bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Kings 24
2 Kings 24
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 25 →
1
यहोयाकीम राजा छँदा बेबिलोनका राजा नबूकदनेसरले यहूदियामाथि आक्रमण गरे र तीन वर्षसम्म यहोयाकीमलाई उनको शासनको अधीनमा रहन कर लाग्यो। त्यसपछि उनले विद्रोह गरे।
2
आफ्ना सेवक अगमवक्ताहरूद्वारा भन्नुभएअनुसार बेबिलोन, अरामी, मोआबी र अम्मोनी हतियारधारी दलहरूलाई परमप्रभुले यहूदा नाश पार्नलाई यहोयाकीमको विरुद्धमा पठाउनुभयो।
3
[3-4] यी कुराहरू परमप्रभुका आज्ञाले भए। मनश्शे राजाले गरेका सबै पाप, विशेषगरी उनले मारेका ती सबै निर्दोष मानिसहरूका कारणले यहूदाका मानिसहरूलाई परमप्रभुको नजरबाट धपाउन यी कुराहरू भएका हुन्। त्यसको निम्ति परमप्रभुले मनश्शेलाई क्षमा दिन चाहनुभएन।
5
यहोयाकीमले गरेका अरू सबै कामहरू यहूदाका राजाको इतिहासमा लेखिएको छ।
6
यहोयाकीम मरे र उनका छोरा यहोयाकीन राजा भए।
7
मिश्रका राजा र सेना फेरि कहिल्यै मिश्रबाट निस्केनन् किनभने मिश्रका अधीनमा रहेका सम्पूर्ण देश अब बेबिलोनका राजाका अधीनमा भएका थिए। यूफ्रेटिस नदीदेखि मिश्रको उत्तरमा मिश्रको खोल्सासम्म बेबिलोनको अधिकारमा थियो।
8
यहोयाकीन यहूदाका राजा हुँदा उनको उमेर अठार वर्ष थियो। उनले यरूशलेममा तीन महिना राज्य गरे। यरूशलेमका एल्नातानकी छोरी नहूश्ता उनकी आमा थिइन्।
9
आफ्ना बुबाका चालहरूमा चलेर यहोयाकीनले परमप्रभुको विरुद्धमा पाप गरे।
10
उनको शासनकालमा नबूकदनेसर र राजाका अधिकृतहरूको हुकुममा बेबिलोनी सेनाले यरूशलेममाथि आक्रमण गर्यो र त्यसलाई घेरामा हाल्यो!
11
त्यसरी घेरामा परेको बेलामा नबूकदनेसर आफैं यरूशलेम आए।
12
आमा, छोरा, अधिकृत र राजदरबारका सबै भारदारहरू साथमा लिएर राजा यहोयाकीनले बेबिलोनीहरूको हातमा आत्मसमर्पण गरे। नबूकदनेसरको शासनकालको आठौँ वर्षमा उनले यहोयाकीनलाई कैद गरेर
13
मन्दिर र राजाहरूको सारा धन बेबिलोनमा लिएर गए। परमप्रभुले पहिले नै भन्नुभएअनुसार सोलोमन राजाले मन्दिरमा चलाउन बनाएका सुनका सबै भाँडाहरू नबूकदनेसरले फुटाइदिए।
14
यरूशलेमका मानिसहरू, राजदरबारका सबै राजकुमार र अगुवाहरू जम्मा दश हजार मानिसहरूलाई नबूकदनेसरले कैद गरी लगे। उनले सबै सिपालु कारिगरहरू, फलामका काम गर्नेहरूसमेत लगेर गए। सबैभन्दा दरिद्रहरूलाई मात्र उनले यहूदामा छोडिराखे।
15
नबूकदनेसरले यहोयाकीनलाई कैद गरे र उनका आमा, स्वास्नीहरू, अधिकृत र यहूदाका अगुवाहरूका साथ बेबिलोनमा लगे।
16
नबूकदनेसरले सबै मुख्य मानिसहरू; जम्मा सात हजार पुरुषहरू र फलामका काम गर्नेहरू गरी जम्मा एक हजार सिपालु कारिन्दाहरूलाई बेबिलोनमा लगे। ती सबै हट्टाकट्टा र फौजी काम गर्ने लायकका थिए।
17
नबूकदनेसरले यहोयाकीनका काका मतन्याहलाई यहूदाका राजा बनाए र उनको नाम सिदकियाह राखिदिए।
18
यहूदाका राजा हुँदा सिदकियाहको उमेर एक्काईस वर्ष थियो र उनले यरूशलेममा एघार वर्ष राज्य गरे। उनकी आमा लिब्ना सहरका यर्मियाकी छोरी हमुतल थिइन्।
19
यहोयाकीम राजाले झैँ सिदकियाह राजाले परमप्रभुको विरुद्धमा पाप गरे।
20
परमप्रभु यरूशलेम र यहूदाका मानिसहरूसित यति साह्रो रिसाउनुभयो कि तिनीहरूलाई आफ्ना नजरबाट धपाइदिनुभयो।
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 25 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25