”
20
हिजकियाले गरेका अरू सबै काम, उनका साहसका कामहरू र उनले कसरी एउटा जल-कुण्ड बनाए र सुरुङ खनेर पानी सहरमा ल्याए, त्यसको बयानसमेत यहूदाका राजाको इतिहासमा लेखिएको छ।
21
हिजकिया मरे, उनीपछि उनका छोरा मनश्शे राजा भए।
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 21 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25