bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Kings 17
2 Kings 17
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 18 →
1
यहूदाका राजा आहाजले बाह्र वर्ष राज्य गरेपछि एलाहको छोरो होशिया इस्राएलका राजा भए र उनले सामरियामा नौ वर्ष राज्य गरे।
2
उनले परमप्रभुको विरुद्धमा पाप गरे तर उनीभन्दा अघिका इस्राएलका राजाहरूले गरेजति त गरेनन्।
3
अश्शूरका राजा शलमनेशेरले तिनीसित लडाइँ गरे। होशियाले शलमनेशेरको सामुन्ने समर्पण गरे र वर्षेनी उनलाई कर तिर्ने गरे।
4
तर एक वर्ष तिनले मानिसहरू पठाएर मिश्रका राजाबाट मद्दत मागे र अश्शूर देशका राजालाई कर तिरेनन्। त्यो थाहा पाएर शलमनेशेरले होशियालाई बन्दी बनाए र झ्यालखानमा हाले।
5
त्यसपछि शलमनेशेरले इस्राएलमाथि हमला गरे र सामरियालाई घेरामा हाले। घेरा हालेको तेस्रो वर्ष,
6
जुन होशियाको शासनकालको नवौँ वर्ष थियो, अश्शूरी राजाले सामरिया कब्जा गरे, इस्राएलीहरूलाई कैद गरी अश्शूरमा लगे र कतिलाई हलह सहरमा, कतिलाई गोजान जिल्लाको हाबोर नदीछेउ र कतिलाई मादीका सहरहरूमा बसाले।
7
मिश्रमा राजाका हातबाट छुटकारा दिई त्यसबाट निकाली ल्याउनुहुने परमप्रभु आफ्ना परमेश्वरको विरुद्धमा इस्राएलीहरूले पाप गरेका हुनाले सामरियाको हार भयो। तिनीहरूले अरू देवताहरूलाई पुजे।
8
आफ्ना प्रजा अगाडि बढ्दैआउँदा परमप्रभुले त्यस देशबाट धपाउनुभएका मानिसहरूको रीतिथिति माने र इस्राएलका राजाहरूले चालू गरेका रीतिथितिहरू चलाए।
9
जुन कुरा परमप्रभु आफ्ना परमेश्वरले मनाही गर्नुभएको थियो, तिनै कुरा इस्राएलीहरूले गुप्तमा गर्थे। तिनीहरूले आफ्ना सबै सहरहरूमा, सानुभन्दा सानु गाउँ र ठूलाभन्दा ठूला सहरहुँदो मूर्तिपूजा गर्ने ठाउँहरू बनाए।
10
डाँडाहरूमाथि र हरेक झ्याम्म परेका रूखमुनि तिनीहरूले ढुङ्गाका खामा र अशेरा देवीका मूर्तिहरू राखे।
11
परमप्रभुले जुन मानिसहरूलाई देशबाट धपाएका थिए, तिनीहरूको प्रथाअनुसार इस्राएलीहरूले मूर्तिपूजा गर्ने वेदीहरूमा धूप बाले। आफ्ना दुष्कर्मले तिनीहरूले परमप्रभुको क्रोध जगाए,
12
मूर्तिपूजा नगर्नू भन्ने परमप्रभुको आज्ञा पालन गरेनन्।
13
परमप्रभुले अगमवक्ता र सन्देश-वाहकहरू पठाएर इस्राएल र यहूदालाई यो चेतावनी दिनुभएको थियो, “तिम्रा दुष्ट चालहरू छोड र मेरा आज्ञा मान, ती आज्ञा मैले तिम्रा पुर्खाहरूलाई दिएँ र मेरा सेवक अगमवक्ताहरूद्वारा तिमीहरूलाई पनि दिएँ।”
14
तर तिनीहरूले आज्ञापालन गरेनन् र परमप्रभु आफ्ना परमेश्वरमा भरोसा नराख्ने तिनीहरूका पुर्खाहरूझैँ हठी भए।
15
तिनीहरूले उहाँका आदेश मान्न इन्कार गरे, उहाँले तिनीहरूका पुर्खाहरूसित बाँधेका करार पालन गरेनन् र उहाँका चेतावनीहरूलाई अनादर गरे। तिनीहरूले व्यर्थका देवताहरू पुजे र आफैं पनि व्यर्थका भए र परमप्रभुका आज्ञाको विरुद्धमा छिमेकीका जातिहरूका रीतिथितिहरू नक्कल गरे।
16
तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरका सबै नियमहरू भङ्ग गरे र पुज्न धातुका दुई वटा साँढे बनाए। तिनीहरूले अशेरा देवीको एउटा मूर्ति बनाए, ताराहरू पुजे र बाल-देवताको सेवा गरे।
17
तिनीहरूले आफ्ना छोरा-छोरीहरू देवतालाई होमबलि चढाए, ज्योतिषीहरू र मरेका आत्मा खेलाउनेसित जोखना हेराए र परमप्रभुको दृष्टिमा जे कुरा खराब थिए, ती गर्न लागिरहे। यसरी तिनीहरूले उहाँको क्रोध दन्काए।
18
परमप्रभु इस्राएलीहरूसित रिसाउनुभयो र तिनीहरूलाई आफ्ना नजरबाट हटाउनुभयो। उहाँले यहूदा राज्य मात्र राखिछोड्नुभयो।
19
तर यहूदाका मानिसहरूले पनि परमप्रभु आफ्ना परमेश्वरका नियमहरू पालन गरेनन्। इस्राएलीहरूले चलाएका रीतिथिति तिनीहरूले नकल गरे।
20
सबै इस्राएलीहरूलाई दण्ड दिनुहुँदै र निष्ठुरी शत्रुहरूका हातमा छोडिदिनुभएर परमप्रभुले तिनीहरूलाई इन्कार गर्नुभयो र अन्तमा आफ्ना दृष्टिबाट हटाइदिनुभयो।
21
परमप्रभुले इस्राएललाई यहूदाबाट अलग गर्नुभएपछि इस्राएलीहरूले नबातको छोरो यारोबामलाई आफ्ना राजा बनाए। यारोबामले तिनीहरूलाई परमप्रभुबाट टाढा गराएर डरलाग्दा पाप गर्न लाए।
22
तिनीहरू यारोबामका चालमा चले र तिनले गरेका सबै पाप गर्न लागे।
23
अन्तमा परमप्रभुले जसरी उहाँले आफ्ना सेवक अगमवक्ताहरूद्वारा चेतावनी दिनुभएको थियो, त्यसरी नै तिनीहरूलाई आफ्ना नजरबाट टाढा गर्नुभयो। यसकारण इस्राएलका मानिसहरू कैदी भएर आफ्ना देशबाट अश्शूरमा लगिए। तिनीहरू आजसम्म त्यहीँ छन्।
24
अश्शूरका राजाले कैदमा लगिएका इस्राएलीहरूका सट्टामा बेबिलोन, कूता, अव्वा, हमात र सपर्बेम सहरबाट मानिसहरू लगेर सामरियाका सहरहरूमा बसाले। ती सहर तिनीहरूले अधीनमा लिए र त्यहाँ बसोबास गर्न लागे।
25
तिनीहरू त्यहाँ पहिले बास गर्दा परमप्रभुलाई पुजेनन्, परमप्रभुले सिंहहरू पठाउनुभयो र कति जनालाई सिंहले मारे।
26
राजाले सामरियाका सहरहरूमा बास गर्न पठाएका मानिसहरूले त्यस देशका देवताका नियम-कानुनहरू जान्दैनन्, त्यसैले ती देवताले सिंहहरू पठाउनुभएको थियो र सिंहले तिनीहरूलाई मार्दैछन् भनी अश्शूरका राजालाई खबर भयो।
27
यसर्थ महाराजले आज्ञा गरे, “हामीले कैदी बनाएर ल्याएको एक जना पूजाहारीलाई फर्काइदेऊ, त्यसलाई त्यहीं बस्न लगाऊ र त्यसले त्यस देशमा देवताका नियम-कानुनहरू मानिसहरूलाई सिकाओस्।”
28
यसरी सामरियाबाट कैदमा ल्याइएका एक जना इस्राएली पूजाहारी बेथेलमा गएर बस्न लागे र त्यहाँ तिनले कसरी परमप्रभुलाई पुज्ने, सो मानिसहरूलाई सिकाउन थाले।
29
तर सामरियामा बसालिएका मानिसहरूले आ-आफ्ना देवताका मूर्तिहरू बनाइरहे र इस्राएलीहरूले बनाएका पूजा-स्थलहरूमा राखे। भिन्न-भिन्नै दलले आफू बसेका सहरमा आफ्नै देवताका मूर्तिहरू बनाए।
30
बेबिलोनका मानिसहरूले सुक्कोत-बनोत देवताका मूर्तिहरू, कूताका मानिसहरूले नेर्गलका मूर्तिहरू, हमातका मानिसहरूले अशीमाका मूर्तिहरू,
31
अव्वाका मानिसहरूले नेभज र तर्ताकका मूर्तिहरू र सपर्बेमका मानिसहरूले अद्रम्मलेक र अनम्मलेक देवताका मूर्तिहरू बनाए। सपर्बेमीहरूले आफ्ना छोरा-छोरीहरू आफ्ना देवतालाई होमबलि चढाउँथे।
32
ती मानिसहरूले परमप्रभुलाई पनि पुज्थे र मूर्तिपूजा गर्नेहरूका पूजा-स्थलहरूमा पूजाहारी काम गर्न र बलि चढाउन पनि आफ्नै माझबाट सबै थरीका मानिसहरूलाई छान्दथे।
33
यसरी तिनीहरूले परमप्रभुलाई पुज्दथे; तर आफू आएका देशका रीतिथितिहरूअनुसार आफ्नै देवताहरूलाई पनि पुज्दथे।
34
तिनीहरूले आजसम्म आफ्ना पुराना रीतिथितिहरू चलाउँछन्। तिनीहरूले परमप्रभुलाई पुज्दैनन् न त उहाँले याकूब र उनका सन्तानलाई दिनुभएका नियम र आज्ञाहरू नै पालन गर्छन्, जसलाई उहाँले इस्राएल नाम दिनुभयो।
35
परमप्रभुले तिनीहरूसित एउटा करार बाँध्नुभएर यस्तो आज्ञा दिनुभएको थियो, “तिमीहरूले अरू देवताहरू नपुज्नू, तिनीहरूलाई नढोग्नू, बलि नचढाउनू र तिनको सेवा नगर्नू।
36
म परमप्रभुका आज्ञा तिमीहरूले पालन गर्नेछौ, मैले तिमीहरूलाई ठूलो बल र शक्तिले मिश्रबाट निकाली ल्याएको हुँ। तिमीहरूले मलाई ढोग्नेछौ र बलि चढाउनेछौ।
37
सधैँ तिमीहरूले मैले लेखिदिएका नियम र आज्ञाहरू मान्नेछौ। अरू देवताहरूलाई तिमीहरूले पुज्नेछैनौ
38
अनि मैले तिमीहरूसित बाँधेको करार बिर्सनेछैनौ।
39
म परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञा मान्नेछौ र म तिम्रा शत्रुहरूबाट तिमीहरूलाई बचाउनेछु।”
40
तर तिनीहरूले यी कुरा सुनेनन् र आफ्ना पुराना रीतिथितिहरू मानिरहे।
41
यसरी ती मानिसहरूले परमप्रभुलाई पुज्दथे तर तिनीहरूले आफ्ना मूर्तिहरू पनि पुज्दथे र आजसम्म तिनका सन्तानले त्यसै गरिराखेका छन्।
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 18 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25